सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह्वान गरेको छ ।
अवैध बालुवा उत्खननबाट २० हजार भियतनामी विस्थापित
भियतनामको प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रण विभागका अनुसार अवैध बालुवा उत्खनन जोखिमका कारण लगभग २० हजार घरपरिवारलाई पुनर्वास गर्न आवश्यक रहेको जनाएको छ ।
इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु
गाजा पट्टीका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा परी सोमबार दस जना प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य केही घाइते भएको जनाइएको छ ।
लेबनानमा इजरायली हवाई आक्रमण : ६ जनाको मृत्यु, २८ घाइते
लेबनानका स्वास्थ्य अधिकारीहरूका अनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, १५ घाइते
संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।
इजरायली सेनाद्वारा दक्षिणी लेबनानमा आक्रमण
लेबनानको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले शनिबार दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको बताएको छ । उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि सीमापार तनाव बढेको हो ।
सुडानी सेनाद्वारा मध्य खार्तुममा थप रणनीतिक स्थल कब्जा
सुडानी सशस्त्र बलले शनिबार राजधानी खार्तुममा नयाँ रणनीतिक स्थलहरू नियन्त्रणमा लिएको घोषणा गरेको छ । मध्य खार्तुममा रहेका सेनाहरूले मिलिशियालाई दबाब दिइरहेको सुडानी सेनाका प्रवक्ता नाबिल अब्दल्लाले बताउनुभयो ।
जापान, चीन र दक्षिण कोरिया शान्ति र सहयोग प्रवद्र्धन गर्न सहमत
दक्षिण कोरिया र चीनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्नु साझा जिम्मेवारी भएको तीन देशका शीर्ष कूटनीतिज्ञको बैठकमा शनिबार सहमति भएको छ ।
इरानको विश्वास जित्ने प्रयास गर्दै अमेरिका
मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले अमेरिकी राष्ट्रपतिले तेहरानसँग विश्वास कायम गरेर इरानसँगको सशस्त्र द्वन्द्व अन्त्य गर्न खोजेको बताउनुभएको छ ।
भावी पुस्ताका लागि पानीको रक्षा गरौँ : प्रधानमन्त्री मोदी
प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जल दिवसको अवसरमा पानी संरक्षण र दिगो विकास प्रवद्र्धन गर्ने भारतको प्रतिबद्धतालाई दोहोरÞ्याउनु भएको छ ।
आगलागीपछि अवरूद्ध हिथ्रो विमानस्थल पूर्णरुपमा सञ्चालित
युरोपको अति व्यस्तमध्येको हिथ्रो विमानस्थल ’पूर्ण रुपमा सञ्चालनमा’ आएको विमानस्थल प्रशासनले बताएको छ ।
पाकिस्तानमा तालिबानद्वारा पाँच प्रहरी अधिकारीको हत्या
पाकिस्तानी तालिबानले देशको उत्तरपश्चिममा शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा पाँच प्रहरी अधिकारीको हत्या गर्नुका साथै अन्य छ जनालाई घाइते बनाएको प्रहरीले शुक्रबार जनाएको छ ।
अमेरिकाका सर्वाधिक अग्ला मानिसको निधन
अमेरिकाका सर्वाधिक अग्ला मानिसको निधन भएको छ । नर्थ क्यारोलिनाको डुराममा परिवारसँग बसोबास गर्र्दै आउनुभएका जर्ज वेलको ६७ वर्षको उमेरमा बिहीवार निधन भएको हो । परिवार र आफन्तहरुको साथमा नै उहाँको निधन भएको समाचारपत्रमा जनाइएको छ ।
रुसी सुरक्षा प्रमुखको भ्रमणअघि उत्तर कोरियाद्वारा नयाँ हतियारको परीक्षण
रुसका सुरक्षा प्रमुख नेता किम जोङ उनसँग वार्ताका लागि प्योङयाङ आइपुगेपछि उत्तर कोरियाले शुक्रबार नयाँ हतियार प्रणालीको परीक्षण गरेको बताएको छ । यसले उसको लडाकू तत्परतालाई बढाउनेछ ।
युक्रेनबारे ‘गठबन्धन’ शिखर सम्मेलनको घोषणा
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले रुससँगको युद्धमा सम्भावित युद्धविरामको योजनालाई अन्तिम रूप दिन युक्रेन समर्थकहरूको गठबन्धनका नेताहरूको अर्को हप्ता पेरिसमा पुनः बैठक हुने बताउनुभएको छ ।
इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह
दक्षिण–मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म तीन पटक विस्फोट भएको छ । विस्फोटले आठ हजार मिटर अग्लो खरानी स्तम्भ पठाउँदै अधिकारीहरूलाई ज्वालामुखी वरपरको खतराको क्षेत्र विस्तार गर्न प्रेरित गरेको थियो ।
जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै
ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको भण्डार भएको घर हो र यसको धेरै भाग अमेजनमा छ । तर शुक्रबार एक प्रतिवेदनले जलवायु परिवर्तन र वनबाट कृषिमा भूमि रूपान्तरणले प्रभाव पार्दै गर्दा प्राकृतिक सतहको पानी गुमाउँदै गरेको बताएको छ ।
आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द
युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल शुक्रबार बिहानै लन्डनको पश्चिममा रहेको सुविधामा बिजुली आपूर्ति गर्ने छिमेकी विद्युतीय सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रबार बिहान बन्द गरिएको अधिकारीहरूले बताएका छन् ।
रुस र अमेरिकाले सोमबार साउदी अरबमा वार्ता गर्ने
रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले बिहीबार युक्रेनका बारेमा रसिया–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने बताउनु भएको छ ।
भारतीय सेनासँगको झडपमा २२ नक्सलवादी विद्रोही मारिए, एक सैनिकको मृत्यु
लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको सबैभन्दा घातक झडपमा बिहीबार मध्य भारतको जङ्गलमा कम्तीमा २२ जना माओवादी विद्रोहीको मृत्यु भएको छ ।
ब्रेल लिपिले समाजमा घुलमिल हुन सहयोग गरेको दृष्टिविहीनहरूको भनाइ
अमादु नडियायले अब देख्न नसक्ने संसारलाई बुझ्दै एक टुक्रा कागजमा भएका फोकामा सावधानीपूर्वक आफ्ना औँलाहरू चलाउनुभयो । स्पर्श लेखन प्रणाली ब्रेलको आविष्कार भएको दुई सय वर्ष बितिसकेको छ ।
युक्रेनका बालबालिकालाई स्वदेश फर्काउने ट्रम्पको प्रतिबद्धता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा अपहरणमा परेका हजारौँ बालबालिकालाई फिर्ता ल्याउन युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
ट्रम्प अर्गनाइजेसनद्वारा भारतमा नयाँ परियोजनाको घोषणा
ट्रम्प अर्गनाइजेसन र यसका स्थानीय रियल इस्टेट सहयोगीले भारतमा नयाँ व्यावसायिक टावर परियोजनाको घोषणा गरेका छन् । ट्रम्प अर्गनाइजेसनले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारतमा रियल इस्टेटको मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ ।
गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु
इजरायलले रातभर र बिहीबारसम्म गाजा पट्टीमा धेरै घरमा गरेको आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको अस्पतालहरूले बताएका छन् ।