टर्की, माघ ९ गते । उत्तरपश्चिमी बोलु प्रान्तमा रहेको टर्कीको कार्तलकाया स्की रिसोर्टमा भएको विनाशकारी आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ ।
घटनासँग सम्बन्धित नौ जनालाई हिरासतमा लिइएको गृहमन्त्री अली येर्लिकायाले बताउनुभयो । घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दा येर्लिकायाले घटनास्थलमा खोज र उद्धार कार्य पूरा भएको पुष्टि गर्नुभयो ।
मङ्गलबार बिहान लागेको आगो १२ तले काठको होटलमा द्रुत गतिमा फैलिएको थियो । चौथो तल्लामा रहेको रेस्टुरेण्ट क्षेत्रमा आगो लागेको थियो । व्यस्त बिदाको मौसममा होटलमा २३८ जना पाहुना बसिरहेका थिए ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार राष्ट्रिय शोक दिवसको घोषणा गर्नुभयो । व्यस्त बिदाको मौसममा होटलमा २३८ जना पाहुनालाई राखिएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल