फेब्रुअरी २५ मा युनको महाभियोग मुद्दाको अन्तिम सुनुवाइ
दक्षिण कोरियाको संवैधानिक अदालतले फेब्रुअरी २५ मा राष्ट्रपति युन सुक–योलको महाभियोग मुद्दाको ११ औं र अन्तिम सुनुवाइ गर्ने भएको छ ।
वातावरण क्षेत्रमा चीनको नयाँ कदम : नवप्रवर्तन प्रवर्द्धन गर्दै
चिनियाँ इकोलोजी तथा वातावरण मन्त्रालय र अन्य सरकारी निकायहरूद्वारा जारी दिशानिर्देशअनुसार चीनले हरित, सुन्दर चीन निर्माण गर्ने प्रयासको रूपमा पर्यावरण तथा वातावरण क्षेत्रमा वैज्ञानिक र प्राविधिक आविष्कारहरूलाई बलियो बनाउने वाचा गरेको छ ।
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : ब्राजिलका लुला
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप लगाउँदै उहाँलाई अन्य देशको सार्वभौमसत्ताको सम्मान गर्न आह्वान गर्नुभएको छ ।
भाजपा नेता गुप्ताद्वारा दिल्लीको मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण
भारतीय जनता पार्टी (भाजपा) का विधायक रेखा गुप्ताले बिहीबार दिल्लीको मुख्यमन्त्री पदको शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीका अलावा भाजपाका अन्य नेताहरु पनि उपस्थित हुनुभएको थियो ।
हमासद्वारा बिबास परिवारका तीनसहित चार जना इजरायली बन्धकको शव हस्तान्तरण
हमासले गाजा युद्ध सुरु भएदेखि इजरायलमा व्याप्त अग्निपरीक्षाको प्रतीक बनेका बिबास परिवारसहित चार जना इजरायली बन्धकको शव रहेको कफिन बिहीबार हस्तान्तरण गरेको छ ।
इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड
इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बिहीबार बताएका छन् ।
चीनसँग व्यापार सम्झौता सम्भव : अमेरिकी राष्ट्रपति ट्रम्प
चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बताउनुभएको छ । ट्रम्पले सन् २०२० मा अमेरिकाले चीनसँग ठुलो व्यापार सम्झौता गर्न सहमति जनाइसकेको र नयाँ सम्झौता सम्भव भएको बताउनुभएको हो ।
पाकिस्तानमा सैन्य कारबाहीमा ३० आतङ्ककारी मारिए
पाकिस्तानी सुरक्षा बलहरूले उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा गुप्तचरमा आधारित अपरेशनको क्रममा ३० आतङ्ककारीलाई मारेको छ ।
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
अशान्त दक्षिण–पश्चिम पाकिस्तानमा बन्दुकधारी एक समूहले बसमा सवार यात्रुमाथि आक्रमण गरी कम्तीमा सात जनाको हत्या गरेको छ ।
माल्दिभ्सलाई बचाउन कडा वित्तीय नियन्त्रण गर्न आइएमएफको आग्रह
अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले माल्दिभ्सलाई समृद्ध पर्यटन उद्योगका बाबजुद आफ्नो समस्याग्रस्त अर्थतन्त्रलाई बचाउन ‘तत्काल र बलियो’ वित्तीय सुदृढीकरणको आवश्यकता रहेको चेतावनी दिएको छ ।
रुसले बर्बरता रोक्न चाहन्छ, यो अर्थहीन युद्ध हो : अमेरिकी राष्ट्रपति ट्रम्प
युक्रेनमा युद्धको अन्त्यका लागि संयुक्त राज्य अमेरिका र रुसबिचको वार्तापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी, रुसी र उत्तर कोरियाबिचका सैनिकहरूमाथि युद्धले पारेको क्षतिलाई उद्धृत गर्दै रुस द्वन्द्वको अन्त्य गर्न चाहन्छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
युक्रेनको दक्षिणपश्चिमी बन्दरगाह शहर ओडेसामा रूसले गरेको ‘विशाल’ आक्रमणले ठुलो आवासीय क्षेत्रमा विद्युत आपूर्ति अवरूद्ध भएको छ ।
बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनले मनोनीत गरेका बाँकी सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न आदेश दिनुभएको छ ।
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्ष जेल सजाय
जापानका पूर्व प्रधानमन्त्री फुमियो किशिदालाई सन् २०२३ मा पाइप बमले मार्ने प्रयास गरेको आरोपमा बुधबार एक व्यक्तिलाई १० वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
अस्ट्रेलियाले नगद दर ४.१ प्रतिशतमा कटौती गर्यो
अस्ट्रेलियाको केन्द्रीय बैंकले नोभेम्बर २०२० पछि पहिलो पटक मङ्गलवार ब्याजदर घटाएको छ । २५ आधार बिन्दुको कटौतीले देशको आधिकारिक नगद दर ४.१ प्रतिशतमा ल्याएको छ ।
खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग परराष्ट्रमन्त्रीको छलफल
आठौँ ‘इण्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको उपस्थितिमा मङ्गलबार ओमानलगायत खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग छलफल गर्नुभएको छ ।
चीनमा १७ वटा अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्था स्थापना
चीन विज्ञान तथा प्रविधि सङ्घ (कास्ट) का अनुसार विगत तीन वर्षमा चीनमा १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू स्थापना भएका छन् ।
इन्डोनेसियाले ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार विद्युतीय सवारी ९ईभी० चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको ऊर्जा तथा खनिज मन्त्रालयले जनाएको छ ।
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
रुसले आगामी महिनाहरूमा अमेरिकासँग आर्थिक वार्तामा ‘प्रगति’ हुने अपेक्षा गरेको एक रुसी वार्ताकारले मङ्गलबार साउदी अरेबियामा बताएका छन् । साउदी अरेबियामा दुवै देशका शीर्ष अधिकारीहरुले भेट गरिरहेका छन् र वार्ताबाट क्रेमलिनले सम्बन्धको ‘पुनःस्थापना’ हुने आशा गरेको छ ।
साउदी अरबमा अमेरिका–रुस वार्ता सुरु, युक्रेनलाई स्थान छैन
अमेरिका र रुसका उच्चस्तरीय कूटनीतिज्ञहरू मङ्गलबार साउदी अरबमा भेट्दैछन् । त्यहाँ उनीहरूका बिग्रेका सम्बन्धहरू पुनःस्थापित गर्ने र युक्रेन युद्ध अन्त्य गर्ने प्रयासको सुरुआत गर्ने वार्ता हुँदैछ ।
च्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठुलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान
सुरक्षा चिन्ताका कारण निषेधित देश भएको केही वर्षपछि एउटा ऐतिहासिक कदमका रूपमा स्वागत गरिएको पाकिस्तानले बुधबारदेखि करिब तीन दशकमा पहिलो प्रमुख क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ ।
सन् २०३५ मा उत्सर्जन घटाउने जापानको लक्ष्य
जापानले मङ्गलबार सन् २०१३ को स्तरबाट अर्को दशकमा ग्रिनहाउस ग्यास उत्सर्जन ६० प्रतिशतले घटाउने प्रतिबद्धता जनाएको छ तर जलवायु अभियानकर्मीहरूले संशोधित लक्ष्य विश्वव्यापी तापमान वृद्धिलाई सीमित गर्न पेरिस सम्झौताअन्तर्गत आवश्यकभन्दा कम भएको बताएका छन् ।
लेबनानबाट इजरायली सेनाको फिर्तीको समयसीमा समाप्त
इजरायलले पाँच वटा रणनीतिक स्थानमा रहने योजना बनाएको केही घण्टापछि हिजबुल्लाहसँगको युद्धविराम सम्झौताअन्तर्गत दक्षिण लेबनानबाट सबै इजरायली सैनिकहरू बाहिर निस्कनुपर्ने समयसीमा मङ्गलबार समाप्त भएको छ ।
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको बिबिसीमा उल्लेख छ ।