लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. बालोन डी’ ओर अवार्ड–२०२४ जित्ने फुटबल खेलाडी को हुन् ?
आचारसंहिता अनुगमन प्रणाली : विषयगत प्रश्नोत्तर
संसद् सदस्य र पदाधिकारीका लागि आचारसंहिता किन आवश्यक पर्छ ?
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले इजिप्टलाई औलोमुक्त घोषणा कहिले गरेको हो ? सन् २०२४ अक्टोबर २० – इजिप्टको सभ्यता जत्तिकै पुरानो यो रोग अब त्यहाँको इतिहास बनेको छ ।
जलवायु परिवर्तनका असर : विषयगत प्रश्नोत्तर
१. आधुनिक विश्व एक गाउँको रूपमा रूपान्तरित भइरहेको छ । यस प्रक्रियामा अन्तर्निहित कारक तìवहरू प्रस्तुत गर्दै विश्वव्यापीकरणले मुलुकको विकास प्रक्रियालाई कसरी सहयोग गर्छ ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. दुबईमा सम्पन्न नवौँ संस्करणको महिला टि–२० विश्वकपको उपाधि कसले जित्यो ?
कर्मचारीतन्त्रका विशेषता : विषयगत प्रश्नोत्तर
कर्मचारीतन्त्रका विशेषता १. कर्मचारीतन्त्रका विशेषता प्रस्तुत गर्दै सार्वजनिक नीति कार्यान्वयनमा कर्मचारीतन्त्रले खेल्ने भूमिका उल्लेख गर्नुहोस् । कानुन प्रदत्त अधिकारको निष्पक्ष र विवेकशील प्रयोग गरी सरकारका नीति कार्यान्वयनमा योगदान गर्ने प्रशासनिक प्रणालीलाई कर्मचारीतन्त्र भनिन्छ । कर्मचारीतन्त्रमा हुने लिखित निर्णय र निर्णयको अभिलेखीकरण गर्ने कार्यशैलीका कारण संस्थागत सम्झना दीर्घकालसम्म रहिरन्छ । कार्य विभाजन र कार्य विशिष्टीकरणले
बढुवामा बहुमत र अल्पमतको खिचलो
बढुवा समितिको निर्णयमा बहुमत र अल्पमतको खिचलो हुँदा प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश, हेटौँडाको बढुवा प्रक्रियामा समस्या हुने गरेको पाइएको छ । प्रदेश निजामती सेवा ऐन, २
लोक सेवाले शाखा अधिकृतको दरखास्त आह्वान गर्दै
लोक सेवा आयोगले यही कात्तिकको अन्तिम बुधबार शाखा अधिकृतका लागि दरखास्त आह्वान गर्दैछ ।
खुल्यो ६६० पदमा आवेदन
लोक सेवा आयोगले एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी ६६० जनाको दरखास्त खुला गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका उद्देश्य : विषयगत प्रश्नोत्तर
१. संयुक्त राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्त उल्लेख गर्दै महासभाले सम्पादन गर्ने कार्यको सूची तयार गर्नुहोस् । के सरकारबाहिरका पात्र संयुक्त राष्ट्रसङ्घमा आबद्ध हुन सक्छन् ? अन्तर्राष्ट्रिय शान्तिसुरक्षा, मानवीय सहयोग र मानव अधिकारको प्रवर्धन गर्न सार्वभौम राज्यले स्थापना गरेको सङ्गठन नै संयुक्त राष्ट्रसङ्घ हो । विश्वका साझा समस्या र जल्दाबल्दा मुद्दामा छलफल गर्ने मञ्चका
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार विजेता वैज्ञानिक को हुन् ? अमेरिकी वैज्ञानिकद्वय भिक्टर इम्ब्रोस र म्यारी रभ्कन
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. विश्वकै प्रतिष्ठित नोबेल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ? सन् १९०१
