ओमिक्रोनको अर्को भेरियन्टबाट सतर्क रहन राष्ट्रपति बाइडेनको आग्रह
अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए.५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘‘अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रुपमा नै विस्तार भइरहेको छ, त्यसैले यसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन जरुरी छ ।’’
मस्कोद्वारा दक्षिणी युक्रेनमा अत्यधिक सेना तैनाथ
केही महिनादेखि युक्रेनका विभिन्न भागमा भीषण हमला गर्दै आएको रुसले कब्जामा लिएका खेर्सान र जापोरिजिया क्षेत्रमा अत्यधिक मात्रामा सेना तैनाथ गरेको छ ।
इराकको बग्दादमा प्रदर्शनकारी संसद् भवनमा प्रवेश
इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन्।
काङ्ग्रेस नेत्री सोनिया गान्धीको बयान जारी
नेशनल हेराल्ड अखबारसँग सम्बन्धित मुद्दामा काङ्ग्रेस नेत्री एवम् अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण, विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले बुधबार पनि सोधपुछ गरेको छ ।
फिलिपिन्समा शक्तिशाली भूकम्प
फिलिपन्समा बुधबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।
चीनद्वारा छ वटा नयाँ उपग्रह प्रक्षेपण
चीनले छ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ । यहाँस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह बुधबार अन्तरिक्षमा पठाइएको हो ।
हडतालका कारण लुफ्थान्साका एक हजारभन्दा बढी उडान रद्द
वेतन वृद्धिको माग गर्दै विमानस्थलमा काम गर्ने कर्मचारीले भोलि हडताल गर्ने घोषणा गरेसँगै लुफ्थान्साले बुधबार फ्रान्कफर्ट र म्युनिखबाट हुने सबै उडान रद्द गर्न बाध्य भएको बताएको छ ।
काङ्ग्रेस नेता गान्धी पक्राउ
नेशनल हेराल्ड मुद्दामा भारतीय काङ्ग्रेस पार्टी अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण, विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले सोधपुछ गरेको विरोधमा धर्ना बसेका काङ्ग्रेस नेता राहुल गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ ।
भारतमा चौध हजारभन्दा बढीमा कोरोना सङ्क्रमण
भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १४ हजार आठ सय ३० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।