दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो ।
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि उहाँका समर्थक र विरोधीले शनिबार विरोध प्रदर्शन गरेका छन् ।
टर्कीको पिकेके प्रतिनिधिमण्डलले जेलमा रहेका नेतालाई भेट्ने
टर्कीको मुख्य कुर्द समर्थक डेम पार्टीको एक प्रतिनिधिमण्डलले शनिबार इस्तानबुलको जेलमा रहेका पीकेके नेता अब्दुल्लाह ओकलानलाई भेट्ने भएको छ ।
भारतीय पूर्व प्रधानमन्त्री सिंहको राजकीय सम्मानसहित निगमबोध घाटमा अन्त्येष्टि
पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार दिल्लीको कश्मीरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको अन्त्येष्टि परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थितिमा भएको थियो ।
अमेरिकाः आप्रवासी सङ्कटका कारण सन् २०२४ मा घरबारविहीनको सङ्ख्या उच्च
संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ । देशमा करिब २० वर्षअघि सङ्घीय सरकारले यस बिषयमा रेकर्ड राख्न सुरु गरेको थियो ।
भारतका पूर्वप्रधानमन्त्री सिंहको शनिबार राजकीय सम्मानसहित अन्त्येष्टि
भारतको आर्थिक उदारीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्नुभएका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय अन्त्येष्टि अघि उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न उहाँका शुभचिन्तक शनिबार भारतको राजधानी दिल्लीमा भेला भएका छन् ।
क्यानाडामा लहरे खोकीका बिरामी बढ्दै
क्यानाडाका विभिन्न प्रान्त र क्षेत्रमा लहरेखोकी अर्थात् १०० दिनभन्दा बढी खोकीको समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को शपथअघि टिकटक लाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार एक संक्षिप्त निवेदन दर्ता गर्नुभएको छ ।
२०३५ सम्म ३ आणविक उर्जा केन्द्र बनाउने टर्कीको लक्ष्य
टर्कीले २०३५ सम्ममा तीन वटा आणविक उर्जा केन्द्रहरू निर्माण गर्ने योजना बनाएको छ ।
चीनद्वारा प्रक्षेपण गरिएको व्यावसायिक रकेट असफल
चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ । चीनको लिजियान–१ वाई६ क्यारियर रकेट उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस इनोभेसन पाइलट जोनबाट प्रक्षेपण गरेपछि शुक्रबार असफल भएको छ ।
नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक
नासाको ‘पार्कर सोलार प्रोब’ले मङ्गलबार सूर्यको सबैभन्दा नजिक पुग्दा नयाँ कीर्तिमान कायम गरेको छ । यो अन्तरिक्ष यान मङ्गलबार सूर्यको सतहबाट ३.८ मिलियन माइल (लगभग ६.१ मिलियन किलोमिटर) भित्र जाने अपेक्षा गरिएको छ, जुन अघिल्लो मिसनभन्दा सात गुणा नजिक छ ।
चीनमा ९० प्रतिशतभन्दा बढी कम्पनी विदेशी लगानीको सम्भावनाप्रति आशावादी : सर्वेक्षण
चिनियाँ कम्पनीहरूको आउटबाउन्ड लगानी सन् २०२४ मा निरन्तर बढ्दै गएको र ८० प्रतिशतभन्दा बढीले विदेशी लगानी विस्तार गरेको शुक्रबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।
मोरक्को तटमा आप्रवासी डुङ्गा दुर्घटना हुँदा ७० बेपत्ता
मोरक्को तटमा आप्रवासी बोकेको जहाज डुब्दा मालीका २५ जनासहित ७० जना बेपत्ता भएको उक्त देशको सरकारले बिहीबार जनाएको छ । स्पेन जाने जहाजमा करिब ८० आप्रवासी सवार थिए, “दुर्भाग्यवश पीडितहरूमध्ये २५ युवा मालीको पहिचान भएको छ”, सरकारले एक विज्ञप्तिमा उल्लेख गर्यो ।
भारतको पञ्जाबमा बस दुर्घटना : आठको मृत्यु, ४६ यात्रुको उद्धार
उत्तरी भारतको पञ्जाब राज्यमा एउटा यात्रुवाहक बस एक पुलबाट चिप्लिँदा शुक्रबार कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् । दुर्घटना पञ्जाबको भटिंडा जिल्लाको जीवन सिंह वाला गाउँ नजिक भएको हो ।
चीनमा ९० प्रतिशत कम्पनी विदेशी लगानीप्रति आशावादी
चिनियाँ कम्पनीहरूको आउटबाउन्ड लगानी सन् २०२४ मा निरन्तर बढ्दै गएको र ८० प्रतिशतभन्दा बढीले विदेशी लगानी विस्तार गरेको शुक्रबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।
दक्षिण कोरिया कार्यबाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित
दक्षिण कोरियाका विपक्षी नियन्त्रित संसद् (नेसनल एसेम्बली) ले शुक्रबार कार्यवाहक राष्ट्रपति हान डक–सोलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि उहाँ पदबाट निलम्बित हुनुभएको छ ।
उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला
मेक्सिकोका अधिकारीहरूले मेक्सिकोको उत्तरी चिहुआहुआ राज्यमा गोप्य चिहानमा गाडिएका १२ शव फेला पारेको जानकारी दिएका छन् ।
जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो
सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली सहरहरूदेखि अफ्रिकाका भीडभाड भएका झुपडपट्टीहरूसम्म कुनै पनि ठाउँ सन् २०२४ मा अत्यधिक जलवायु विपत्तिको विनाशकारी प्रभावबाट बच्न सकेन ।
ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीलाई चाँडै फर्कन विश्वविद्यालयको आग्रह
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने तयारीमा रहँदा सन् २०२५ जनवरीमा उहाँको शपथग्रहणले कलेज र विश्वविद्यालयहरूमा अमेरिकी आप्रवासन नीतिहरूमा हुनसक्ने परिवर्तनबारे चिन्ता उत्पन्न गरेको छ ।
जापान सरकारले वृद्ध जनसङ्ख्या र सुरक्षाका लागि अहिलेसम्मकै धेरै बजेट
जापान सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पारित गरेको छ । बजेटले वृद्धहरू जनसङ्ख्याको व्यवस्थापनका लागिसामाजिक कल्याण र क्षेत्रीय खतरासँग जुध्न बजेटमा विशेष ध्यान दिएको छ ।
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ ।
भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधन
भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।
पाकिस्तानी सेनाबाट थप ६० सर्वसाधारणलाई दोषी ठहर
पाकिस्तानको सैन्य अदालतले गत वर्ष इमरान खानको रिहाईका लागि भएको आन्दोलनमा संलग्न भएको आरोपमा थप ६० जना सर्वसाधारणलाई सजाय सुनाएको छ ।
सुनामीका कारण मृत्यु भएकाहरूको सम्झनामा २० वर्षपछि आँसु र प्रार्थना
दुई दशकअघि हिन्द महासागरको तटीय क्षेत्रमा आएको सुनामीका कारण ज्यान गुमाएका दुई लाख २० हजार व्यक्तिको सम्झनामा बिहीबार एशियाभर आयोजित समारोहहरूमा अश्रुपूर्ण शोककर्ताहरुले प्रार्थना गरेका छन् ।