डायलाइसिस गर्न पालो कुर्नुपर्ने बाध्यता हट्यो
तनहुँको सदरमुकाम दमौलीमास्थित दमौली अस्पतालमा मिर्गौला खराब भएका बिरामीलाई डायलासिस सेवा लिन अब पालो कुर्नु नपर्ने भएको छ। दमौली अस्पतालले तीन वटा नयाँ उपकरण पाएपछि प्रतीक्षा सूचिमा रहेका सबैले सेवा पाएका छन् ।
इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध
चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो ।
हेल्थ डेस्कबाट पाँच हजारभन्दा बढीले लिए सेवा
महाकुम्भ मेला सुरु भएसँगै गत चैत २७ गतेबाट नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले धरानको पिण्डेश्वर वावाधाम परिसरमा सञ्चालन गरेको निःशुल्क हेल्थ डेस्कबाट हालसम्म सेवा लिने तिर्थालु भक्तजनहरुको संख्या पाँच हजार १३ पुगेको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताउनुभयो ।
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
तनहुँको भीमाद नगरपालिका-६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ‘मातृशक्ति’ नामको सरफ उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गरेका हुन् ।
उपचारमा सारथि
स्वास्थ्यलाई सबै नागरिकको पहुँचमा पु¥याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको आठ वर्ष पूरा भएको छ । नेपालमा पाइलटिङ कार्यक्रमको रूपमा आठ वर्षसम्म आइपुग्दा ७७ जिल्ला र ७५३ स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम लागु भइसकेको छ । देशका नागरिकको स्वास्थ्य उपचारको जिम्मा राज्यले लिनुपर्ने उद्देश्य अनुसार स्वास्थ्य बिमा कार्यव्रmम देशव्यापी बन्न पुगेको छ । सुरुमा इलाम, कैलाली र बागलुङबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो ।
गोरखापत्र संस्थानका २८ जनाले गरे रक्तदान
गोरखापत्र प्रकाशनको १२४ औं वर्षप्रवेश तथा गोरखापत्र संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गर्नुभएको छ ।
इजाजतपत्र नलिने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजतपत्र नलिई निजी, गैरकारी, सरकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्नेलाई कारबाही गर्ने भएको छ ।
गाउँमै उपचार पाएपछि स्थानीय खुसी
गाउँमा नै दाँत उपचार गर्न पाएपछि पुतलीबजार नगरपालिका–१३ का नागरिक खुसी भएका छन् । गाउँमा स्वास्थ्य शिविर लिएर पुगेको विशेषज्ञ चिकित्सक सहितको टोलीले दुई सय ५३ जनाको दाँतको उपचार गरेको हो ।
तातो हावाले आँखा सुख्खा हुने समस्या
पछिल्ला केही दिनदेखि नेपालगन्जमा बढ्दै गइरहेको अत्यधिक गर्मी र सुख्खा तातो हावाको लहरका कारण आँखा सम्बन्धी बिरामीको सङ्ख्या बढेको छ। दैनिकरुपमा आँखा परीक्षण गराउन आउने सर्वसाधारणको सङ्ख्या बढेको आँखा अस्पतालले जनाएको छ ।
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
निस्दी गाउँपालिका–५, पिपल भञ्ज्याङ्गमा भएको स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी नागरिक लाभान्वित भएका छन् ।
९ महिनामा बाँकेमा १२ जना सुत्केरीको मृत्यु
पश्चिम नेपालकै सबैभन्दा सुविधासम्पन्न अस्पताल रहेको बाँके जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा १२ जना सुत्केरीको मृत्यु भएको छ ।
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताउनुभयो ।
बैंगलोरको एचसीजी अस्पताल क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै
एचसीजी क्यान्सर अस्पताल बैंगलोरले क्यान्सर नियन्त्रणका लागि नेपालस्थित एक्सन नेपाल र युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (युआईसीसी)सँग सहकार्य गर्ने भएको छ । यूआईसीसीका क्यान्सर रोग विशेषज्ञ (अन्कोलोजिस्ट)को सहयोगमा सहकार्य गर्न लागिएको हो ।
अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई गाउँमै सेवा उपलब्ध गराउन घुम्ती शिविर आयोजना गरेको छ ।
त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने
नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो ।
स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ ।
वायु प्रदूषणले आँखाका बिरामी बढे
चाप बढेको छ ।वायु प्रदूषणले तनहुँमा आँखाका बिरामी बढेका छन् । यतिबेला जिल्लामा आँखा उपचार हुने सरकारी तथा निजी अस्पतालहरूमा आँखाका बिरामीको चाप बढेको छ ।
तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले सचेतनाका लागि घरघरमा स्वयंसेवक खटाएको छ ।
उपराष्ट्रपति यादवद्वारा मधुमेह नियन्त्रणमा जोड
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले केही वर्षयता सर्ने रोगको तुलनामा नसर्ने रोगका कारण धेरै मानिस मृत्युवरण गर्न बाध्य भएकोमा चिन्ता व्यक्त गर्दै मुटु रोग, क्यान्सर, उच्च रक्तचापको लहरमै आउने मधुमेहबाट पनि मृत्यु हुनेको सङ्ख्या उच्च रहेको बताउनुभएको छ ।
सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्यु
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताउनुभएको छ ।
सेनाको हेलिकोप्टरबाट सुत्केरीको उद्धार
कालीकोट जिल्लाको महावै गाउँपालिका वडा नम्बर ३ बाट एक सुत्केरीको उद्धार गरिएको छ।
तोडफोडपछि गौरीगन्ज आधारभूत अस्पताल अनिश्चितकालका लागि बन्द
झापास्थित गौरीगन्ज आधारभूत अस्पतालले अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । ठुलो सङ्ख्यामा आएका आक्रोशित समूहले अस्पताल तोडफोड गरेपछि अस्पतालले अनिश्चितकालका लागि अस्पताल सबै सेवा बन्द भएको हो ।
आयुर्वेद चिकित्सातर्फ आकर्षण बढ्दो
पछिल्लो समय आयुर्वेद तर्फ नागरिकको विश्वास बढ्दै गएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधीले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति नागरिकको आकर्षण बढ्दै गएको हो ।
देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।