इटालीमा हिमनदी भत्किँदा छ जनाको मृत्यु
उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी भत्किँदा कम्तीमा छजनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन् ।
दक्षिण कोरियाली राष्ट्रपतिको अनुमोदन रेटिंग ४४.४ प्रतिशतमा झर्यो
दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योलको अनुमोदन रेटिङ हप्ताको तुलनामा २.२ प्रतिशत बिन्दुले गत हप्ता ४४.४ प्रतिशतमा झरेको सोमबारको साप्ताहिक सर्वेक्षणले देखाएको छ।
मार्कोसको उदय
फिलिपिन्सका तानाशाह पूर्वराष्ट्रपति फर्निनान्ड मार्कोसका छोरा फर्निनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टे उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । ६४ वर्षीय मार्कोस जुनियर पूर्वसिनेटर हुन् । चुनावमा तालमेल गरेकाले दुवैको जित सम्भव भयो । गएको मे ९ मा त्यहाँ आमनिर्वाचन भएको थियो । राष्ट्रपतिमा निर्वाचित मार्कोस जुनियरले आफ्ना निकटतम प्रतिस्पर्धीको भन्दा दोब्बर अर्थात् ५६ प्रतिशत मत पाए ।
उत्तर कोरियाद्वारा त्रिपक्षीय सैन्य सहयोगको आलोचना
उत्तर कोरियाले आफूलाई लक्षीत गर्दै संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले त्रिपक्षीय सैन्य सहयोग बढाउन जोड दिएको भन्दै त्यसको आलोचना गरेको छ। उक्त कदमले आफ्नो देशको सैन्य क्षमता तत्काल सुदृढ गर्न अपरिहार्य भएको बताएको छ।
युक्रेनी शहर लिसिचान्स्क कब्जा गरेको रूसको दाबी
युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप लुहान्स्क प्रान्तको प्रमुख अन्तिम शहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको दाबी रूसका रक्षामन्त्रीले गरेका छन्।
चीनमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता
चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन्।
अमेरिकामा ट्रक ठोक्किँदा २ जनाको मृत्यु
उत्तरपूर्वी वासिङ्टन डीसीमा शनिबार दिउँसो मिनेसोटा एभिन्यूमा उत्तरतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा दुई वयस्कको मृत्यु भएको छ।
मणिपुर पहिरोमा ३४ जनाको मृत्यु
भारतको पूर्वाेत्तर राज्य मणिपुरमा पहिरोमा परेर अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ । मणिपुरको नोने जिल्लामा चारदिन अघि निर्माणाधीन रेलवेमा पहिरो गएकाे हाे । हराएका मध्ये १३ जनाको शव तीनदिनपछि शनिबार निकालिएको हो ।
अमेरिकाद्वारा युक्रेनलाई बयासी करोड डलर बराबरको सैन्य सहयोग घोषणा
संयुक्त राज्य अमेरिकाले युक्रेनलाई बयासी करोड डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र रडारसहितका अन्य युद्ध सामग्री समावेश गरिएको छ ।