• १८ असोज २०८१, शुक्रबार

मुख्यमन्त्री कँडेलद्वारा पद तथा गोपनीयताको शपथ

blog

प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेल ।

नवीन सुवेदी

सुर्खेत, चैत २८ गते । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको समर्थनमा कँडेललाई मंगलबार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रदेश प्रमुख परियार समक्ष मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको हो । शपथ लगत्तै कँडेलले बुधबार नै पदभार ग्रहण गर्नुभएको छ। 


पदभार ग्रहणपछि नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेल ।