‘नेता हुँ, आफैँ छाउपडी पीडित छु’
राजनीतिमा सक्रिय नेता विद्या तिमिल्सिनाले आफू छाउपडी पीडित भएको गुनासो पोख्नुभएको यसरी पोख्नुभएको हो ।
झापा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
झापालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित कार्यक्रममा यस्तो घोषणा गर्नुभयो ।
दाङ 'पूर्ण खोप' जिल्ला घोषणा
दाङ पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा घोषणा भएको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयले सङ्घीय तथा प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तर गरेको छ ।
खोरेत रोग मुक्त अभियानमा प्रदेश सरकार
पशुहरुमा देखिने खोरेत रोग मुक्त प्रदेश बनाउन कोशी प्रदेश सरकार जुटेको छ । दुधबाट बन्ने विभिन्न परिकार र मासुजन्य उत्पादनमा राम्रो रहेको कोशी प्रदेशलाई खोरेत मुक्त गराउने अभियानमा जुटेको कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले बताउनुभयो ।
थपिए ७९ जना डेंगु सङ्क्रमित
पछिल्लो समय बागमती प्रदेशमा डेंगु सङ्क्रमित बढ्दै गएका छन् । प्रदेशमा ७९ जना डेंगु सङ्क्रमित थपिएका हुन । असारको २७ गते बिहीबारसम्म काठमाडौँमा ३५, चितवनमा २४, काभ्रेपलान्चोकमा १५, ललितपुर ३ र मकवानपुर, नुवाकोटमा एक एक जना डेंगु सङ्क्रमित थपिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा डेंगुका बिरामी बढे
भारतका विभिन्न भागमा डेंगुका बिरामी बढ्दै गएपछि स्वास्थ्य मन्त्री जगतप्रकाश नड्डाले डेंगुको अवस्था र समग्र तयारीको समीक्षा गर्न उच्चस्तरीय बैठक बोलाउनुभएको छ ।
स्वास्थ्य बिमामा नयाँ दररेट
स्वास्थ्य बिमा बोर्डले सुविधा थैलीबाट बिरामीले पाउने सेवामा नयाँ दररेट लागु गर्ने भएको छ । बोर्डले एक हजार २९० प्रकारका औषधीको शुल्क तोक्दै नयाँ दररेट लागु गर्ने भएको हो । सुविधा थैलीमा भएको नयाँ दररेट साउन १ गतेदेखि लागु हुने छ ।
निजी खर्चमा विद्यालयमा क्लिनिक
दाँतको नियमित उपचार गराउन सामुदायिक विद्यालयभित्रै चिकित्सकसहितको दन्त उपचार केन्द्र (डेन्टल क्लिनिक) स्थापना भएको सुन्दा अचम्म लाग्न सक्छ तर रामेछाप जिल्लाको विकट गाउँ साँघुटार
‘तनाव कम गर्न आफूलाई माया गर्न सिकौँ’
नेपाल प्रज्ञा-प्रतिष्ठान, सामाजिक शास्त्र विभागद्वारा आयोजित ‘भावनात्मक बुद्धिमत्ता र तनाव व्यवस्थापन’ विषयक कार्यक्रममा प्राज्ञ डा.भागवत आचार्यले तनाव व्यवस्थापन गर्न आफूलाई माया गर्न सक्नुपर्ने बताउनुभएको छ ।
निःशुल्क स्वास्थ्य सहायता कक्ष स्थापना
जिल्ला प्रशासन कार्यालय स्याङ्जामा निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ ।
रुकुमपूर्व पूर्णखोप सुनिश्चितता घोषणा
रुकुमपूर्वलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । “स्थानीय स्रोतको स्वामित्व र सहभागिता पूर्णखोपको सुनिश्चितता हाम्रो प्रतिबद्धता” भने नाराका साथ जिल्ला खोप समन्वय समिति रुकुमपूर्वद्वारा आयोजित एक समारोहमा बिच राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत रुकुमपूर्वलाई बिहीबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
अस्पतालमा मनसुनजन्य रोगका बिरामी बढे
बाँकेका अस्पतालमा मनसुनजन्य रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ । जिल्लाका विभिन्न अस्पतालहरूबाट प्राप्त भएको जानकारी अनुसार अत्यधिक गर्मीकै बिच केही दिन लगातार परेको वर्षाले जिल्लामा मनसुनजन्य रोगको सङ्क्रमण बढाएको हो ।
कुल जनसङ्ख्याको २.२ प्रतिशत अपाङ्गता
नेपालमा कुल जनसङ्ख्याको २.२ प्रतिशत जनसङ्ख्या अपाङ्गता रहेका छन् । नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले कुल जनसङ्ख्याको २.२ प्रतिशत जनसङ्ख्या अपाङ्गता रहेको देखाएको हो । अपाङ्गता भएकामध्ये ३७.१ प्रतिशत शारीरिक अपाङ्गता रहेका छन् ।
महिनावारीमा हिंसा घटेको छ, हटेको छैन
“सुन्दर २२ सय २० दिनहरु स्वतन्त्रता र आत्मसम्मान खोसिएको जीवन बिताएकी छु । कोठाबाट बाहिर निस्कन नपाएका कैयौँ दिनहरु भोकै-प्यासै बिताएकी छु । छिनछिनमा रगतका फाल्सा उकेलेर शिथिल भएको शरीरलाई चिसो भुइँमा सुताएकी छु । मैले आमा गुहारेँ, सासू गुहारेँ, भगवान पुकारेँ, तैपनि स्वतन्त्रताको श्वास फेर्न पाइनँ । कतैबाट सहारा पाइनँ ।”
‘किटजन्य रोगबाट बच्न सरसफाइमा ध्यान दिउँ’
मनसुन बढेसँगै विभिन्न पानीजन्य तथा किटजन्य रोगको जोखिम बढ्ने हुनाले सतर्क रहन सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।
कैलालीमा एक हजारभन्दा बढी डेङ्गीका बिरामी
गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन् । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए ।
भरतपुर अस्पतालमा एमआरआई सेवा
भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो ।
फोलिकेयर औषधी बिक्रीमा रोक
औषधी व्यवस्था विभागले फोलिकेयर ट्याब्लेट नामक औषधीको बिक्रीमा रोक लगाएको छ । विभागले सूचना निकाल्दै काभ्रेस्थित क्युरेक्स फार्माको फोलिक एसिड ट्याब्लेट औषधीको ब्याच नम्बर टीईएस ०३२ बिक्री, सिफारिसमा रोक लगाएको हो ।
बाढीमा फसेका स्वास्थ्यकर्मीको सकुशल उद्धार
सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका-२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । चौधरी लहान-९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्छ ।
गुल्मी पूर्ण खोप दिगोपन सुनिश्चितता जिल्ला घोषणा
गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लामा १५ महिनासम्मका बालबालिकाहरूले लगाउनुपर्ने सम्पूर्ण खोपहरू पूरा भएपछि जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक पशुपति आचार्यले जानकारी दिनुभयो ।
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चित जिल्ला घोषणा
पाल्पालाई ‘पूर्ण खोप’ सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा विकास गरिनुपर्छ : नेता डा. कोइराला
नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थाका रूपमा पनि विकास गर्नुपर्ने बताउनुभएको छ ।
सिन्धुलीका सात पालिका पूर्ण खोप सुनिश्चित घोषित
सिन्धुली जिल्लाका नौ वटा स्थानीय तहमध्ये सात वटा तहलाई ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा गरिएको छ ।