• ९ माघ २०८१, बुधबार

टर्कीको होटलमा आगलागीमा १० जनाको मृत्यु, ३२ घाइते

blog

 इस्तानबुल, माघ ८ गते । टर्कीको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको आगलागीबाट कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएको आन्तरिक मन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । 

गभर्नर अब्दुलअजीज आयडिनले स्थानीय समय अनुसार बिहान ३ः३० बजे एउटा होटेलमा आगलागी भएको र दुई जनाको भवनबाट हाम फालेर मृत्यु भएको बताउनुभयो । एनटिभी प्रसारकका अनुसार आगलागीको कारण खुल्न सकेको छैन ।

आगलागीको सूचना पाएपछि नगर केन्द्रले दमकल, खोज तथा उद्धार टोली र मेडिकल टोली पठाइएको थियो ।

विद्यालयहरूमा सेमेस्टर बिदा भएकाले यस क्षेत्रका होटलहरूमा विशेष भीड थियो । रासस, सिन्ह्वा