• ४ साउन २०८१, शुक्रबार

इराकको बग्दादमा प्रदर्शनकारी संसद् भवनमा प्रवेश

blog

इराकको बग्दाद स्थित संसद् भवनमा प्रवेश गर्दै प्रर्दशनकारीहरु । तस्विरः विविसी

काठमाडौं, साउन १२ गते । इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन्।

धर्मगुरु मुक्तदा अल सदरका समर्थकहरूले विरोधमा प्रदर्शन गरिरहेका छन्। गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन । प्रर्दशनका क्रममा उनीहरुले उच्च सुरक्षा क्षेत्र तोडेर संसद भवन छिरेपछि परिस्थिती असामान्य बन्दै गएको छ । 

प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरपनि प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेर छाडेका छन् । प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमाबाट सबै संसदहरु बाहिरी सकेका थिए । सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केही बेर रोके पनि ठूलो भीड भवनभित्र छिरेको विविसीले समाचारमा उल्लेख गरेको छ । 

इराकका प्रधानमन्त्री मुस्तफा अल खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवन छोड्न भनेका छन्। भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै समय विताउन थालेका छन् । विगत नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको छ । राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचनमा वहुमत पाएपनि नयाँ सरकार गठन हुन सकेको छैन। विबिसीको सहयोगमा