वित्तीय सङ्घीयताका आधारस्तम्भ : विषयगत प्रश्नोत्तर
१. वित्तीय सङ्घीयता भन्नाले के बुझिन्छ ? वित्तीय सङ्घीयताका आधारस्तम्भ सङ्क्षिप्तमा व्याख्या गर्नुहोस् । सङ्घीय शासन व्यवस्थामा तहगत सरकारबिचको वित्तीय सम्बन्ध परिभाषित गर्ने ढाँचा वा संरचनालाई वित्तीय सङ्घीयताको रूपमा बुझिन्छ । सरकारका तहहरूबिच खर्च जिम्मेवारी र वित्तीय स्रोतसाधन
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. बेलायतस्थित ग्लोबल बैङ्किङ एन्ड फाइनान्स रिभ्यु म्यागेजिनले बैङ्किङ सिइओ अफ द इयर २०२४ बाट कसलाई सम्मानित गर्यो ? अनिर्भन घोष दस्तिदार (सिइओ, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क)
सेवाग्राहीका गुनासा आउने कारण : विषयगत प्रश्नोत्तर
सेवाग्राहीका गुनासा आउने कारण १. सेवाग्राही गुनासो व्यवस्थापन भनेको के हो ? कार्यालयमा सेवाग्राहीका गुनासा आउने कारणहरू पहिचान गर्दै सेवाग्राही गुनासाको व्यवस्थापन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन र नियममा भएको व्यवस्था उल्लेख गर्नुहोस् ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा स्पोर्टस् अवार्ड, २०८० को वर्ष खेलाडी कसलाई घोषणा गर्यो ?
नेपालको शासन प्रणालीका विशेषता : विषयगत प्रश्नोत्तर
१. शासनका मुख्य पात्र र तिनको भूमिका उल्लेख गर्दै नेपालले अवलम्बन गरेको शासन प्रणालीका विशेषताहरू लेख्नुहोस् ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक कहिले प्रमाणीकरण भयो ? २०८१ भदौ १३ – विधेयक प्रमाणीकरण सँगै ऐनका लागि भएको दशकको प्रयासले पूर्णता पाएको छ । यससँगै नेपालको सङ्क्रमणकालीन न्यायको कानुनी आधार तयार भएको छ । – विधेयक प्रतिनिधि सभाबाट साउन ३० गते र राष्ट्रि
गरिबीबाट बाहिर निस्कने उपाय: विषयगत प्रश्नोत्तर
गरिबीबाट बाहिर निस्कने उपाय १. गरिबीको दुष्चक्र भनेको के हो ? गरिबीको दुष्चक्र सिर्जना हुनाका कारण पहिचान गरी यसबाट बाहिर निस्कने उपायहरू सिफारिस गर्नुहोस् । गरिबीका कारण कुनै व्यक्ति दीर्घकालसम्म गरिबीको दलदलमा फस्न गई न्यूनस्तरको जीवनयापन गरिरहनुपर्ने अवस्थालाई गरिबीको दुष्चक्रको रूपमा बुझिन्छ । गरिबीको दुष्चक्रको सुरुवात न्यून आयबाट हुन्छ । न्यून आयसँगै व्यक्तिको बचत क्षमता न्यून हुन जान्छ । न्यून बचत हुँदा व्यक्तिले लगानी गर्ने क्षमता पनि न्यून नै रहन्छ । परिणामस्वरूप व्यक्तिको आयस्तर पनि न्यून नै रहिरहन्छ । यसरी न्यून आय, न्यून बचत, न्यून लगानी र पुनः न्यून आयको चक्रमा फसिरहँदा व्यक्ति दीर्घकालसम्म गरिबीको अवस्थाबाट गुज्रिरहेको हुन्छ ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. पेरिस पारा ओलम्पिक–२०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाउने खेलाडी को हुन् ? पलेशा गोवर्धन – उनले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जितेकी छन् । – पलेशाले सर्वियाकी मारिया मिचेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई पदक दिलाएकी हुन् । – उनले पाएको उपलब्धि नेपाली खेलकुदकै अहिलेसम्मकै ठुलो हो ।
