अमेरिकी निर्वाचन : ह्यारिसको अभियान जारी, समर्थन बढ्ने क्रम निरन्तरता
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका उपराष्ट्रपति कमला ह्यारिसले यो साता पेन्सिल्भेनिया र सिकागोमा महत्त्वपूर्ण कार्यक्रमहरू गर्नुहुनेभएको छ ।
बलात्कार प्रकरण : मेडिकल कलेज र अस्पतालमा चिकित्सकको प्रदर्शन जारी
भारतको पश्चिम बङ्गालराज्यको कलकत्तामा गत अगष्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र कथित यौन दुर्व्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकहरूले ‘आरजी कर मेडिकल कलेज एण्ड हस्पिटल’मा प्रदर्शन जारी राखेका छन् ।
युक्रेनी ड्रोन आक्रमणबाट दक्षिण रुसमा इन्धन भण्डारमा आगलागी
युक्रेनी ड्रोन आक्रमणबाट आइतबार बिहान रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा एक तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ ।
अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजरायलमा
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइतबार इजरायल आउनुभएको छ । मध्यस्थहरूले गाजा युद्धविराम सम्झौतालाई बलियो बनाउन खोजिरहेका समय शनिबार हमासका एक वरिष्ठ अधिकारीले वार्तामा ‘अमेरिकी निर्देशन’ स्वीकार्य नहुने बताएका थिए ।
राजधानीमा रुसी मिसाइल आक्रमणलाई विफल बनाएको युक्रेनको भनाइ
युक्रेनी सेनाले राजधानी किएभमा भएको रुसी मिसाइल आक्रमणलाई विफल बनाएको बताएको छ । किएभमा आइतबार बिहानैदेखि हवाई आक्रमणको साइरन बजेको थियो ।
गाउँसम्म फैलिया टर्कीको जङ्गलमा लागेको डढेलो
टर्कीको पश्चिमी बन्दरगाह सहर इज्मिरको जङ्गलमा लागेको आगो आवासीय क्षेत्रसम्म पुगेको छ । जसकारण सयौँ बासिन्दा विस्थापित भएका छन् ।
थाई नरेशद्वारा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिकरूपमा प्रधानमन्त्रीमा अनुमोदन
थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिक रूपमा अनुमोदन गर्नुभएको छ ।
इजरायली आक्रमणमा १० जनाको मृत्यु
दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा परी १० सिरियालीको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।
नाइजेरियामा २० मेडिकल विद्यार्थी अपहरित
पूर्वी नाइजेरियामा वार्षिक अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थीहरू अपहरणमा परेका प्रहरी र विश्वविद्यालय स्रोतले जनाएका छन् ।
मध्यपूर्वमा युद्धविराम सम्झौता नजिक : बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपूर्वमा युद्धविराम सम्झौता पहिलेको भन्दा नजिक रहेको बताउनुभएको छ ।
पाकिस्तानमा देखियो मङ्कीपक्स, प्रकोपलाई शीघ्र सम्बोधन गर्न आह्वान
पछिल्लो समय विश्यव्यापी रूपमा मङ्कीपक्सको सङ्क्रमणका घटना पुष्टि भइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले प्रभावित देशहरूलाई मङ्कीपक्स प्रकोपको सामना गर्न मिलेर काम गर्न आग्रह गर्दै प्रकोपलाई शीघ्र सम्बोधन गर्न आह्वान गर्नुभएको छ
गाजा युद्धविराम वार्ता दोस्रो दिनमा
गाजा युद्धविरामका लागि वार्ता समूहहरू शुक्रबार दोस्रो दिन कतारमा पुनः जुटेका छन् । इजरायलमा रहेका शीर्ष युरोपेली कूटनीतिज्ञहरूले युद्धविरामका लागि व्यापक दबाब दिने अपेक्षा गरिएको छ ।
