ग्रीसमा डुङ्गा दुर्घटनामा चार जना पाकिस्तानीको मृत्यु
दक्षिणी ग्रीसको क्रेट टापुमा शनिबार भएको डुङ्गा पल्टिँदा चार जना पाकिस्तानी नागरिकको मृत्यु भएको पाकिस्तानको विदेश कार्यालयका प्रवक्ता मुमताज जाहरा बलोचले एक विज्ञप्तिमार्फत पुष्टि गर्नुभएको छ ।
लिबियाको तटबाट ४९९ आप्रवासीको उद्धार
गत हप्ता लिबियाको तटबाट ३४ महिला र छ बालबालिकासहित ४९९ आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सोमबार जनाएको छ ।
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प, एकको मृत्यु
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट एक जनाको मृत्यु भएको छ । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) ले मङ्गलबार भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएपछि पोर्ट भिलाको एउटा अस्पतालमा एक जनाको मृत्यु भएको बताइएको छ ।
मस्को विस्फोटमा रुसी जनरल मारिए
रूसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ ।
इन्डोनेसियामा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता, दुईको उद्धार
इन्डोनेसियाको पूर्वी मालुकु प्रान्तमा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता भएका स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् । शनिबार माछा मार्ने क्रममा १७ यात्रु बोकेको डुङ्गा डुबेको थियो ।
श्रीलङ्कामा नयाँ सभामुखमा चयन
श्रीलङ्काको संसदले मङ्गलबार सर्वसम्मतिले सत्तारुढ राष्ट्रिय जनशक्ति (एनपीपी) का सांसद जगथ विक्रमरत्नेलाई नयाँ सभामुख नियुक्त गरेको छ ।
इजरायलले पहिलो ‘वेभ पावर प्लान्ट’ सुरु गर्यो
इजरायलले समुद्री छालबाट बिजुली उत्पादन गर्ने आफ्नो पहिलो पावर प्लान्टको उद्घाटन गरेको इजरायलको ऊर्जा र पूर्वाधार मन्त्रालयले आइतबार एक विज्ञप्तिमा जानकारी गराएको छ ।
युक्रेनमा उत्तर कोरियाको संलग्नता द्वन्द्वको ‘खतरनाक विस्तार’
दश देश र युरोपेली सङ्घ (इयु) ले सोमबार संयुक्त राज्य अमेरिकाले जारी गरेको संयुक्त वक्तव्यमा युक्रेनमा रुसको युद्धमा उत्तर कोरियाको बढ्दो संलग्नतालाई ‘खतरनाक विस्तार’ भनेका छन् ।
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
दक्षिणी अफगानिस्तानको हेलमान्ड प्रान्तमा एक परिवार बोकेको एउटा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले आइतबार जनाएको छ ।
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
मध्य नाइजेरियाको बेनु नदीमा शनिबार काठको डुङ्गा पल्टिँदा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतवार जानकारी दिएका छन् ।
नर्वेद्वारा युक्रेनी नौसेनालाई २४ करोड डलर सहयोग
नर्वेले युक्रेनी नौसेनालाई ‘ब्ल्याक सी’मा रूसी सेनालाई रोक्न मद्दत गर्न २.७ बिलियन क्रोनर (करिब २४० मिलियन अमेरिकी डलर) प्रदान गर्ने भएको छ ।
भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीको श्रीलङ्काका राष्ट्रपति दिसानायकेसँग भेटवार्ता
श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई भारतको राजकीय भ्रमणको दोस्रो दिन सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनको प्राङ्गणमा भव्य स्वागत गरिएको छ ।
सिरियाका नयाँ नेतासँग वार्ता गर्न इयूका कूटनीतिज्ञलाई पठाइयो
सिरियाका लागि युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लासले सिरियाका लागि युरोपेली सङ्घका राजदूत दमास्कस जान लागेको बताउनुभएको छ ।
रूसमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
युक्रेनले आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा रूसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिक हताहत भएको सोमबार जनाएको छ ।
ग्रामी अवार्ड विजेता भारतीय तबलावादक हुसैनको निधन
ग्रामी अवार्ड विजेता भारतीय तबलावादक उस्ताद जाकिर हुसैनको आइतबार निधन भएको छ । उहाँको ७३ बर्षको हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोको एक अस्पतालमा भर्ना गरिएको थियो ।
बङ्गलादेशमा एक वर्षभित्र निर्वाचन हुने
बङ्गलादेशमा आगामी एक वर्षभित्र निर्वाचन हुने सोमबार अन्तरिम नेतृत्वले जनाएको छ । बङ्गलादेशमा अगष्टमा विद्यार्थी आन्दोलनले तत्कालिन प्रधानमन्त्री शेख हसिना वाजेदलाई अपदस्थ गरी बनेको कामचलाउ सरकारको नेतृत्व गरिरहेका अन्तरिम नेता मोहम्मद युनुसले आगामी वर्षको अन्त्य वा सन् २०२६ को सुरुमा आम निर्वाचन हुने बताउनुभएको हो ।
पाकिस्तानी नागरिकको ज्यान गएपछि कारबाही थाल्न ‘एफआईए’ लाई निर्देशन
डुङ्गाबाट अवैध रूपमा युरोप प्रवेश गर्ने प्रयासमा पाकिस्तानी नागरिकको ज्यान गएपछि पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नक्वीले आइतबार सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए) लाई कारबाही थाल्न निर्देशन दिनुभएको छ ।
असदको पतनपछि सात हजार ६ सय सिरियाली टर्की सीमा हुँदै स्वदेश फिर्ता
सिरियाका शक्तिशाली राष्ट्रपति बशर अल–असदको पतन भएको पाँच दिनमा सात हजार छ सयभन्दा बढी सिरियाली आप्रवासीले टर्कीको सीमा पार गरेर घर फर्किएको टर्कीका गृहमन्त्रीले आइतबार बताउनुभएको छ ।
इजरायली आक्रमणबाट टेन्टमा शरण लिएका पनि मारिए
प्यालेस्टिनी क्षेत्रमा रातभर भएको इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार बताएको छ । मृतकमध्ये चार जना विस्थापित व्यक्ति थिए । उनीहरूले टेन्टमा शरण लिएका थिए ।
अफगानिस्तानमा कोइला खानी भत्किँदा ३२ जना फसे
अफगानिस्तानको उत्तरी भेगमा एक कोइला खानी भत्किँदा ३२ खानी मजदुर फसेको एक प्रादेशिक अधिकारीले आइतबार बताएका छन्।
जापानको प्रगतिका लागि आप्रवासनको आवश्यकता
जापानको सबैभन्दा प्रसिद्ध स्न्याक ब्रान्डमध्ये एकका प्रमुख (भारतीय मूलका जापानी)ले देशले आफ्नो मानसिकता परिवर्तन गर्नुपर्ने र अर्थतन्त्रलाई फस्टाउने वर्षहरूको महिमामा फर्काउन थप आप्रवासीहरूलाई स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।
बङ्गलादेशको बहुचर्चित सशस्त्र प्रहरी एकाइ भङ्ग गर्न सिफारिस
अपदस्थ नेत्री शेख हसिनाको शासनकालमा भएको दुर्व्यवहारको छानबिन गरिरहेको बङ्गलादेशको एक आयोगले बहुचर्चित सशस्त्र प्रहरी एकाइ भङ्ग गर्न सिफारिस गरेको छ ।
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
बुर्किना फासोको सीमा नजिकै पश्चिमी नाइजरमा हालैका दिनमा भएका दुई आक्रमणमा परी ३९ जनाको मृत्यु भएको नियामीको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत डेभिन नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गर्नुभएको छ ।