‘ट्रम्पको दबाबको बावजुद व्याजदर स्थिर रहन सक्ने’
लगातार तीन पटक ब्याजदर कटौतीपछि अमेरिकी फेडरल रिजर्भले परिवर्तन नभएसम्मका लागि दर समायोजन नगर्ने सङ्केत गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बावजुद फेडको यो धारणा सार्वजनिक भएको हो ।
बङ्गलादेशको अवामी लिगद्वारा आमहड्ताल र नाकाबन्दीको आह्वान
बङ्गलादेशको अवामी लिगले शेख हसिनाविरुद्ध लगाइएका ‘झुटा मुद्दा’ र देशमा धार्मिक अल्पसङ्ख्यकमाथि भइरहेको उत्पीडनको विरोधमा आमहडताल र राष्ट्रव्यापी नाकाबन्दीलगायत राजनीतिक कार्यक्रमको घोषणा गरेको छ ।
ट्रम्प प्रशासनद्वारा सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको प्रस्ताव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मङ्गलबार आठ महिनाको रोजगारी छोड्ने सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको व्यवस्था गर्ने अवसर दिएको छ । कर्मचारीलाई पठाएको इमेलमा उक्त प्याकेजको घोषणा गरिएको छ ।
दक्षिण कोरियाली विमानमा आगलागी, १७६ जनाको सकुशल उद्धार
दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् ।
एसियामा करोडौँ मानिसले सर्पको वर्ष मनाउँदै
एसियाभरका करोडौँ मानिसले बुधबार आफ्ना परिवारसँग चन्द्र नयाँ वर्ष मनाउँदै ड्रागनको वर्षलाई बिदाइ गरी सर्पको वर्षको स्वागत गरेका छन् ।
ए–बमको ८०औँ वार्षिकोत्सव मनाउन ट्रम्पलाई जापान भ्रमणको निमन्त्रणा
हिरोसिमा र नागासाकीका मेयरहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो विश्वयुद्धको आणविक बम विष्फोटको ८०औँ वार्षिकोत्सव मनाउन यस वर्ष भ्रमण गर्न आमन्त्रित गरेको अधिकारीहरूले बुधबार बताएका छन् ।
भारतमा महा कुम्भ भागदौडमा १५ जनाको मृत्यु
भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको र धेरै घाइते भएको कुम्भ मेला महोत्सवका एक चिकित्सकले बुधबार बताएका छन् ।
इजरायली आक्रमण : लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते
लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको जनाएको छ ।
श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
मुलुकले आफ्नो सबैभन्दा खराब आर्थिक मन्दीबाट बाहिर निस्कने थप सङ्केतहरू देखाएपछि श्रीलङ्काले मङ्गलबार सवारी साधन आयातमा लगाइएको पाँच वर्षको प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।
अमेरिकाका लागि ‘आइरन डोम’ मिसाइल सुरक्षा प्रणालीको योजना बनाउन ट्रम्पको आदेश
राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार संयुक्त राज्य अमेरिकाका लागि इजरायलले हजारौँ रकेट रोक्न प्रयोग गरेको जस्तै ‘आइरन डोम’ वायु सुरक्षा प्रणालीको योजना सुरु गर्न कार्यकारी आदेश जारी गर्नुभएको छ ।
बङ्गलादेशले हसिना शासनका गल्ती दोहोर्याउने खतरा
पत्रकारहरू विरुद्धको प्रतिशोध र जथाभावी गिरफ्तारीले पदच्यूत प्रधानमन्त्री शेख हसिनाको शासनकालमा देखिएका कानुनी दुरुपयोगहरू अन्त्य गर्ने बङ्गलादेशको एक पुस्तामा एकपटक आउने अवसरलाई कमजोर पार्ने खतरा रहेको ह्युमन राइट्स वाच (एचआरडब्लु) ले मङ्गलबार चेतावनी दिएको छ ।
पाकिस्तानमा गलत सूचना फैलाउनेलाई तीन वर्षको जेल सजाय
पाकिस्तानले मङ्गलबार अनलाइन दुष्प्रचारलाई अपराधीकरण गर्दै तीन वर्षसम्मको कारावास सजायको व्यवस्था गरेको कानुन पारित गरेको छ । यो निर्णयलाई पत्रकारहरूले असहमतिमाथि कारबाही गर्न डिजाइन गरिएको बताएका छन् ।
डीपसीक र गोपनीयताबारे ‘धेरै सावधान’ रहनू : अस्ट्रेलिया
