लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
जन्मदर्ताको संवैधानिक महत्व १. प्रधानमन्त्री रोजगार कार्यक्रमको परिचय दिँदै यस कार्यक्रम सञ्चालनका उद्देश्य र रणनीतिहरू उल्लेख गर्नुहोस् । मुलुकभित्र रोजगारीका अवसर सिर्जना गरी संविधानप्रदत्त नागरिकको रोजगारीको हकको कार्यान्वयन गर्दै सामाजिक सुरक्षाको प्रवर्धन गर्न तीनै तहका सरकारको साझा कार्यक्रमका रूपमा नेपाल सरकारले तर्जुमा गरेको कार्यक्रम नै प्रधानमन्त्री रोजगार कार्यक्रम हो । मुलुकमा उपलब्ध जनशक्तिको महत्तम उपयोग गर्दै आर्थिक विकासमा योगदान पु¥याउन तीनै तहका सरकारले अपनत्व लिने गरी नीतिगत तथा संरचनागत प्रबन्धसहित यो कार्यक्रम कार्यान्वयनमा आएको छ । यस कार्यक्रमको ल
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास कहिले गरिएको हो ? विसं २०८० भदौ १६ (रसुवा) – यसको विद्युत् उत्पादन क्षमता २१६ मेगावाट रहेको छ । – सो जलविद्युत् आयोजना विसं २०८३ मङ्सिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
विपत् व्यवस्थापनमा सुरक्षा निकाय १. विपत् व्यवस्थापनमा सुरक्षा निकायको भूमिका उल्लेख गर्दै स्थानीय समुदायले विपत् व्यवस्थापन कार्यमा के कसरी सहयोग गर्न सक्छन् ? आफ्नो धारणा राख्नुहोस् । विपत् जोखिम न्यूनीकरण, विपत् प्रतिकार्य र विपत् पुनर्लाभ सम्बद्ध सम्पूर्ण क्रियाकलापको व्यवस्थापनलाई विपत् व्यवस्थापन भनिन्छ । विपत् व्यवस्थापनमा तीनै तहका सरकार र सरकार मातहतका निकायहरू, निजी तथा गैरसरकारी संस्था, समुदाय आदिको सामूहिक सहभागिता र संलग्नता आवश्यक पर्दछ । अन्तर्राष्ट्रिय समुदायको स्रोतसाधन र सहयोगको पनि उत्तिकै जरुरत पर्छ ।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. नेपालकै लामो जिपलाइन कहाँ सञ्चालनमा आएको छ ? नगरकोट – सो जिपलाइन विसं २०८० मङ्सिर २९ मा उद्घाटन भएको हो । – लम्बाइ दुई हजार २५० मिटर रहेको छ । – सूर्योदय र सूर्यास्त हेर्न नगरकोट पुग्ने पर्यटकका लागि थप नयाँ गन्तव्य अर्थात् नयाँ प्रडक्टका रूपमा सो जिपलाइन रहेको छ । – जिपलाइन गर्न चाहनेका लागि हाललाई प्रतिव्यक्ति चार हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ । – अहिले १४ वटा हार्नेस क्षमतामार्पmत सुपरम्यान, क्लासिक जि
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
राष्ट्रिय सूचना आयोगका काम, कर्तव्य १. राष्ट्रिय सूचना आयोगको परिचय दिँदै यसका काम, कर्तव्य र अधिकारहरू उल्लेख गर्नुहोस् । नेपालमा सूचनाको हक कार्यान्वयनलाई प्रभावकारी बनाउँदै पारदर्शी र जवाफदेही शासकीय प्रणालीको विकास गर्ने के कस्ता सुधार गर्नुपर्ला ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् । संविधानद्वारा प्रत्याभूत सूचनाको हकको संरक्षण, संवर्धन र प्रचलन गर्ने कामका लागि एक स्वतन्त्र राष्ट्रिय आयोगका रूपमा सूचनाको हकसम्बन्धी ऐन, २०७४ ले स्थापना गरेको आयोग नै राष्ट्रिय सूचना आयोग हो । आयोगमा एक जना प्रमुख सूचना आयुक्त र अन्य दुई जना सूचना आयुक्त रहने प्रावधान छ । सभामुखको अध्यक्षता रहेको तीन सदस्यीय सिफारिस समितिको सिफारिसको आधारमा नेपाल सरकारले आयुक्तहरू नियुक्त गर्दछ । यसरी नियुक्ति गर्दा कम्तीमा एक जना महिला समावेश हुने गरी गर्नु पर्दछ ।
३८१ पदका लागि विज्ञापन
लोक सेवा आयोगले ३८१ जना राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि विज्ञापन गरेको छ । बुधबार आयोगले सूचना जारी गरी एकैपटक ठुलो सङ्ख्यामा शाखा अधिकृत पदको विज्ञापन गरेको हो । आयोगले नेपाल परराष्ट्र सेवा, न्याय सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवामा बढुवा र खुलातर्फका लागि उक्त पदको विज्ञापन गरेको लोक सेवा आयोगले जनाएको छ । आयोगले सूचना जारी गर्दै अप्राविधिकतर्फको शाखा अधिकृत पदमा विज्ञापन खोलेको लोक सेवा आयोगका सूचना अधिकारी एकनारायण शर्माले जानकारी दिनुभयो ।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. सरकारले युरोपेली राष्ट्र पोर्चुगलमा राजदूतावास खोल्ने निर्णय कहिले गरेको हो ? विसं २०८० कात्तिक २ २. भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाइन्छ ? डिसेम्बर ९
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
लैङ्गिक हिंसा न्यूनीकरणका उपाय १. लैङ्गिक हिंसा भन्नाले के बुझिन्छ ? नेपालमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न के कस्ता कार्य गर्नु पर्दछ ? आफ्नो धारणा राख्नुहोस् । कुनै व्यक्ति वा समूहले लैङ्गिक आधारमा अर्को व्यक्ति वा समूहलाई बोली, व्यवहार वा कार्यबाट घृणा वा अपमान गर्ने तथा पीडा वा कष्ट पु¥याउने कार्यलाई लैङ्गिक हिंसा भनिन्छ । यस्तो हिंसा शारीरिक, मानसिक, आर्थिक, सामाजिक वा यौनजन्य आधारमा हुन सक्दछ । नेपालमा अधिकांश महिला लैङ्गिक हिंसाको सिकार हुने गरेका छन् । पुरुषप्रधान सामाजिक तथा पारिवारिक संरचनाबाट सिर्जना भई लामो समयदेखि समाजमा जरो गाडेर बसेका सामाजिक सांस्कृतिक मूल्य मान्यता
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. द इन्टरनेसनल बुकर प्राइज, २०२३ बाट सम्मानित हुने स्रष्टा को हुन् ? जिओर्जी गोस्पोडिनोभ (बुल्गेरिया) (उपन्यास : टाइमसेल्टर) – पुस्तकलाई एन्जेला रोडेलले अङ्ग्रेजीमा अनुवाद गरेका हुन् । – बेलायतको म्यान ग्रुपले प्रदान गर्ने यस पुरस्कारको राशि ५० हजार पाउन्ड स्टर्लिङ रहेको छ । – सन् २००४ जुनमा स्थापित यो पुरस्कार सन् २००५ देखि प्रदान गर्न थालिएको हो ।