• १५ चैत २०८१, शुक्रबार

अप्रिल २ मा धेरै देशलाई भन्सारमा छुट दिन सकिन्छः ट्रम्प

blog

अमेरिका, चैत १२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पारस्परिक भन्सारका लागि अप्रिल २ को समयसीमा नजिकिँदै गर्दा आफूले धेरै देशहरूलाई भन्सारमा छुट दिनसक्ने बताउनुभएको छ ।

पारस्परिक भन्सारका लागि आफूले धेरै देशहरुलाई छुट दिने योजना बनाएको बताउनुभयो । लामो समयदेखि धेरै देशहरुसँगको सम्बन्ध राम्रो रहेको र उनीहरुसँग अमेरिकाको सम्बन्ध राम्रो नै राख्ने जानकारी दिनुभयो ।

अप्रिल २ लाई मुक्ति दिवसको रुपमा चित्रण गर्नुभयो । उहाँले भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने बताउनुभयो । राष्ट्रपतिले ल्याटिन अमेरिकी देशलाई हजारौं अपराधीहरूलाई संयुक्त राज्य अमेरिका पठाएको आरोप लगाउनुभयो । 

जेपी मोर्गनका प्रमुख अर्थशास्त्री ब्रुस कास्मानले यस महिनाको सुरुमा अमेरिकी अर्थतन्त्रको बारेमा चिन्ता व्यक्त गर्नुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल