• ७ माघ २०८१, सोमबार

गाजा युद्धविराम : तीन इजरायली बन्धकको परिवारसँग पुनर्मिलन

blog

गाजा पट्टी, माघ ७ गते । आइतबारदेखि लागू भएको युद्धविराम सम्झौताअन्तर्गत गाजा पट्टीबाट रिहा गरिएका पहिलो तीन इजरायली बन्धक इजरायल फर्किएका छन् ।

उनीहरुले आफ्ना परिवारसँग पुनर्मिलन गरेका छन् । यसैबिच गाजावासीहरू १५ महिनाभन्दा बढीको घातक इजरायली हमलाको अन्त्यको खुशीयालीमा छन् ।

गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार युद्धविरामले ४६ हजार नौ सयभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिने इजरायली आक्रमणको अन्त्य भएको छ । घातक लडाइँले गाजाको धेरैजसो भागलाई पनि ध्वस्त पारेको छ ।

गाजापट्टीमा व्यापक भोकमरी र रोगहरू निम्त्याएको छ । रिहा गरिएका तीन महिलामा २८ वर्षीया ब्रिटिश–इजरायली एमिली दमारी र ३० वर्षीया रोमानियाली–इजरायली पशु चिकित्सा नर्स डोरोन स्टेनब्रेचर छन् । जसलाई उत्तरी गाजा बाहिर किबुट्ज कफर अजाबाट अपहरण गरिएको थियो । २३ वर्षीया रोमी गोनेन, जसलाई नोभा सङ्गीत महोत्सवबाट लगिएको थियो ।

गाजामा अझै पनि रहेका ९८ बन्धकहरूमध्ये आधा जीवित छन् । यद्यपि हमासले पुष्टि गरेको छैन । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल