इजरायलको संसदबाट न्यायिक सुधार कानुन पारित, विपक्षीलाई चुनौती
इजरायलको संसदले बिहीबार एक विवादास्पद कानुन पारित गरेको छ जसले निर्वाचित अधिकारीहरूलाई न्यायाधीश नियुक्तिमा थप अधिकार प्रदान गरेको छ ।
विदेशी सवारी साधनमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपूर्जामा चर्को कर लगाउने घोषणा गर्नुभएको छ । अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछिल्लो कर नीतिको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
चीनसँगको सम्बन्ध थप प्रगाढ बनाउने फ्रान्सको भनाइ
फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल ब्यारोटले बिहीबार चिनियाँ समकक्षी वाङ यीसँग भेट गर्दै भूराजनीतिक सङ्कटको सामना गर्न ‘फ्रान्स र चीनबिच सशक्त साझेदारी’ का लागि आह्वान गर्नुभएको छ ।
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाले सन् २०२५ मा थप तीन हजार सैनिक रुसमा पठाएको र मस्कोलाई किएभसँग लड्न सहयोग पुर्याउन क्षेप्यास्त्र, तोपखाना र गोलाबारुद आपूर्ति गरिरहेको दक्षिण कोरियालीसेनाले बिहीबार जनाएको छ ।
चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध
संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता (एआई)र उन्नत गणना क्षमतामा खलल पुर्याउने उद्देश्यले मङ्गलबार दर्जनौँ संस्थालाई व्यापार कालोसूचीमा राखेको वाणिज्य विभागले जनाएको छ ।
आर्मेनियाको संसदद्वारा इयु प्रवेशको पक्षमा मतदान
ऐतिहासिक रूपमा रूस-सहयोगी मुलुकका रूपमा मस्कोको कक्षबाट टाढा हुँदै आर्मेनियाको संसद्ले बुधबार युरोपेली सङ्घ (इयु) को सदस्यता प्रक्रिया सुरु गर्ने विधेयक पारित गरेको छ ।
सन् २०३० सम्ममा छ लाख मेट्रिक टन कोक प्लास्टिक फोहोर जलमार्गमा प्रवेशः अध्ययन
सन् २०३० सम्म कोका-कोलाका उत्पादनहरूले प्रत्येक वर्ष विश्वको महासागर र जल क्षेत्रमा अनुमानित १.३३ अर्ब पाउन्ड (छ लाख दु्ई हजार मेट्रिक टन) प्लास्टिकजन्य फोहर प्रवेश गर्ने देखिएको एक गैरनाफामूलक संस्था ओसियानाद्वारा बुधबार सार्वजनिक एक एक विश्लेषणात्मक अध्ययनले देखाएको छ ।
दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित
दक्षिण कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रहरूलाई ध्वस्त पारेको छ ।
थाई प्रधानमन्त्रीलाई विश्वासको मत
थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले संसदमा विश्वासको मत प्राप्त गर्नुभएको छ । संसद्मा विपक्षी दलहरूले उहाँमाथि उहाँका अर्बपति पिता एवं पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राको कठपुतली भएको आरोप लगाएका थिए ।
वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको हत्या
उत्तरी वेस्ट बैंकको कल्किल्या शहरमा इजरायली सेनाले मङ्गलवार एक प्यालेस्टिनी व्यक्तिको गोली हानी हत्या गरेको छ । सैन्य सुदृढीकरणको समर्थनमा इजरायली विशेष बलहरू, यसको पूर्वी र उत्तरी दृष्टिकोणबाट शहरमा प्रवेश गरेका थिए ।
यमनका पाँच वर्षमुनिका आधा बालबालिका कुपोषित
संयुक्त राष्ट्रसङ्घका अनुसार यमनमा पाँच वर्षमुनिका प्रत्येक दुईमध्ये एक बालबालिका गम्भीर कुपोषणको शिकार छन् । तीमध्ये पाँच लाखभन्दा बढी घातक कुपोषणबाट प्रभावित छन् ।
इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु
लेबनानको नाबातीहमा मङ्गलबार भएको आक्रमणमा हेजबुल्लाहको एक वरिष्ठ सैन्य कमान्डरको मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ ।
रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु
रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको रुसी रक्षा मन्त्रालयले घोषणा गरेको छ ।
बङ्गलादेशी पूर्व कप्तान तमिम इकबाल हृदयाघातपछि निको हुँदै
बङ्गलादेशका पूर्व कप्तान तमिम इकबाललाई घरेलु खेलका क्रममा हृदयघात भएपछि होसमा आउनुभएको र उहाँले परिवारका सदस्यहरूसँग कुरा गरिरहनुभएको क्रिकेट अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
युक्रेन विषयक अमेरिका-रुस वार्ता ‘उपयोगी’, वार्ता जारी रहनेछ : रुसी वार्ताकार
एक रुसी वार्ताकारले मङ्गलबार मस्कोले युक्रेन द्वन्द्व विषयमा संयुक्त राज्य अमेरिकासँग ‘उपयोगी’ वार्ता जारी राख्ने र संयुक्त राष्ट्रसङ्घ तथा अन्य देशलाईसमेत संलग्न गराउने लक्ष्य राख्ने बताएका छन् ।
सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान
बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन जिडिपी वृद्धि दर चार दशमलव पाँच प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
जापानमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय पाएका कैदीलाई १४ लाख डलर क्षतिपूर्ति
हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई १४ लाख डलर क्षतिपूर्ति प्रदान गरिएको छ ।
अप्रिल २ मा धेरै देशलाई भन्सारमा छुट दिन सकिन्छः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पारस्परिक भन्सारका लागि अप्रिल २ को समयसीमा नजिकिँदै गर्दा आफूले धेरै देशहरूलाई भन्सारमा छुट दिनसक्ने बताउनुभएको छ ।
इजरायली सेनाद्वारा गाजामा दुई प्यालेस्टिनी पत्रकारको हत्या
इजरायली सेनाले गाजा पट्टीमा दुई छुट्टाछुट्टै आक्रमणमा दुई प्यालेस्टिनी पत्रकारको हत्या गरेको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।
भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशलाई २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ ।
क्रिकेटर शकिबको सम्पत्ति जफत गर्न बङ्गलादेशी अदालतको आदेश
देशको पूर्व नेताप्रतिको बफादारीका कारण उत्पन्न भएको पछिल्लो कानूनी समस्यामा बङ्गलादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आदेश दिएको छ ।
फ्रान्ससँगको सम्बन्ध प्रगाढ बनाउन खोजिएको चीनको भनाइ
फ्रान्सका विदेशमन्त्रीको आसन्न भ्रमणले ‘अशान्ति र रूपान्तरण’को सामना गरिरहेको विश्वमा दुई देशबिच सहयोग प्रगाढ हुने आशा चीनले सोमबार व्यक्त गरेको छ ।
रोहिङ्ग्या शरणार्थीका लागि करिब एक अर्ब डलर माग
संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशमा रहेका करिब १५ लाख रोहिङ्ग्या शरणार्थी र उनीहरूका लागि जीवनरक्षक सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घ र साझेदारले करिब एक अर्ब अमेरिकी डलर सहयोग माग गरिरहेको जनाएको छ ।
अमेरिका र रुसबिच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु
वासिङ्टन र किएभका प्रतिनिधिहरूबिच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अरबमा वार्ता सुरु गरेका छन् ।