अस्ट्रेलियाका विज्ञानमन्त्री एड हुसिकले मङ्गलबार चीनको चर्चित एआई च्याटबट डीपसीकबारे गोपनीयताको चिन्ता व्यक्त गर्दै प्रयोगकर्ताहरूलाई यसलाई डाउनलोड गर्नुअघि राम्रोसँग सोच्न आग्रह गर्नुभएको छ ।
भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा पाँच जनाको मृत्यु
उत्तरी भारतमा मङ्गलबार धार्मिक जमघटका क्रममा काठको प्लेटफर्म भत्किँदा कम्तीमा पाँच भक्तजनको मृत्यु भएको र ४० जना घाइते भएको एक अधिकारीले बताएका छन् ।
टिकटक अधिग्रहण गर्न माइक्रोसफ्ट वार्तामा रहेको ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार माइक्रोसफ्ट टिकटक अधिग्रहणको वार्तामा रहेको बताउनुभएको छ । यद्यपि अमेरिकामा यस एपको भविष्य अनिश्चित रहेको छ ।
गाजाका बासिन्दालाई इजिप्ट र जोर्डनमा बसाइँ सार्ने इच्छा दोहोर्याउँदै ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गाजाका प्यालेस्टिनीहरूलाई इजिप्ट वा जोर्डन जस्ता ‘सुरक्षित’ स्थानहरूमा सार्ने आफ्नो इच्छा दोहोर्याउँनुभएको छ । साथै उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वासिङ्टनमा ‘चाँडै नै’ भेट गर्ने बताउनुभएको छ ।
नाइजेरियामा भिडन्त हुँदा २२ सैनिकको मृत्यु
नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोको दुर्गम सहरमा सशस्त्र विद्रोहीहरूले गरेको आक्रमणमा कम्तीमा २२ नाइजेरियाली सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको सेनाले जनाएको छ ।
भारतको महाराष्ट्रमा‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
पश्चिम भारतको महाराष्ट्र राज्यमा गुइलेन–ब्यारे सिन्ड्रोम (जीबीएस) बाट पीडित एक व्यक्तिको मृत्यु भएको छ ।
समुद्री मार्गपछि सिधा हवाई उडान सुरु गर्ने योजना बनाउँदै बङ्गलादेश र पाकिस्तान
बङ्गलादेश र पाकिस्तानले आफ्नो द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न कदम चालेका छन् । दुवै देशले सिधा समुद्री सेवा सुरु गरेपछि सिधा उडानहरू पुनः सुरु गर्ने दिशामा काम गरिरहेका छन् ।
नासाका अन्तरिक्ष यात्रीद्वारा आइएसएसबाट महाकुम्भ मेलाका भव्य तस्विर साझा
नासाका अन्तरिक्ष यात्री डोनाल्ड पेटिटले हालै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट खिचिएका २०२५ को महा कुम्भ मेलाको मनमोहक तस्बिरहरू साझा गर्नुभएको छ ।
इजरायल र हमास : थप छ बन्धक रिहाइ गर्ने सहमति
इजरायल र हमासले थप छ जना बन्धकलाई रिहा गर्ने सम्झौता भएको छ ।बन्धक र कैदी आदानप्रदानका लागि थप कूटनीतिक वार्तापछि प्यालेस्टिनीहरू सोमबारदेखि युद्धग्रस्त गाजापट्टीको उत्तरी क्षेत्रमा फर्किन थालेका छन् ।
जापानको ओसाकाद्वारा सडकमा धूमपान गर्न प्रतिबन्ध
यस वर्षको विश्व एक्सपोअघि थप आगन्तुक–मैत्री बन्ने प्रयासको एक हिस्साका रूपमा जापानी सहर ओसाकाले सोमबार सार्वजनिक सडकहरूमा धूमपानमा प्रतिबन्ध लगाएको छ ।
ट्रम्पको धम्कीपछि निर्वासित नागरिकलाई स्वीकार गर्न कोलम्बिया सहमत
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामूहिक निर्वासन योजनाको अवज्ञालाई सजाय दिन पीडादायी शुल्क लगाउने धम्की दिएको केही घण्टापछि कोलम्बिया आइतबार अमेरिकी सैन्य विमानमा पठाइएको निर्वासित नागरिकहरूलाई स्वीकार गर्न सहमत भएको छ ।
कोरियाली राष्ट्रपतिमाथि ‘विद्रोहको नेतृत्वकर्ता’ मा अभियोजन
दक्षिण कोरियाली अभियोजकहरूले महाभियोग लगाइएका राष्ट्रपति युन सुक योलको मार्सल लको असफल घोषणापछि उहाँमाथि आइतबार ‘विद्रोहको मुख्य नेता’ का रूपमा अभियोजन गरेका छन् र निलम्बित नेतालाई हिरासतमा रहन आदेश दिएका छन् ।