पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप
जनस्वास्थ्य कार्यालय काठमाडौँले पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाउने भएको छ ।
लागूऔषध दुरुपयोग एवम् अवैध ओसार–पसार बढ्दो
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले पछिल्लो समय लागूऔषध प्रयोगकर्ता सङ्ख्या बढ्दैगएकाले यसको नियन्त्रण आवश्यक रहेको बताउनुभएको छ ।
बागमतीका छ जिल्लामा करिब ८० प्रतिशत विषादी खपत
कृषि उत्पादन बढाउन मकवानपुरसहित बागमती प्रदेशका छ जिल्लामा करिब ८० प्रतिशत रासायनिक विषादीको खपत हुने गरेको छ ।
भारतीय दूतावासको आयोजनामा लुम्बिनीमा योगाभ्यास
अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतीय दूतावासको आयोजनामा आज लुम्बिनीमा योगाभ्यास सम्पन्न भएको छ ।
सङ्क्रामक अस्पतालमा फोहोर विसर्जन मेसिन जडान
पोखरा ३० स्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा फोहोर विसर्जन मेसिन जडान गरिएको छ । अस्पतालको फोहोरजन्य वस्तु उचित रूपमा विसर्जन नहुँदा सम्भावित जोखिम न्यूनीकरण गर्न नेपाल सरकारको करिब एक करोड ३७ लाख लागतमा गण्डकी प्रदेशमै पहिलो पटक सो अस्पतालमा यस्तो मेसिन जडान गरिएको हो ।
नेपालगन्ज मेडिकल कलेजका कर्मचारीको सात बुँदे माग
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज मेडिकल कलेजका तीन वटा कर्मचारी युनियनले त्यहाँको व्यवस्थापन समक्ष संयुक्त रूपमा ७ बुँदे मागपत्र पेस गरेका छन्।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा योग प्रदर्शन
भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय योग दिवसको १०औँ संस्करण मनाउन पोखरास्थित फेवा तालको किनारामा योग प्रदर्शनको आयोजना गरेको छ । स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यास प्रवर्द्धन गर्ने हेतुले योग प्रदर्शन आयोजना गरिएको दूतावासले जनाएको छ ।
लागूऔषध प्रयोगकर्तालाई दण्ड हैन उपचारको विकल्प खोजौँ
कानुनी रूपमा लागूऔषध प्रयोगकर्ता अपराधी नभई स्वास्थ्य समस्या भनी उल्लेख गरेपनि व्यवहारमा लागू नभएको सरोकारवालाको गुनासो छ ।
७२ जिल्ला फैलियो डेंगु : सबैभन्दा बढी सङ्क्रमण काठमाडौँमा
देशका ७२ वटा जिल्लाबाट एक हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अब अनलाइनबाटै ओपिडी टिकट सेवा सुरु पाइने भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुनले अस्पतालको मोबाइल एपबाट मङ्गलबार टिकट काटेर सेवाको शुभारम्भ गर्नुभएको हो ।
सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै
लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ ।
मानसिक र शारीरिक स्वास्थ्य देशका लागि महत्त्वपूर्ण : गृहमन्त्री लामिछाने
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले तन्दुरूस्त शरीर र स्वस्थ मानसिकता एवम् व्यायामले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिवद्धताको आवश्यकता रहेको बताउनुभयो ।
किशोरीहरूलाई विद्यालयमै आत्मरक्षा तालिम
मकवानपुरको कैलाश गाउँपालिकाका एक सय ५० किशोरीलाई सुरक्षा तथा आत्मरक्षासम्बन्धी तालिम प्रदान गरिएको छ । किडपावर नेपालको सहयोगमा गाउँपालिकाद्वारा किशोरीहरूलाई तालिम प्रदान गरिएको हो ।
‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न औषधी व्यवस्था विभागलाई सिफारिस
काठमाडौँ महानगरपालिकाले महाराजगन्जको शिक्षण अस्पतालको प्राङ्गणमा रहेको पानोर्मा फार्मेसी’लाई कारबाहीको सिफारिस गरेको छ।
‘आँखालाई माया गर्नुहोस्’ लोकार्पण
नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क र तिलङ्गा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङले ‘आँखालाई माया गर्नुहोस्’ नामक बालबालिका लक्षित आँखा स्वास्थ्य प्रवर्द्धन गर्ने चेतनामूलक पुस्तक संयुक्तरुपमा लोकार्पण गर्नुभएको छ ।
‘समयमा लामखुट्टे नियन्त्रण नगरे महामारी फैलिन सक्छ’
पछिल्लो समय डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र (ईडिसिडी) का अनुसार डेंगु सङ्क्रमण पाँच जिल्ला बाहेक सबै जिल्लामा फैलिसकेको छ।
सर्पदंश उपचार केन्द्रलाई निःशुल्क औषधी
सर्पदंशका बिरामीको उपचारमा सहयोग पुर्याउन बर्दिबास ३ स्थित वडा कार्यालयले निःशुल्क औषधी उपलब्ध गराएको छ । वडाध्यक्ष विराट विष्टले बर्दिबास ३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटालाई उपचारका लागि आवश्यक १४ प्रकारको औषधी सोमबार हस्तान्तरण गर्नुभएको हो ।
लापुका मिर्गौला पीडितलाई आर्थिक सहयोग
उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लापुवेशीका मिर्गौला पीडितहरूलाई आर्थिक सहयोग प्रदान गरिएको छ । धार्चे–७ लापुवेशीका स्थायी घर भएका हाल अस्ट्रेलियामा व्यापार व्यवसाय गर्दै आउनुभएका जोन घलेले वडा अध्यक्ष राकेश गुरुङ मार्फत सहयोग पठाउनु भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
कोशी प्रदेशः स्वास्थ्य क्षेत्रमा तीन अर्ब ५८ करोड बजेट
कोशी प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नारासहित स्वास्थ्य सेवाको क्षेत्रमा तीन अर्ब ५८ करोड बजेट विनियोजन गरेको छ ।
बढ्दै सर्पदंशका बिरामी : सर्पदंश केन्द्रमा जान सुझाव
गर्मी महिना बढेसँगै सर्पदंशका बिरामी बढ्दै गएका छन् । जेठदेखि भदौसम्ममा सर्प खाना खोज्न बाहिर निस्कने हुँदा सर्पदंशका बिरामी बढ्ने चिकित्सकको भनाइ छ ।
बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुसी
जिल्लाको महोत्तरी गाउँपालिकामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यहाँका महिला खुसी भएका छन् । वर्षौँदेखि प्रसूति सेवा लिन महिला छ किमी टाढा रहेको जिल्ला सदरमुकाम जलेश्वर तथा १८ किमी टाढा रहेको जनकपुर जाने गरेकामा स्थानीयस्तरमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि सहज भएको हो ।
बागमतीको स्वास्थ्य क्षेत्रका लागि चार अर्बभन्दा बढी बजेट
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रम र मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनेभएको छ ।
‘कोल्ड ड्रिङ्क्स’ र फ्रिजको पानी स्वास्थ्यका लागि घातक
गर्मीमा शरीरलाई शीतलता प्रदान गर्ने खानेकुरा खान चिकित्सकको सुझाव छ। जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीले गर्मीको समस्याबाट छुटकार पाउन शरीरलाई शीतलता प्रदान गर्ने खानेकुरा खान सुझाव दिनुभएको छ।
मधेश प्रदेशमा पहिलो पटक ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार
धनुषाको ढल्केवरमा ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा सुरु गरिएको छ । ढल्केबरमा रहेको रेयूकाई एईको मासुनागा आँखा अस्पतालले सो प्रविधिबाट आँखाको उपचार सेवा सुरु गरेको हो ।