युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा युक्रेनको ‘सुरक्षा सुनिश्चितता’ का लागि माग
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपतिसँगको भेटमा आफूले युक्रेनको ‘सुरक्षा ग्यारेन्टी’ मागेको बताउनुभएको छ ।
अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा दिन नयाँ परिषद स्थापना गर्न शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।
हमासले शनिबार रिहा गर्ने तीनजनाको नाम सार्वजनिक
इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीनजना बन्धकको नाम सार्वजनिक गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पको टिप्पणीपछि अमेरिकाले सैन्य कटौतीमा नेतृत्व लिनुपर्छ : चीन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग सैन्य खर्च कटौती विषयमा वार्ता गर्न चाहेको टिप्पणी गर्नुभएपछि बेइजिङले शुक्रबार अमेरिकाले यस कार्यमा नेतृत्व लिनुपर्ने बताएको छ ।
जापानले मूल्य वृद्धिका कारण आपत्कालीन चामल भण्डार जारी गर्ने
जापान सरकारले शुक्रबार बढ्दो मूल्यको प्रतिक्रियामा आपत्कालीन प्रयोगका लागि सुरक्षित राखिएको चामलको भण्डार जारी गर्ने बताएको छ । चामल राष्ट्रको प्रिय मुख्य खाद्यान्न हो ।
हमासले शुक्रबार रिहा गर्ने इजरायली बन्धकको नाम सार्वजनिक गर्ने अपेक्षा
इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीन जना बन्धकको नाम सार्वजनिक गर्ने अपेक्षा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पद्वारा भारतलाई उच्चस्तरीय लडाकू जेट र व्यापार सम्झौता प्रस्ताव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भारतलाई अत्याधुनिक लडाकू जेटहरू बिक्री गर्ने प्रस्ताव गर्नुभएको छ । साथै ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका धेरै जसो क्षेत्रमा नयाँ अमेरिकी प्रशासनको दण्डात्मक दृष्टिकोणलाई अस्वीकार गर्ने बन्धनलाई पुनर्जीवित गर्दै व्यापार बढाउने वाचा गर्नुभएको छ ।
एडिडासलाई १५ हजार डलर जरिवाना
टर्कीले जर्मनीको खेल उपकरण कम्पनी एडिडासको एउटा प्रमुख जुत्ताको मोडलमा सुँगुरको छाला भएको जानकारी नदिएको भन्दै १५ हजार अमेरिकी डलरभन्दा बढी जरिवाना गरेको छ ।
भारतमाथि पारस्परिक कर लगाउने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भारतमाथि पारस्परिक कर लगाउने बताउनुभएको छ । भारत र अमेरिका एक पारस्परिक राष्ट्र भएकाले पारस्परिक कर नै लगाइने उहाँको भनाइ छ ।
दक्षिण कोरियाको बन्दरगाह सहरमा आगलागी, चार जनाको मृत्यु
दक्षिण कोरियाको दक्षिणी बन्दरगाह सहर बुसानमा शुक्रबार भएको आगलागीमा चार जनाको मृत्यु भएको र अन्य चार जना घाइते भएको राष्ट्रिय दमकल निकायले जनाएको छ ।
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीसँग छुट्टाछुट्टै तर दुबैसँग एक–एक घण्टा टेलिफोन वार्ता गरी शान्ति वार्ता सुरु गर्न सुझाव दिनुभएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूमा समाचारहरू छापिएका छन् ।
सुधारका लागि ‘राष्ट्रिय सहमति आयोग’ गठनः बङ्गलादेश
बङ्गलादेशको अन्तरिम सरकारले राज्य प्रणालीमा महत्त्वपूर्ण सुधार ल्याउने उद्देश्यले राष्ट्रिय सहमति आयोग गठन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्ले बुधबार जारी गरेको परिपत्रअनुसार अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसको नेतृत्वमा ‘राष्ट्रिय सहमति आयोग’ गठन गरिएको हो ।
गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति
यो सप्ताहन्तमा बन्धक–कैदी आदानप्रदान योजना अनुसार अगाडि बढ्ने सुनिश्चित गर्न इजरायल–हमास युद्धविराम जोगाउने प्रयासमा प्रगति भएको वार्तासँग नजिक रहेका प्यालेस्टिनी स्रोतहरूले बिहीबार जानकारी दिएका छन् ।
ताइवानको फुड कोर्टमा ग्यास विस्फोट : चार जनाको मृत्यु, २६ घाइते
ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा बिहीबार भएको ग्यास विस्फोटमा चार जनाको मृत्यु भएको र २६ जना घाइते भएको अग्नि नियन्त्रण अधिकारीहरूले बताएका छन् ।
काश्मीर सीमामा भारत र पाकिस्तानबिच गोली हानाहान
भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी पक्षले बिहीबार कम्तीमा चार जनाको ज्यान गएको बताएको छ ।
ट्रम्प र पुटिनले युक्रेनको विषयमा साउदी अरेबियामा भेट्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुई नेताबिच आश्चर्यजनक टेलिफोन वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन शान्ति वार्ताका लागि साउदी अरेबियामा भेट्ने अपेक्षा गरेको खुलासा गर्नुभएको छ ।
ट्रम्पको रिस टार्न खोज्दै मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता पुनर्जीवित गर्न र भन्सार तथा आप्रवासनमा अमेरिकी राष्ट्रपतिको रिसबाट बच्न प्रयास गर्नुहुनेछ ।
उत्तर कोरियाले पारिवारिक पुनर्मिलन केन्द्र भत्काउँदै छ : सियोल
उत्तर कोरियाले कोरियाली युद्ध र देशको विभाजनबाट छुट्टिएका परिवारहरूको भावुक पुनर्मिलनको आयोजना गर्ने ठाउँलाई भत्काउन थालेको सियोलले बिहीबार बताएको छ ।
भारी हिमपातले टर्कीभरको जनजीवन प्रभावित
टर्कीभर भारी हिमपातका कारण विद्यालय र यातायात बन्द गरिएको छ । हिमपातका कारण दक्षिणी टर्की र देशको उत्तरी तट जस्तै सामसुन र सिनोपमा रहेका काहरामनमारस, आदियामान र मालत्याले विद्यालय बन्द गरेका छन् ।
एआई शिखर सम्मेलनमा ५८ देशको सहमति
पेरिसमा भएको एआई एक्नस शिखर सम्मेलनले कृत्रिम बुद्धिमत्ता (एआई) का लागि मानव–केन्द्रित, अधिकार–आधारित र नैतिक दृष्टिकोणलाई जोड दिएको छ ।
ब्राजिलले अमेरिकासँग व्यापार युद्ध नगर्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग व्यापार युद्धमा प्रवेश गर्ने कुनै मनसाय नरहेको ब्राजिलका सरकारी अधिकारीले बताएका छन् ।
प्यालेस्टिनीलाई सार्ने कुरा ‘अरब विश्वका लागि अस्वीकार्य’
प्यालेस्टिलाई सार्ने कुरा ’अरब जगत्का लागि अस्वीकार्य’ हुने अरब लिगले जनाएको छ । अरब लिगका महासचिव अहमद अबुल घेइतले बुधबार गाजा पट्टी र वेस्ट बैङ्कबाट प्यालेस्टिनीलाई कुनै पनि प्रकारको विस्थापन गर्ने कुरा अरब जगत्लाई अस्वीकार्य रहेको बताउनुभएको हो ।
‘लागत कटौती बिना अमेरिका ‘टाट पल्टिने’ मस्कको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको नेतृत्व गर्न नियुक्त गरेका अर्बपति प्रविधिविद् एलन मस्कले बजेट कटौती बिना अमेरिका ‘दिवालिया’ बन्ने बताउनुभएको छ ।
बङ्गलादेशी क्रिकेटरलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको प्रतिबन्ध
बङ्गलादेशकी अन्तर्राष्ट्रिय खेलाडी सोहेली अख्तरलाई आइसिसीको भ्रष्टाचार विरोधी संहिताको पाँचवटा उल्लङ्घन गरेको स्वीकार गरेपछि पाँच वर्षका लागि सबै प्रकारका क्रिकेटबाट प्रतिबन्धित गरिएको खेलको नियामक निकायले जनाएको छ ।