स्विडेनमा गोलीकाण्डमा १० जनाको मृत्यु
स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । प्रहरीले बुधबार घटनामा बन्दुकधारी पनि मरेको र कुनै उद्देश्य स्थापित नभएको बताएको छ ।
अमेरिकाले निष्कासित भारतीय आप्रवासीलाई फिर्ता गर्यो
संयुक्त राज्य अमेरिकाबाट निष्कासित सयभन्दा बढी भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान बुधबार भारत आइपुगेको स्थानीय मिडियाले जनाएको छ ।
टेनिसलाई हालेपको बाइ बाइ
रोमानियाकी पूर्व विश्व नम्बर एक टेनिस खेलाडी सिमोना हालेपले खेलबाट सन्न्यास लिनुभएको छ ।
प्रधानमन्त्री मोदी सङ्गममा पवित्र स्नानका लागि प्रयागराजमा
प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार जारी महाकुम्भ २०२५ मा त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न उत्तर प्रदेशको प्रयागराज पुग्नुभएको छ ।
भारतको दिल्लीमा विधानसभाकाे मतदान
भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभाकाे निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उहाँको प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ ।
‘अफ्रिकाका करिब दुई करोड ७५ लाख मानिस विस्थापित’
सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिकरूपमा विस्थापित व्यक्ति (आईडीपी) को सङ्ख्या बढेर दुई करोड ७५ लाख पुगेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले जारी गरेको प्रतिवेदनमा जनाइएको छ ।
डेनिस प्रधानमन्त्रीले ग्रिनल्यान्ड तनावका बिच बेलायती समकक्षीसँग भेट्दै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड कब्जा गर्ने टिप्पणीको विरोधमा युरोपेली समर्थन खोज्ने क्रममा डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले मङ्गलबार बेलायती समकक्षी किर स्टार्मरसँग भेट्दै हुनुहुन्छ ।
वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सर बढाउँदै : अध्ययन
मङ्गलबार प्रकाशित एक अध्ययन अनुसार वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सरको सबैभन्दा सामान्य रूप बढाउँदै छ, । यसले विशेष गरी महिला र दक्षिणपूर्वी एसियाका मानिसहरुलाई कडा असर गरिरहेको छ ।
दक्षिण कोरियाका युन महाभियोग सुनुवाइका लागि पुनः अदालतमा
सैनिक शासन घोषणा गरेको आरोपमा पक्राउ परी पदबाट निलम्बित दक्षिण कोरियाका महाभियोग लागेका राष्ट्रपति युन सुक येओल मङ्गलबार उहाँलाई औपचारिकरुपमा पदबाट हटाउने वा नहटाउने निर्णय गर्ने सुनुवाइका लागि पुनः अदालतमा उपस्थित हुनुभएको छ ।
जापानी प्रधानमन्त्रीले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने
जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नुहुने शीर्ष सरकारी प्रवक्ता योशिमासा हयासीले मङ्गलबार बताउनुभएको छ ।
चीनले अमेरिकाविरुद्ध प्रतिशोधात्मक भन्सार दर लगायो
चीनले मङ्गलबार चिनियाँ सामानमा लगाएको १० प्रतिशत भन्सार दरको प्रतिशोधमा संयुक्त राज्य अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ प्रतिशत भन्सार दर लगाउने बताएको छ ।
ट्रम्पको निमन्त्रणामा मोदी अर्को हप्ता ह्वाइट हाउस जाने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता ह्वाइट हाउसको भ्रमण गर्ने तयारी भएको ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
पाकिस्तानमा खाद्यान्न निर्यात १३.८३ प्रतिशतले वृद्धि
पाकिस्तानको तथ्याङ्क ब्यूरो (पीबीएस) को तथ्याङ्क अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (जुलाई २०२४ देखि जुन २०२५) को पहिलो छ माहीमा पाकिस्तानको खाद्यान्न निर्यात १३.८३ प्रतिशतले बढेको छ ।
दक्षिण–पूर्वी एशियामा क्यान्सर रोकथाम गर्न क्षेत्रीय रणनीति सुरु
विश्व क्यान्सर दिवसको अवसरमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दक्षिण–पूर्वी एशिया क्षेत्रमा बढ्दो क्यान्सर बोझलाई सम्बोधन गर्न आफ्नो निरन्तर प्रयासलाई निरन्तर अगाडि बढाएको छ ।
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
शून्य उत्सर्जन सवारी साधनहरू मात्र बेच्ने यो वर्षको लक्ष्य नजिक जनवरीमा नर्वेमा दर्ता भएका लगभग ९६ प्रतिशत नयाँ कारहरू विद्युतीय रहेको स्क्यान्डिनेभियाली मुलुक नर्वेले जनाएको छ । नर्वेली सार्वजनिक सडक प्रशासन (ओएफभी) का अनुसार गत महिना दर्ता भएका नयाँ कारमध्ये ९५.८ प्रतिशत हिस्सा विद्युतीय सवारी साधनले ओगटेको छ ।
उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु
आक्रमणमा १४ महिला एक पुरूष गरी १५ जनाको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएको सिरियाली सञ्चारमाध्यमले जनाएका छन् ।
मस्कोमा विस्फोट हुँदा एकको मृत्यु, चार घाइते
रूसको राजधानी मस्कोको एक अत्याधुनिक आवासीय भवनमा सोमबार भएको विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन् ।
सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ
सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को विवादास्पद मर्जरसँग सम्बन्धित विभिन्न आरोपबाट सोमबार पुनः सफाइ मिलेको छ ।
ग्रामीमा शीर्ष कन्ट्री एल्बम सम्मान बियोन्सेलाई
बियोन्सेले आइतबार आफ्नो संस्कृति–हल्लाउने ‘काउब्वाइ कार्टर’ का लागि वर्षको सर्वश्रेष्ठ कन्ट्री एल्बमको ग्रामी जित्नुभयो । यो एल्बमले लामो समयदेखि अश्वेत कलाकारहरूलाई किनारा लगाएको आरोप लागेको न्यासभिल–केन्द्रित उद्योगको आलोचना गरेको छ ।
इजरायलद्वारा १८३ प्यालेस्टिनी कैदी रिहा
हमाससँग जारी युद्धविराम सम्झौताअन्तर्गत चौथो बन्धक आदानप्रदानमा इजरायलले १८३ प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।
गाजा छोड्दै बिरामी र घाइते प्यालेस्टिनी
बिरामी र घाइते प्यालेस्टिनीहरूको एउटा समूह गाजापट्टीबाट रफाह क्रसिङतर्फ हुँदै विदेशमा उपचारका लागि हिँडेका छन् । जुन आठ महिनामा पहिलो घटना हो ।
एआईको प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र
यौन दुर्व्यवहारको तस्बिर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणविरुद्ध बेलायत सरकारले शनिबार कानुनको घोषणा गरेको छ । ‘एआईको दुरूपयोग गरी बाल यौन दुर्व्यवहारको तस्बिर बनाउने’ कार्यलाई अपराध घोषणा गर्ने बेलायत विश्वकै पहिलो मुलुक बनेको छ ।
इरानद्वारा नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन
इरानका राष्ट्रपति मसूद पेजेस्कियानको उपस्थितिमा आयोजित एक समारोहमा इरानले एक हजार ७०० किलोमिटर टाढा मार हान्न सक्ने नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रलाई सार्वजनिक गरेको छ ।
नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणको वार्ताका सम्बन्धमा सोमबार अमेरिकी अधिकारीहरूसँग छलफल गर्नुहुने भएको छ ।