गाजा युद्धविराम आजदेखि सुरु : स्थायी शान्तिको प्रयास
अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज २० गते इजरायलले एक अकल्पनीय घटनाको सामना गर्नुपरेको थियो । गाजा क्षेत्रबाट एकाएक प्रवेश गरेका हमासका केही हजार लडाकूले बलियो इजरायली सुरक्षा तैनाथीलाई छक्याएर इजरायलको दक्षिणका किब्बुज र आसपासमा भिषण हमला गरेका थिए ।
टिकटकमाथिको प्रतिबन्ध सदर
अमेरिकी सर्वोच्च अदालतले बाइटडान्सलाई अमेरिकी कम्पनीलाई टिकटक बेच्न बाध्य पार्ने कानुनलाई समर्थन गरेको छ ।
महाकुम्भमा एकै दिन २५ लाखभन्दा बढी तीर्थयात्री
प्रयागराज शहरमा चलिरहेको महाकुम्भको छैटौं दिन बेलुका ४ बजेसम्म २५ लाख भन्दा बढी तीर्थयात्रीहरूले भ्रमण गरेका छन् ।
एआई च्याटबोटमा गुगलको न्यूज अपडेट प्रविधि समावेश
गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) संचालित च्याटबोट जेमिनी मार्फत प्रयोगकर्ताहरूलाई तत्काल समाचार अद्यावधिकहरू प्रदान गर्न एसोसिएटेड प्रेस (एपी) सँग अभूतपूर्व साझेदारीको घोषणा गरेको छ ।
ब्राजिलमा प्रहरी कारबाहीमा छजनाको मृत्यु
ब्राजिलको दक्षिणी पराना राज्यको पोन्टा ग्रोसा नगरपालिकामा शुक्रबार प्रहरीसँगको गोली हानाहानमा छ जना संदिग्ध व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
बेलारुसका ३३ जना राजनीतिक बन्दीलाई आममाफी
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले शनिबार ३३ जना राजनीतिक बन्दीको आममाफी दिने निर्णय गर्नुभएको छ ।
इरानको सर्वोच्च अदालतमा दुई न्यायाधीशको गोली हानी हत्या
तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा दुई न्यायाधीशको मृत्यु भएको छ । “सर्वोच्च अदालतका तीन न्यायाधीशलाई निशाना बनाइएको आक्रमणमा परी तीमध्ये दुई जनाको मृत्यु भएको छ,” न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाइमा सहभागी
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २० दिनसम्म हिरासतमा राख्ने वा नराख्ने पक्राउ पुर्जीसम्बन्धी सुनुवाइमा सहभागी हुनुभएको छ ।
सम्झौताअन्तर्गत पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ ।
महाकुम्भ मेलामा पाँचौँ दिन लाखौँ तीर्थयात्री र कल्पवासीको आगमन
उत्तरप्रदेश सरकारले जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार शुक्रबार दिउँसो ४ बजेसम्म १७ लाख ८० हजार भन्दा बढी तीर्थयात्री र १० लाख कल्पवासीले महाकुम्भ मेलाको भ्रमण गरेका छन् ।
भारतमा सवारी दुर्घटनामा नौजनाको मृत्यु
पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ।
चीनको जनसङ्ख्या घट्ने क्रम जारी
छ दशकभन्दा बढीको जनसङ्ख्या वृद्धिपछि जनसङ्ख्या घट्दो क्रममा रहेको चीनको जनसङ्ख्या सन् २०२४ मा लगातार तेस्रो वर्ष जनसङ्ख्या घटेको र छ दशकभन्दा बढीको जनसङ्ख्या वृद्धिपछि घट्दो क्रममा रहेको बताएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनद्वारा दुई हजार पाँच सय जनालाई क्षमादान
अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिंसात्मक लागू औषधसम्बन्धी अपराधमा दोषी ठहरिएका करिब दुई हजार पाँच सय व्यक्तिको सजाय घटाएको ह्वाइट हाउसले शुक्रबार जनाएको छ ।
निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युनद्वारा सोधपुछका क्रममा बोल्न अस्वीकार
सैनिक शासनको असफल प्रयासबारे अनुसन्धानकर्ताको सोधपुछलाई शुक्रबार फेरि अस्वीकार गर्नुभएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोग लगाउने समयसीमा नजिकिँदै गर्दा उहाँले अनुसन्धान प्रक्रियामा सोधपुछका क्रममा बोल्न अस्वीकार गर्नुभएको हो ।
चीनको आर्थिक वृद्धिदर दशक यताकै सबैभन्दा सुस्त
चीनले गत वर्ष दशकयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गरेको तथ्याङ्कले देखाएको छ । आगामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्भावित व्यापार गतिरोधले चीनलाई आगामी केही बर्ष आर्थिक वृद्धिदरमा बृहत्तर विकास गर्न समस्या हुने विश्लेषकहरूले आँकलन गरेका छन् ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।
क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च
दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि नियन्त्रकहरूले डढेलोहरूसँग लड्न जारी राखेका छन् ।
रुस र इरानबिच ‘साझेदारी’ सम्झौता हुँदै
रुस र इरानले शुक्रबार ‘विस्तृत रणनीतिक साझेदारी’ सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । इरानका राष्ट्रपति मसूद पेजेस्कियानको मस्को भ्रमणका क्रममा यो सम्झौता हुन लागेको हो ।
ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ ।
गाजा युद्धविराममा प्यालेस्टिनीका लागि राहत
हर्ष र दुःखको मिश्रणबिच दशौं हजार प्यालेस्टिनी हमास र इजरायलबिचको युद्धविराम सम्झौताको खुशीयालीमा सडकमा उत्रिएका छन् । इजरायल र हमासबिचको १५ महिनाको विनाशकारी द्वन्द्वको अन्त्य भएको छ ।
दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु
दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपिडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन (एसपिएलए– आईओ) बीच भएको झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा सैन्य कारबाहीमा २२ आतङ्ककारी मारिए
पाकिस्तानी सुरक्षा बलहरूले उत्तरपश्चिमी खैबर पख्तुनख्वा जिल्लामा एक महिना भन्दा बढी लामो कारबाहीमा २२ लडाकू मारेका छन् ।
भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू एसडिएक्स०१ (चेजर) र एसडिएक्स ०२ (लक्ष्य) अन्तरिक्षमा डक गरेको छ । स्पेस डकिङ भनेको अन्तरिक्षमा दुईवटा अन्तरिक्ष यान जोड्नु हो ।
म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु
उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । यसअघि प्रशासनले जनवरी १५ मा खानीमा पहिरो जाँदा भएको दुर्घटनामा केही व्यक्तिको मृत्यु भएको जानकारी गराएको थियो ।