• २० वैशाख २०८१, बिहिबार

पर्यटक बढाउन कोप्चे उत्सव

blog

कोकिला भण्डारी

धनकुटा, चैत ३० गते । पर्या पर्यटन बृद्धि गर्दै पर्यटकहरुको आगमन बढाउन दोस्रो कोप्चे उत्सव धनकुटामा सुरु भएको छ । धनकुटामा भएका ऐतिहासिक पुरातात्विक संरचनालाई उजागर गर्न सबै एकजुट भएर अगाडि बढ्न धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले अनुरोध गर्नुभयो । चाँडै पर्यटन सूचना केन्द्र पनि उद्घाटन गरिने उहाँको भनाइ छ ।

शुक्रबारदेखि सुरु भएको तीन दिने उत्सवमा नेवारी र आठपहरीया जातीका अर्गानिक खानेकुराका प्रकार पाइने कोप्चे पुनरजागरणका अध्यक्ष रिजन पोखरेलले जानकारी दिनुभयो ।

कोप्चे क्षेत्रलाई अगाडि बढाउन राणाकालमा गौणाका रूपमा रहेको धनकुटाको चहलपहल हराउँदै गएकाले गत बर्षदेखि धनकुटालाई चिनाउन कोप्चे उत्सवको आयोजना गर्दैआएको संस्थाले जनाएको छ ।

दोस्रो कोप्चे फेस्टिवल २०८१ लाई मध्यनजर गर्दै आफ्नो घरको बार्दलीमा मतकला राखी सौन्दर्यकरण गरिएको छ । स्टलहरुमा विभिन्न जातजातिका खानाका परिकार, हस्तकलाका सामग्री, स्थानीय स्तरमा उपलब्ध काठबाट तयार गरिएका ठेकी, अल्लोबाट बनेका कपडा झोला लगायतका सामान राखिएका छन् ।