युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बताउनुभएको छ ।
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै ३५ भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
अमेरिकी सिनेटद्वारा वार्षिक रक्षा नीति विधेयक पारित
अमेरिकी सिनेटले आर्थिक वर्ष २०२५ को लागि ८९५–बिलियन–अमेरिकी डलरको रक्षा नीति विधेयक पारित गरेको छ । अब राष्ट्रपति जो बाइडेनद्वारा कानुनमा हस्ताक्षर गरेसँगै विधेयक लागू हुनेछ ।
श्रीलङ्काली नौसेनाले १०० रोहिङ्ग्या शरणार्थीको नाैकालाई सहयोग गर्ने
श्रीलङ्काको नौसेनाले बिहीबार हिन्द महासागरको टापुमा माछा मार्ने ट्रलरमा फसेका युद्धग्रस्त म्यानमाबाट आएका करिब एक सय रोहिङ्ग्या शरणार्थीको समूहलाई सहयोग गर्न गइरहेको बताएको छ ।
असदको पतन रुसका लागि ‘पराजय’ होइन-पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सिरियाका पूर्व नेता बशर अल-असदको पतन रुसका लागि ‘पराजय’ नभएको भन्दै मस्कोले त्यस देशमा आफ्नो लक्ष्य हासिल गरेको दाबी गर्नुभएको छ ।
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
भारतले आगामी वर्षको च्याम्पियन्स ट्रफीका खेलहरू प्रतियोगिताको आयोजक र चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान जान अस्वीकार गरेपछि तटस्थ मैदानमा खेल्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले हप्तौँको झगडापछि बिहीबार जानकारी दिएको छ ।
भारतीय संसद् भवन परिसरमा सांसदबिच झडप
भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी र गठबन्धनबिच झडप हुँदा भारतीय जनता पार्टी (भाजपा) का सांसद प्रतापचन्द्र सारङ्गी र मुकेश राजपुतलाई चोट लागेको भाजपाले जनाएको छ ।
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
भियतनामको राजधानी हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
भारतीय सुरक्षा बलले बिहीबार काश्मिरमा जारी झडपमा कम्तीमा पाँच जना संदिग्ध बन्दुकधारीको हत्या गरेको भारतीय सेनाले जनाएको छ ।
मलेसियाका पूर्व प्रधानमन्त्रीकी पत्नीलाई एक दर्जनभन्दा बढी आरोपमा सफाइ
मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी श्रीमतीविरुद्ध दायर गरिएको एक दर्जनभन्दा बढी सम्पत्ति शुद्धीकरण तथा कर छलीको अभियोगलाई मलेसियाको एक अदालतले बिहीबार खारेज गरिदिएको छ ।
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा ५२ जनाको मृत्यु
अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्याङ्कर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु हुनुका साथै ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बिहीबार बताएका छन् ।
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा इजरायल र हमासबिच युद्धविराम हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
चीन, पुस ४ गते । चीनको जिनान शहरमा अवस्थित छाङछङ स्क्वायरमा चिनियाँ भेषभूषामा सजिएर नृत्य प्रस्तुत गर्दै स्थानीय कलाकारहरु ।तस्बिरः रासस
माओजाम्बिकमा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो
मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ ।
इरानमा हिजाबसम्बन्धी कडा विधेयकमा सुधार गर्न सांसदहरुद्वारा आग्रह
इरानका सांसदहरूले हिजाब लगाउन इन्कार गर्ने महिलालाई कडा सजाय दिने विधेयकमा संशोधन गर्न माग गरेका छन् ।
लेबनानको पुनर्निर्माणका लागि विश्व बैङ्क तयार
विश्व बैंकका एक वरिष्ठ अधिकारीले हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्व बैंक तयार रहेको बताएका छन् ।
चिनियाँ शासनको २५ औं वर्षगाँठ मनाउन राष्ट्रपति सी मकाउमा
चिनियाँ राष्ट्रपति सी चिनफिङ मकाउमा चीनले शासन गर्न थालेको २५ वर्ष पूरा भएको उपलक्ष्यमा तीन दिने भ्रमणका लागि बुधबार मकाउ आइपुग्नुभएको छ । सी बुधबार अपराह्न मकाउ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको चिनियाँ सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।
दक्षिण कोरियाका राष्ट्रपतिद्वारा भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन अस्वीकार
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बुधबार देशको भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार गर्नुभएको छ । डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसदलेउहाँलाई गता साता जिम्मेवारीबाट हटाएको थियो ।
जापानको होन्डा र निसानबिच एकीकरणका लागि प्रारम्भिक वार्ता
जापानको अटो कम्पनी होन्डा र निसानबिच एकीकरण (मर्जर) का लागि प्रारम्भिक छलफल सुरू भएको छ । यो सम्झौताले टेस्ला र अन्य विद्युतीय सवारी साधन निर्माता कम्पनी निक्केई, फाइनान्सियल टाइम्स र अन्यसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्ने बताइएको छ ।
हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द
हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित एक प्रमुख अस्पतालमा सशस्त्र समूहको आक्रमणपछि आगजनी गरिएको अस्पताल र प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।
दोहामा गाजा युद्धविराम वार्ता ‘गम्भीर र सकारात्मक’
इजरायली प्रतिनिधिमण्डल मध्यस्थकर्ताहरूसँग भेट्न दोहा आइपुगेको एक दिनपछि हमासले मङ्गलबार कतारमा भएको वार्ता गाजामा युद्धविराम र बन्धक–कैदी आदानप्रदानलाई लक्षित गरी ‘गम्भीर र सकारात्मक’ भएको बताएको छ ।
जेलेन्स्कीद्वारा रूसले भत्काउन नसक्ने ‘स्थायी शान्ति’ को आह्वान
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार रुसले तोड्न नसक्ने ‘वास्तविक, स्थायी शान्ति’ का लागि आह्वान गर्दै अर्को वर्ष युद्ध अन्त्य हुने आशा व्यक्त गर्नुभएको छ ।
भानुआटुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
प्रशान्त राष्ट्र भानुआटुमा मङ्गलबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पले राजधानी पोर्ट भिलामा भवनहरू ध्वस्त भएका छन् र यसमा विदेशी दूतावासहरूले प्रयोग गरेको भवन पनि समावेश छ । एक प्रत्यक्षदर्शीले एएफपीलाई सहरमा शवहरू देखिएको बताए ।
करिब ३० वर्षपछि मुख्यालय पुनः कब्जा गरेको म्यानमा विद्रोहीहरुको दाबी
म्यानमाको एउटा जातीय विद्रोही समूहले मङ्गलबार म्यानमाको सेनाबाट आफ्नो मुख्यालय पुनः कब्जा गरेको बताएको छ । उक्त मुख्यालयबाट उक्त विद्रोही समूहलाई करिब ३० वर्षअघि बलपूर्वक निष्कासित गरिएको थियो ।