• २६ फागुन २०८१, सोमबार

सिरियामा अलावी र अन्य अल्पसङ्ख्यकमाथि आक्रमण गर्नु अर्थहीनः इरान

blog

तेहरान, फागुन २६ गते ।  इरानको विदेश मन्त्रालयले लामो समयदेखि तेहरानको सहयोगी रहेका राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गर्ने समुदाय अलावीसहित सिरियामा रहेका अल्पसङ्ख्यक समुदायमाथि आक्रमण गर्नुको कुनै औचित्य नरहेको बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले साप्ताहिक पत्रकार भेटका क्रममा भन्नुभयो, “अलावी, क्रिश्चियन, ड्रुज र अन्य अल्पसङ्ख्यक समुदाय बसोवास गर्ने केही भागमा भएको आक्रमणको कुनै औचित्य छैन, जसले यस क्षेत्रका र अन्तर्राष्ट्रिय रूपमा दुवै देशको भावना र अन्तस्करणलाई वास्तवमै चोट पुर्‍याएको छ ।

नयाँ सुरक्षा बल र पूर्व असद सरकारका वफादारहरूबिच गत बिहीबार सुरु भएको तनावपछि झडप सुरु भएको थियो ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर’का अनुसार सिरियामा अलावी अल्पसङ्ख्यक समुदायको तटीय क्षेत्रमा ९७३ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

संस्थाका अनुसार यस भिडन्तमा सयौं सुरक्षाकर्मीका साथै असद समर्थक लडाकूको पनि मृत्यु भएको छ भने मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म एक हजार ३०० नाघेको छ ।

सिरियाका वर्तमान अन्तरिम राष्ट्रपति अहमद अल–साराको नेतृत्वकोसुन्नी इस्लामिक समूह हयात तहरीर अल–शाम ९एचटीएस० को नेतृत्वमा विद्रोही सेना दमास्कसमा प्रवेश गरेपछि पूर्व राष्ट्रपति असद डिसेम्बरमा सिरियाबाट मस्कोतर्फ भाग्नुभएको थियो ।

तेहरानले देशको लामो गृहयुद्धको समयमा असदलाई समर्थन गर्न मद्दत गरेको थियो र उहाँलाई सैन्य सल्लाहकारहरू प्रदान गरेको थियो ।

एएफपीसँगको अन्तर्वार्तामा इरानका विदेशमन्त्री अब्बास अराघचीले एचटीएसले कब्जा गरेदेखि नै तेहरान सिरियाको अवस्थाबारे निगरानी गरिरहेको बताउनुभएको छ ।

“वर्तमान सिरियाली सरकारसँग हाम्रो कुनै सम्बन्ध छैन र यस विषयमा हामी हतारमा छैनौं,” उहाँले भन्नुभयो । रासस/एएफपी