जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबिच समसामयिक विषयमा छलफल हुने
जोर्डनका विदेशमन्त्री अयमान सफादीले सिरियाका नयाँ नेता अहमद अल–शरासँग भेटवार्ता गर्न सोमबार दमास्कस जाने कार्यक्रम रहेको अम्मानले बताएको छ ।
पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ जना घाइते
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरुबिचको भिडन्तमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् ।
दक्षिण कोरियाली निलम्बित राष्ट्रपतिबाट सोधपुछ गर्न पुनः अस्वीकार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी नभएको अनुसन्धान टोलीले सोमबार जनाएको छ ।
रूस र युक्रेनबिचको युद्धमा उत्तर कोरियाका एक हजार एक सय सैनिकको मृत्यु
रूस र युक्रेनबिचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले सोमबार जनाएको छ ।
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नका लागि पोलियो खोप अनिवार्य
पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नका लागि पोलियो खोप अनिवार्य गरेको छ ।
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
दक्षिण कोरियाले शनिबार अमेरिकी अन्तरिक्ष केन्द्रबाट तेस्रो स्वदेशी जासुस उपग्रह प्रक्षेपण गरेको रक्षा मन्त्रालयले जनाएको छ । स्पेसएक्स फाल्कन ९ रकेट सामान्य रूपमा राती ८ः३४ मा उड्यो ।
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
आगामी ट्रम्प प्रशासनका महत्वपूर्ण पात्र एलन मस्क कुनै दिन राष्ट्रपति बन्न सक्ने सम्भावना नरहेको आइतबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।
नाइजेरियामा चामल लिने क्रममा कुल्चिएर ३२ जनाको मृत्यु
नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जनाएको छ । यसअघि प्रहरीले २२ जनाको निधन भएको जनाएको थियो ।
पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको रूसको दाबी
रूसले आइतबार पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको जनाएको छ ।
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना : ३८ जनाको मृत्यु
दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।
भारतमा बालविवाहका घटनामा पाँच हजारभन्दा बढी पक्राउ
भारतको उत्तरपूर्वी क्षेत्रमा बालविवाहविरुद्ध गरिएको कारबाहीका कारण करिब पाँच हजार व्यक्ति पक्राउ परेका आसाम राज्यका अधिकारीले आइतबार बताएका छन् ।
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
‘भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको अमेरिकी सेनाले जनाएको छ ।
रुसको कुस्रक क्षेत्रमा युक्रेनी मिसाइल आक्रमण : ६ जनाको मृत्यु
रुसको कुस्रक क्षेत्रको रिल्स्क सहरमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ ।
२०२४ मा जलवायु परिवर्तन प्रभावहरू अत्याधिक : विज्ञहरु
विश्व मौसम विज्ञान संगठनको एक रिपोर्टअनुसार (सन् २०२४) रेकर्डमा सबैभन्दा तातो वर्ष भएको छ ।
गाजामा २० लाखभन्दा बढी मानिस फसे : संयुक्त राष्ट्रसङ्घ
गाजामा २० लाख भन्दा बढी मानिसहरू फसेका संयुक्त राष्ट्र सङ्घको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का आपतकालीन अधिकारी लुइस वाटरिजले शुक्रबार बताउनुभएको छ ।
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।
अमेरिका र भारतले पृथ्वी–अवलोकन गर्ने उपग्रह प्रक्षेपण गर्ने
नासा र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले मार्च २०२५ मा शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् ।
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण
श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५ दशमलव ५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैङ्कले प्रक्षेपण गरेको छ । राष्ट्र बैङ्कका अनुसार कृषि गतिविधि ३ प्रतिशत, उद्योग १० दशमलव ८ प्रतिशत र सेवा गतिविधि २ दशमलव ६ प्रतिशतले बढेको छ ।
मलेसियाद्वारा एमएच ३७० विमानको खोजी कार्य पुनः सुरु गर्न सहमति
दश वर्षअघि रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमान एमएच ३७० को पुनः खोजी सुरु गर्ने प्रस्तावमा मलेसियाको मन्त्रिपरिषद् सहमत भएको मलेसियाका यातायात मन्त्रीले शुक्रबार बताउनुभएको छ ।
‘देशद्रोह’ गरेको आरोपमा १६ वर्षको जेल सजाय
रुसले पूर्वी युक्रेनको लुगान्स्क क्षेत्रका एक बासिन्दालाई ‘देशद्रोह’ को अभियोगमा शुक्रबार १६ वर्षको जेल सजाय सुनाएको मस्कोको सङ्घीय सुरक्षा सेवा (एफएसबी)ले जनाएको छ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा एक्स-रे स्पेक्ट्रोमिटर स्थापना
रुसी अन्तरिक्ष यात्री एलेक्सी ओभचिनिन र इभान वाग्नरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)मा उन्नत एक्स-रे स्पेक्ट्रोमिटर स्थापना गर्न सात घण्टाभन्दा लामो अन्तरिक्ष पैदल यात्रा पूरा गर्नुभएको छ ।
गर्भवती महिलामा बर्ड फ्लूको सङ्क्रमण घातकः अनुसन्धान
अष्ट्रेलियाको एउटा अनुसन्धानले धेरैजसो गर्भवती महिलाहरूको लागि बर्ड फ्लूको सङ्क्रमण घातक हुने बताएको छ ।
उत्तरी सिरियामा टर्कीका दुई पत्रकारको हत्या
टर्कीको कुर्द बहुल दक्षिणपूर्वी क्षेत्रका दुई पत्रकारको उत्तरी सिरियामा अङ्कारा समर्थित र अमेरिका समर्थित लडाकुबिच भएको भिडन्तको रिपोर्टिङका क्रममा मृत्यु भएको टर्कीको एक पत्रकार सङ्गठन र एक गैरसरकारी संस्थाले शुक्रबार जनाएको छ ।
‘युक्रेनको राजधानीमा भयानक विस्फोट’
युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय कर्मचारीले बताएका छन् ।