• ७ वैशाख २०८२, आइतबार

गाजा छोड्दै बिरामी र घाइते प्यालेस्टिनी

blog

गाजापट्टी, माघ २१ गते । बिरामी र घाइते प्यालेस्टिनीहरूको एउटा समूह गाजापट्टीबाट रफाह क्रसिङतर्फ हुँदै विदेशमा उपचारका लागि हिँडेका छन् । जुन आठ महिनामा पहिलो घटना हो ।

प्यालेस्टिनी स्रोतका अनुसार उनीहरू गाजा शहरको अल–शिफा अस्पताल र दक्षिणी गाजाको खान युनिसको नासेर मेडिकल कम्प्लेक्समा बसहरूद्वारा सीमा क्रसमा लगिनुअघि आइपुगेका थिए ।

गाजाका अस्पतालका महानिर्देशक मोहम्मद जाकौतले बताएअनुसार गाजा छोड्ने तालिकामा रहेका ५० जनाको सूची शुक्रबार सम्बन्धित अधिकारीहरूलाई बुझाइएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधिहरू बिरामीहरूलाई स्वागत गर्न अस्पतालमा पुगेका थिए ।

इजरायल र हमासबिचको १५ महिनाको क्रूर युद्धका कारण गाजाका अस्पताल र स्वास्थ्य केन्द्रहरूले ठुलो कठिनाइको सामना गरिरहेका छन् । जसमा चिकित्सा आपूर्तिको अभाव र तिनीहरूका सुविधाहरूको विनाश समावेश छ ।

डब्ल्युएचओले गाजाबाट तत्काल चिकित्सा निकासी पुनः सुरु गर्न आह्वान गरेको छ । हाल १५ हजार मानिसलाई पट्टी बाहिर उपचारको आवश्यकता छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल