जापानमा रेल स्टेसनमा छुरा प्रहार गर्ने एक व्यक्ति पक्राउ
जापानको राजधानी टोकियोको एक रेल स्टेसनमा छुरा प्रहार गरी एक जनाको हत्या गर्ने एक व्यक्तिलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहा
यमनका हुथी विद्रोहीले शनिबार १५३ जना ‘द्वन्द्वसँग सम्बन्धित’ कैदीलाई रिहा गरेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी)ले जनाएको छ । सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले कब्जा गरेको यमनको राजधानी सानामा ती कैदीलाई रिहा गरिएको हो ।
इजरायली चार बन्धक रिहा, बदलामा दुई सय प्यालेस्टिनी कैदीको पनि रिहाई
प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी आदानप्रदान कार्यक्रमअन्तर्गत चार जना इजरायली महिला बन्धकलाई रिहा गरेको छ ।
हमासले शनिबार थप चार इजरायली बन्धकलाई रिहा गर्ने
गाजा युद्धमा युद्धविराम सम्झौताअन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गर्ने तयारी गरेको छ । इजरायलले घर फर्कन लागेका बन्धकहरूको नामहरूको सूची प्राप्त गरेको पुष्टि गरेको छ ।
युक्रेनको विषयमा वार्ताका लागि रुस तयार
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताउनुभएको छ । नेता पुटिनले भन्नुभयो, “हामीले जहिले पनि यो कुरा भन्दै आएका छौँ र म फेरि एकपटक यसमा जोड दिन चाहन्छु, हामी युक्रेनी बिषयमा वार्ताका लागि तयार छौँ ।”
अमेरिकासँग व्यापार युद्ध नहुने : मेक्सिको
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको व्यापारका विषयमा दिएको टिप्पणीपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिकासँग कुनै व्यापार युद्ध नहुने बताउनुभएको छ ।
पाकिस्तानले एआई प्रविधिमा युवालाई प्रशिक्षित गर्ने
पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले आफ्नो देशले युवालाई विकसित प्राविधिक परिदृश्यमा फस्टाउनका लागि शिक्षाको परिवर्तनकारी शक्तिलाई मान्यता दिएको बताउनु भएको छ ।
चीनद्वारा नयाँ ‘सञ्चार प्रविधि उपग्रह’ प्रक्षेपण
चीनले बिहीबार सिचुवान प्रान्तको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा सञ्चार प्रविधिको नयाँ उपग्रह पठाएको छ ।
ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ।
सन् २०२० पछि पहिलो पटक मौद्रिक नीतिलाई खुकुलो पार्दै सिङ्गापुर
सिङ्गापुरको मौद्रिक प्राधिकरण (एमएएस) ले शुक्रबार आफ्नो मौद्रिक नीतिमा केही खुकुलो पार्ने घोषणा गरेको छ । सन् २०२० पछि पहिलो पटक खुकुलो नीति पार्ने कदम चालेको छ । नीतिलाई दुई वर्षमा पहिलो पटक समायोजन गरिएको प्राधिकरणले जनाएको छ ।
दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन
अमेरिकाको क्यालिफोर्निया राज्यको भेन्टुरा काउन्टीमा बिहीबार बिहान सुरू भएको अर्को डढेलो (लगुना डढेलो) को प्रकोपका कारण क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्याण्ड्सले आफ्नो परिसर तत्काल खाली गर्न आदेश दिएको छ ।
अस्ट्रेलियाली प्रधानमन्त्रीद्वारा निर्माण प्रशिक्षार्थीलाई नगद प्रोत्साहन दिने प्रतिबद्धता
अस्ट्रेलियाका प्रधानमन्त्रीले आवास निर्माण क्षेत्रमा काम गर्ने प्रशिक्षार्थीलाई थप नगद प्रोत्साहन दिने घोषणा गर्नुभएको छ ।
गाजाको भग्नावशेष हटाउन पाँच वर्ष लाग्ने
गाजामा रहेको भग्नावशेष हटाउन पाँच वर्षसम्म लाग्ने प्यालेष्टिनी अधिकारीले बताएका छन् ।
नाइजेरियामा सैनिक कारबाहीमा २५ जना लडाकु मारिए
नाइजेरियाली सेनाले कुख्यात विद्रोही लडाकु समूह बेलो टुर्जीको नेतृत्वमा रहेको गिरोहका कम्तीमा २५ जनालाई मारेको जनाएको छ ।
बलात्कारपछि हत्यामा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
भारतको एक अदालतले किशोरीको बीभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुवा र भतिजीको हत्या गरेको अभियोगमा पाँचजनालाई मृत्यु दण्डको सजाय सुनाएको छ ।
अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार
अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने भारतले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रशासनका उच्च कूटनीतिज्ञसँगको भेटपछि विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले संयुक्त राज्य अमेरिकामा अवैध रूपमा बसिरहेका आफ्ना नागरिकलाई फिर्ता लिन भारत तयार रहेको बताउनुभएको हो ।
वायु प्रदूषणका कारण बैङ्ककका करिब दुई सय विद्यालय बन्द
वायु प्रदूषणका कारण बैङ्ककका करिब दुई सय विद्यालय बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन् । मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरूलाई जस्तै थाइल्याण्डलाई पनि लामो समयदेखि प्रभावित गरेको छ ।
महाराष्ट्रः जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
जलगाउ रेल दुर्घटनामा परी मृत्यु हुने यात्रुको सङ्ख्या १३ पुगेको जलगाउँ जिल्ला प्रशासक आयुष प्रसादले बिहीबार जानकारी गराउनुभएको छ ।
इजरायली सहरले ट्रम्पको नाममा छिमेकलाई नयाँ नाम दिँदै
जुडिया क्षेत्रमा रहेको इजरायली सहर माले अदुमिमका मेयरले बुधबार आफ्नो नगरपालिका क्षेत्रको एक महत्त्वपूर्ण भागलाई ‘ट्रम्प वन’ (टी–१) को नाममा पुन:नामकरण गर्ने घोषणा गरेका छन् ।
अमेरिका फिर्तीपछि अर्बपति ब्लुमबर्गले संयुक्त राष्ट्र जलवायु निकाय कोष जुटाउने
राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट दोस्रो पटक अमेरिका फिर्ता हुने घोषणा गरेपछि अर्बपति माइकल ब्लुमबर्गले आफ्नो फाउन्डेसनले संयुक्त राष्ट्र जलवायु परिवर्तन निकायलाई वित्तीय सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
महाराष्ट्रमा रेल दुर्घटना, १२ जनाको ज्यान गयो
भारतको महाराष्ट्रको जलगाउँ जिल्लामा बुधबार साँझ एक भयावह रेल दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ। सातजनाको अस्पतालमा उपचार जारी छ ।
ट्रम्प जलवायुबाट पछि हटे पनि हरित ऊर्जाको दबाब जारी रहने
ट्रम्प जलवायुबाट पछि हटे पनि हरित ऊर्जाको दबाब जारी रहने
जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि : ५० लाख चरा प्रभावित
जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ । उक्त प्रकोपले गर्दा यस महिना झण्डै ५० लाख कुखुरा र अन्य चराहरूको मृत्यु भएको छ ।
टर्कीको होटलमा आगलागी : मर्नेको सङ्ख्या ७६ पुग्यो
उत्तरपश्चिम टर्कीको एउटा होटलमा भीषण आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका छन् ।