पुँजीवादी अर्थव्यवस्थाका विशेषता : विषयगत प्रश्नोत्तर
पुँजीवादी अर्थव्यवस्थाका विशेषता १. पुँजीवादी अर्थव्यवस्था भनेको के हो ? यस व्यवस्थाका प्रमुख विशेषताहरू उल्लेख गर्दै सबल पक्ष र दुर्बल पक्षहरू चर्चा गर्नुहोस् । अर्थतन्त्रमा उत्पादनका साधन माथि निजी स्वामित्व र नियन्त्रण रहने अर्थव्यवस्थालाई पुँजीवादी अर्थव्यवस्था भनिन्छ । यस व्यवस्थामा राज्यको हस्तक्षेप न्यून रहन्छ । आर्थिक क्रियाकलाप राज्य निर्देशित नभई बजारद्वारा निर्देशित हुन्छन् । कहाँ लगानी गर्ने, कुन क्षेत्रमा लगानी गर्ने, कहिले लगानी गर्ने, के उत्पादन गर्ने, कहाँ बिक्री गर्ने जस्ता विषयको निर्णयकर्ता स्वयम् उत्पादकहरू नै हुन्छन् । व्यक्तिहरू आफ्नो इच्छाबमोजिमको पेसा व्यवसाय गर्न, नाफा कमाउन र व्यक्तिगत सम्पत्ति जोड जम्मा गर्न स्वतन्त्र रहन्छन् । पुँजीवादी अर्थव्यवस्थाका आधारभूत विशेषताहरू :
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. नेपाल राष्ट्र बैङ्कद्वारा विसं २०८१ भाद्र २ मा सार्वजनिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालमा विप्रेषण आप्रवाह कति भयो ? रु. १४ खर्ब ४५ अर्ब ३२ करोड – अघिल्लो आवको तुलनामा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको छ । – राष्ट्र बैङ्कद्वारा सार्वजनिक आव २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार आव २०८०/८१ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–
संसदीय शासन प्रणालीका विशेषता : विषयगत प्रश्नोत्तर
१. संसदीय शासन प्रणाली भनेको के हो ? यसका आधारभूत विशेषताहरू उल्लेख गर्दै सबल र दुर्बल पक्षहरू चर्चा गर्नुहोस् । सरकारको गठन र विघटनमा संसद्को भूमिका प्रधान रहने शासन प्रणाली नै संसदीय शासन प्रणाली हो । यस प्रणालीमा मुलुकको कार्यकारी निकायको जननी जननिर्वाचित संसद् रहेको हुन्छ । सरकारले संसदबाट शक्ति र स्रोत प्राप्त गर्छ । संसद्को विश्वास वा अविश्वासमा सरकारको आयु टिकेको हुन्छ । सरकार सदैव संसद्प्रति उत्तरदायी हुन्छ । बहुसङ्ख्यक संसद् सदस्यको विश्वास रहेसम्म सरकार कायम रही रहन सक्छ । प्रधानमन्त्रीले संसद्को विश्वास गुमाउँदासा
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. ३३ औँ संस्करणको पेरिस ओलम्पिक २०२४ मा पहिलो हुन सफल राष्ट्र कुन हो ? अमेरिका – प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमशः अमेरिका (४० स्वर्ण, ४४ रजत र ४२ कास्य), चीन (४० स्वर्ण, २७ रजत र २४ कास्य) र जापान (२० स्वर्ण, १२ रजत र १३ कास्य) भएका । त्यस्तै चौथोदेखि १० औँ स्थानसम्म रहन सफल राष्टहरू क्रमशः अस्ट्रेलिया, फ्रान्स, नेदरल्यान्डस्, बेलायत, दक्षिण कोरिया, इटाली र जर्मनी हुन् ।