जापानको प्रशान्त महासागरीय तटमा ‘निकै शक्तिशाली’ आँधी
जापानको प्रशान्त महासागरीय तटमा ‘निकै शक्तिशाली’ आँधी आएको छ । शुक्रबार आएको भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियो क्षेत्रमा सयौँ उडान र रेल सेवा रद्द हुनुका साथै चार हजारभन्दा बढी घर विद्युतविहीन भएका छन् ।
गाजाबाट अस्ट्रेलिया आएका आप्रवासीलाई भिसामा प्रतिबन्धको आह्वान ‘अपमानजनक’ : उपप्रधानमन्त्री
अस्ट्रेलियाका उपप्रधानमन्त्रीले गाजाबाट भागेका प्यालेस्टिनीलाई भिसा प्रतिबन्धका लागि सरकारले गरेको आह्वान अपमानजनक रहेको बताउनुभएको छ ।
थाइल्याण्डको प्रधानमन्त्रीमा ३७ वर्षीया सिनावात्रा निर्वाचित
थाइल्याण्डको संसद्ले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।
सहकर्मीको हत्यापछि भारतीय चिकित्सक हडतालमा
सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकहरूले शुक्रबार देशव्यापी विरोध प्रदर्शन र हडताल बढाउने बताएका छन् । उक्त क्रूर हत्याले महिलाविरुद्ध हिंसाको पुरानो मुद्दामा आक्रोशलाई केन्द्रित गरेको छ ।
अमेरिकी उपराष्ट्रपति पदका उम्मेदवार अक्टोबरको बहसका लागि सहमत
ह्वाइट हाउसका प्रतिद्वन्द्वी कमला ह्यारिस र डोनाल्ड ट्रम्पको दौडमा रहेका साथीहरूले कम्तीमा एउटा उपराष्ट्रपति बहसमा सामना गर्न अक्टोबर १ मा हुने निर्णायक बहसका लागि सिबिएस न्युजको निमन्त्रणालाई स्वीकार गर्नुभएको छ ।
थाइल्यान्डको फेउ थाई पार्टीद्वारा पेटोङ्टार्न सिनावात्रा प्रधानमन्त्री उम्मेदवार चयन
थाइल्यान्डको फेउ थाई पार्टीले अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३७ वर्षीया पेटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा छनोट गरेको छ ।
अफगानिस्तानको पार्किङ स्थलमा राखिएको ट्रकमा आगलागी
पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात सहरमा भन्सारको पार्किङस्थलमा आगलागी हुँदा व्यापारिक सामान बोकेका धेरै ट्रकहरू खरानीमा परिणत भएका छन् ।
इजिप्टमा बेरोजगारी दर ६.५ प्रतिशतमा घट्यो
इजिप्टको बेरोजगारी दर यस वर्षको दोस्रो त्रैमासिकमा ६.५ प्रतिशतमा झरेको छ । जुन पहिलो त्रैमासिकमा ६.७ प्रतिशत रहेको देशको आधिकारिक तथ्याङ्क निकायले बिहीबार जनाएको छ ।
अफगानिस्तानमा १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध
अफगानिस्तानमा तालिबान सरकारले जानाजानी १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बिहीबार जनाएको छ ।
डब्लुएचओद्वारा एमपक्सलाई स्वास्थ्य आपत्काल घोषणा
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एमपक्सको प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक आपत्काल घोषणा गरेको छ ।
युक्रेनलाई ५१ डलर चन्दा दिँदा १२ वर्षको जेल सजाय
अमेरिका र रुसको दोहोरो नागरिकता भएकी केन्सिया खवानालाई बिहीबार एक रुसी अदालतमा देशद्रोहको आरोपमा दोषी ठहर गरिएको छ ।
जापानमा ‘शक्तिशाली भूकम्प’ को चेतावनी अन्त्य
जापानले एक हप्तादेखि लागू गरेको शक्तिशाली भूकम्प (मेगाक्वेक) आउन सक्ने चेतावनी बिहीबार हटाएको छ । ‘मेगाक्वेक’ ले हुने मानवीय तथा भौतिक क्षतिको खतराको जोखिम समाप्त भएसँगै सरकारले चेतावनी हटाई मानिसहरूलाई सामान्य अवस्थामा फर्कन आग्रह गरेको छ ।