चीनमा बालबालिका अपहरण र बेचबिखन गरेको अभियोगमा मृत्युदण्ड
चीनमा १७ जना बालबालिकाको अपहरण तथा बेचबिखन गरेको अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको छ ।
मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गर्नुभएको छ । साथै उहाँले ‘अस्वीकार्य’ लागूपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोमाथि आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने बताउनुभएको छ ।
ट्रम्पले इयुका कार र अन्य उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने
काठमाडौँ, फागुन १६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली सङ्घ (इयु) बाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको बताउनुभएको छ । चाँडै यसको घोषणा हुने उहाँको भनाइ छ । कारसहित अन्य सबै कुरामा २५ प्रतिशत कर लगाउने बताउनुभयो । अमेरिकाको युरोपेली सङ्घसँग करिब ३ सय अर्ब डलरको घाटा रहेको बताउनुभयो । अमेरिकासँग उनीहरूले फरक तरिकाले फाइदा उठाएको भन्दै इयुले आफ्ना उत्पादनहरू स्वीकार नगरेको आरोप लगाउनु भयो । इयुले मूलतः कृषि उत्पादनहरू स्वीकार नगर्ने उहाँको भनाइ छ ।सिन्ह्वाको सहयोगमा
अस्ट्रियामा कन्जर्भेटिभ नेतृत्वको गठबन्धनल सरकार बनाउने
अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टी (ओइभिपी) ले बिहीबार दुई मध्यमार्गी दलसँग मिलेर सरकारको गठबन्धनको घोषणा गरेको छ । फ्रिडम पार्टी (एफपिओई) ले चुनावमा २९ प्रतिशतको हाराहारीमा विजय हासिल गरेपछि महिनौँ लामो वार्तालाई यो सम्झौताले टुङ्गोमा पुर्याएको छ ।
चीनद्वारा दुई नयाँ उपग्रह प्रक्षेपण
चीनले बिहीबार लङ मार्च-२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुई वटा भू-उपग्रहलाई अन्तरिक्षमा पुर्याएको छ । लङ मार्च-२ सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण वाहन हो ।
युद्धविरामको अर्को चरणका लागि वार्ता सुरु गर्न हमासको इजरायलसँग आग्रह
हमासले इजरायलसँग गाजा युद्धविरामको अर्को चरणका लागि वार्तामा प्रवेश गर्न बिहीबार आह्वान गरेको छ । जनवरी १९ मा लागु भएको र गाजामा युद्ध धेरै हदसम्म रोक्न सफल पहिलो चरणको सहमतिअन्तर्गत बुधबार राति र बिहीबार बिहान गरिएको इजरायली मृत बन्धक र प्यालेस्टिनी बन्दीको अदलाबदलीपछि हमासले युत्रविरामको दोस्रो चरणमा प्रवेश गर्न माग गरेको हो ।
मरिसस र ला रेयुनियन खतरनाक चक्रवातका लागि उच्च सतर्कतामा
हिन्द महासागरका द्वीपहरू मरिसस र ला रेयुनियन बिहीबार एक तीव्र उष्णकटिबन्धीय आँधी, चक्रवात गारान्सका लागि उच्च सतर्कतामा थिए । यसलाई पर्यटकीय गन्तव्यहरूका लागि ‘प्रत्यक्ष खतरा’ भनिएको थियो ।
भारतमा एक पटकमा एक बियरमार्फत परिवर्तन ल्याउँदै महिलाहरू
भारतको बढ्दो क्राफ्ट बियर दृश्यको अंशका रूपमा वर्षा भाट दुई तरिकाले दुर्लभ हुनुहुन्छ : पहिलो मदिरा बनाउने महिलाका रूपमा र दोस्रो मदिरा पिउने महिलाका रूपमा ।
इयूको उदय अमेरिकालाई ‘मजबुत बनाउन’ भएको ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो क्याबिनेट बैठकमा युरोपेली सङ्घ (इयू) को जन्म अमेरिकालाई ‘मजबुत बनाउन’का लागि भएको बताउनुभएको छ ।
जापानमा बस्तीमा डढेलो प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति
उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी भवनमा क्षति पुगेको छ भने सयौं बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
‘उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धलाई समर्थन गर्न रुसमा थप सेना पठाएको देखिन्छ’
दक्षिण कोरियाको जासुसी एजेन्सीले बुधबार उत्तर कोरियाले रुस–युक्रेन मोर्चामा तैनाथ आफ्ना सैनिकहरूको ठुलो क्षति भएपछि रुसमा थप सेना पठाएको देखिन्छ भनी बताएको छ ।
उत्तर कोरियाले एक अर्ब ५० करोड डलरको क्रिप्टोकरेन्सी चोरी गरेको एफबिआईको भनाइ
अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) ले उत्तर कोरियामाथि गत हप्ता एक अर्ब ५० करोड डलरको डिजिटल सम्पत्ति चोरी गरेको आरोप लगाएको छ । यो इतिहासमा सबैभन्दा ठुलो क्रिप्टो चोरी हो ।
रुस र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा भेट्ने
दुई मुलुकबिचको सम्बन्धमा सुधार भइरहेको सम्बन्धमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभले रुसी र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा आफ्ना दूतावासहरूसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न भेट गर्ने बताउनुभएको छ ।
‘नेपाल–भारतबिच सम्बन्ध थप सुदृढ गर्न र साझा अवसरहरूको लाभ लिन आवश्यक’
प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले नेपाल-भारतसम्बन्ध सुदृढ गर्न र साझा अवसरको लाभ लिन सहकार्यको आवश्यकता रहने बताउनुभएको छ ।
ट्रम्पद्वारा मस्कसहित समावेश गरिएको पहिलो बैठकको आह्वान
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार ग्रहण गरेपछि आफ्नो कार्यसूचीलाई अघि बढाउने प्रयासस्वरुप बुधबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । अर्बपति समर्थक तथा सल्लाहकार एलन मस्क बैठकमा उपस्थित हुने सरकारी अधिकारीमध्ये मध्ये एक हुनुहुनेछ ।
ब्राजिलका पूर्व राष्ट्रपति रुसेफ अस्पताल भर्ना
ब्राजिलकी पूर्व राष्ट्रपति डिल्मा रुसेफलाई कानमा समस्या देखिएपछि साङ्घाईस्थित एक अस्पतालमा भर्ना गरिएको छ । ब्रिक्ससमूहले विकासोन्मुख अर्थतन्त्रका लागि स्थापना गरेको बैङ्कको नेतृत्व गरिरहेकी ७७ वर्षीया अर्थशास्त्री रूसेफको उपचारपछि समस्यामा सुधार भइरहेको केही दिनभित्रै डिस्चार्ज गरिने उहाँको उपचारमा संलग्न चिकित्सकको टोलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकाले ‘गोल्ड कार्ड’ भिसा ५० लाख डलरमा बेच्ने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ आवासीय अनुमति ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गर्नुभएको छ ।
सुडानमा सैनिक विमान दुर्घटना : कम्तीमा ४६ जनाको मृत्यु
सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको एक आवासीय क्षेत्रमा एउटा सैन्य यातायातको विमान मङ्गलबार दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले बुधबार जनाएको छ । उक्त घटनामा कम्तीमा १० जना घाइते भएको जनाइएको छ ।
कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः सुरु
इजरायलले गत हप्ता चार जना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६०० कैदीबन्दीको रिहा गर्न सहमत भएको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
एक दशकपछि दक्षिण कोरियाको जन्मदरमा वृद्धि
दक्षिण कोरियाको जन्मदर एक दशकपछि गत वर्ष पहिलो पटक बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । दक्षिण कोरिया विश्वको सबैभन्दा धेरै औसत आयु र सबैभन्दा कम जन्म दरमध्ये भएको देशमध्ये एक हो ।
थाइल्याण्डमा बस दुर्घटना, १८ जनाको मृत्यु
थाइल्याण्डको बैङ्ककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजधानी बैङ्ककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये दुर्घटना भएको बस एउटा थियो ।
अफगानिस्तानमा असिना र वर्षाका कारण २९ जनाको मृत्यु
अफगानिस्तानका दुई प्रान्तमा असिना र भारी वर्षाका कारण २९ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको मतदानपछि क्रेमलिनद्वारा युक्रेनमा ‘सन्तुलित’ अमेरिकी स्थितिको प्रशंसा
युक्रेन विरुद्धको मस्कोको अभियानको निन्दा हुनबाट बच्न संयुक्त राष्ट्रसङ्घमा अमेरिकाले रुससँग मतदान गरेपछि क्रेमलिनले मङ्गलबार वासिङ्टनको ‘सन्तुलित स्थिति’ को प्रशंसा गरेको छ ।
दक्षिण कोरियाका राष्ट्रपति युनविरूद्धको महाभियोगको अन्तिम सुनुवाइ सुरु
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोगको अन्तिम सुनुवाइ मङ्गलबार भएको छ । न्यायाधीशहरूले उहाँलाई औपचारिक रूपमा पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय लिनका लागि महाभियोगको अन्तिम सुनुवाइ सुरु भएको हो ।