अमेरिकाको दक्षिण कोरियासँगको गठबन्धन क्षेत्रीय शान्तिका लागि ‘महत्वपूर्ण’: बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री हान डक सोसँग शनिबार भएको टेलिफोन वार्तामा दक्षिण कोरियासँगको अमेरिकी सम्बन्ध मजबुत रहेको र यो क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।
थाइल्यान्डको ताक प्रान्तमा बम विस्फाेट : तीनको मृत्यु, ४८ घाइते
थाइल्यान्डको उत्तरी ताक प्रान्तमा एक वार्षिक उत्सवमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ४८ जना घाइते भएका छन् । बम विस्फोटमा संलग्न दुई संदिग्धलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन निलम्बित
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई त्यहाँको संसद्ले महाअभियोग लगाएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
दक्षिण कोरियाका संसदले शनिबार राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव शनिबार पारित गरेको छ । महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले ‘जनताको विजय’ भएको घोषणा गरेका छन् ।
जापानले मध्यम आकारका कम्पनीहरुका महिला सहभागीता अनुपात वृद्धि गर्ने
जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले एक सय भन्दा बढी कर्मचारीहरु भएका कम्पनीहरुलाई व्यवस्थापन पदहरुमा महिलाहरुको अनुपात खुलाउन आवश्यक पर्ने विचार गरिरहेको छ ।
फिलिपिन्सको राजधानीमा आगलागी हुँदा पाँच जनाको मृत्यु
फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको मृत्यु भएको फिलिपिन्सको अग्नि सुरक्षा ब्यूरोले जनाएको छ ।
अमेरिकी विदेशमन्त्री र इराकी प्रधानमन्त्रीबिच भेट
मध्य पूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार बगदादमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीसँग भेट गर्नुभएको छ । विदेशमन्त्रीले इराकको सुरक्षा, स्थिरता र सार्वभौमसत्ताप्रति अमेरिकाको प्रतिबद्धतालाई जोड दिनुभयो ।
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले सात वर्षको निलम्बन पछि संयुक्त राज्य अमेरिकामा उडानहरू सुचारु गर्ने छ । यो देशको उड्डयन क्षेत्रका लागि महत्त्वपूर्ण विकास भएको एआरवाई न्यूजले जनाएको छ ।
थाइल्याण्डको ताक प्रान्तमा बम विस्फोट : तीन जनाको मृत्यु, ३९ घाइते
थाइल्याण्डको ताक प्रान्तमा वार्षिक उत्सवको क्रममा बम विस्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३९ जना घाइते भएका छन् ।
अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा
अत्यधिक चिकित्सा खर्चले अफ्रिकाका १५ करोडभन्दा बढी मानिसलाई गरिबीमा धकेल्दै गुणस्तरीय र उत्पादनशील जीवनलाई वञ्चित गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
इजरायली हवाई आक्रमणमा गाजामा ३८ प्यालेस्टाइनी मारिए
काठमाडौँ, मङ्सिर २९ गते । गाजापट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमणमा ३८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी चिकित्सा र सुरक्षा स्रोतहरूले बताएका छन् । गाजा सहरको अल–जला सडकमा रहेको एक आवासीय भवनमा इजरायली हवाई आक्रमणमा बालबालिका र महिलासहित १० जनाको मृत्यु भएको गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले बताउनु भयो । मध्य गाजाको अल–नुसेरात शरणार्थी शिविरमा, विस्थापित मानिसहरूको लागि एउटा घरमा इजरायली हवाई आक्रमणमा १५ प्यालेस्टाइनीहरू मारिएका छन् । प्यालेस्टाइनी सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताए कि इजरायली युद्धक विमानहरूले अल–नुसेरातको पश्चिममा कम्तिमा एउटा क्षेप्यास्त्र प्रहार गरी एक घरलाई निशाना बनाएका थिए । इजरायली सेनाले यी आक्रमणहरूबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४४ हजार ८३५ पुगेको छ । सिन्ह्वाको सहयोगमा
भारतीय अभिनेता ‘अल्लु अर्जुन’ पक्राउ
भारतीय अभिनेता अल्लु अर्जुनलाई शुक्रबार पक्राउ गरिएको छ । चलचित्रको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका समय भएको भागदौडमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अडानी बन्दरगाह परियोजना जारी रहने श्रीलङ्काको भनाइ
श्रीलङ्कामा भारतीय अडानी समूहको बन्दरगाह परियोजना यसका संस्थापकविरुद्ध अमेरिकी आरोप र यसको वित्तपोषणमा अचानक परिवर्तनको बावजुद अगाडि बढ्ने श्रीलङ्काले बताएको छ ।
चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे ‘गहिरो चिन्ता’ व्यक्त
बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यीले आफ्ना इजिप्टका समकक्षीसँग सिरियाको अवस्थाबारे चीनसँग ‘गहिरो चासो’ व्यक्त गर्नुभएको छ । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटी र वाङले बेइजिङको दियाओयुताई स्टेट गेस्टहाउसमा संयुक्त पत्रकार सम्मेलन गरी ‘रणनीतिक वार्ता’का लागि दुई दिने भ्रमण सम्पन्न गरेका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीलगायत नेताद्वारा सन् २००१ को संसद् आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त
भारतीय प्रधानमन्त्री मोदी लगायत नेताद्वारा सन् २००१ को संसद् आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
भारतको अस्पतालमा आगलागी : छ जनाको मृत्यु
दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
म्याक्रोन र टस्कबिच युक्रेनमा विदेशी शान्तिसैनिकको विचारबारे छलफल
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले बिहीबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग युद्धविराम भएको अवस्थामा युक्रेनमा विदेशी सैनिकहरू राख्ने सम्भावनाबारे छलफल गरेको तर वार्साले हाल त्यस्ता कुनै कार्यको योजना नबनाएको बताउनुभएको छ ।
डोनाल्ड ट्रम्प ‘पर्सन अफ द इयर’ घोषणा
टाइम म्यागजिनले बिहीबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ‘पर्सन अफ द इयर’ घोषित गरेको छ । यसले उहाँको आश्चर्यजनक राजनीतिक पुनरागमनलाई स्वीकार गरेको छ ।
बुल्गेरिया, रोमानियालाई सेन्जेन क्षेत्रको पूर्ण सदस्यको मान्यता
युरोपेली सङ्घ (ईयू)का सदस्य राष्ट्रहरूले बुल्गेरिया र रोमानियालाई अर्को वर्षको सुरुदेखि सीमारहित सेन्जेन क्षेत्रको पूर्ण सदस्य बन्न स्वीकृति दिएका छन् ।
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
भारतीय सेनाले बिहीबार सात जना माओवादी विद्रोहीलाई गोली हानेर मारेको छ । सेनाले छत्तीसगढ राज्यको बस्तर क्षेत्रको दुर्गम जङ्गलमा भएको झडपमा उनीहरूको मृत्यु भएको जनाएको छ ।
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानको युद्धग्रस्त डार्फर क्षेत्रमा हालै भएका आक्रमणमा दर्जनौँ व्यक्तिको मृत्यु हुनुका साथै कैयौँ घाइते भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
म्यानमारमा ‘कू’ पछि अफिम उत्पादनमा कमी
म्यानमारमा सन् २०२१ मा भएको सैन्य विद्रोह (कू) पछि पहिलो पटक अफिम उत्पादनमा कमी आएको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ । म्यानमारको दुर्गम सीमावर्ती क्षेत्रमा लामो समयदेखि अफिम खेती फस्टाउँदै आएको थियो ।
अमेरिकी सैन्य अखडामा ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ
क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिकमाथि अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले बुधबार जनाएको छ ।
अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा
अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले इस्लामिक स्टेट (आइएस) समूहले गरेको आक्रमणको निन्दा गरेको छ । राजधानी काबुलस्थित गृह मन्त्रालयको कार्यालयमा बुधबार अपराह्न भएको आत्मघाती बम विस्फोटमा परी शरणार्थी तथा स्वदेश फिर्तीमन्त्री खलील योर रहमान हक्कानीको मृत्यु भएको थियो ।