• १२ साउन २०८१, शनिबार

निजी खर्चमा विद्यालयमा क्लिनिक

blog

रामेछाप (साँघुटार), असार २८ गते । दाँतको नियमित उपचार गराउन सामुदायिक विद्यालयभित्रै चिकित्सकसहितको दन्त उपचार केन्द्र (डेन्टल क्लिनिक) स्थापना भएको सुन्दा अचम्म लाग्न सक्छ तर रामेछाप जिल्लाको विकट गाउँ साँघुटारमा रहेको हिमगङ्गा माध्यमिक विद्यालयमा चार वर्षदेखि डेन्टल क्लिनिक सञ्चालनमा छ ।

सहरका ठुला विद्यालयमा समेत नभएको सेवा विकट गाउँका बालबालिकाले पाएका छन् । केही वर्षअघि सो विद्यालयमा डेन्टल शिविरमा धेरै बालबालिकामा दाँतको समस्या देखेपछि जर्मन नागरिक डाक्टर जोनले आफ्नो सम्पत्ति बेचेर विद्यालय हाताभित्र ‘डेन्टल क्लिनिक’ खोलिदिनुभएको हो । नेपालमा दाँतको उपचार महँगो हुने र बालबालिकालाई धेरै सङ्व्रmामक रोग दाँतकै कारणले भएको देखेपछि क्लिनिक स्थापना गरिएको हो । क्लिनिकमा कार्यालय, उपकरण कक्ष र डाक्टर कर्मचारीका लागि आवाससमेत उहाँले आफ्नै खर्चमा बनाइदिनुभएको छ । 

दाँतको भरपर्दाे सेवा लिन जाने ठाउँ काभ्रेको धुलिखेल अस्पताल पुग्न सक्ने अवस्था नभएपछि क्लिनिक खोलिदिएको उहाँले उल्लेख गर्नुभयो । 

नेपालमा दाँतको उपचार गर्न धेरै टाढा टाढासम्म जानुपर्ने बाध्यता रहेकाले उहाँले ११ वर्षदेखि नेपालमा दाँत उपचारको विभिन्न स्वास्थ्य शिविर आयोजना गर्दै आउनुभएको छ । रोटरी क्लब अफ काभ्रे बनेपासँगको सहकार्यमा हुँदै आएका त्यस्ता स्वास्थ्य शिविरमध्ये साँघुटारको शिविरपछि त्यहाँका बालबालिका लक्षित ‘डेन्टल क्लिनिक’ स्थापना गरेको उहाँले बताउनुभयो । 

रोटरी क्लब अफ काभ्रे बनेपाले सो क्लिनिकको व्यवस्थापन सञ्चालन गर्दै आएको छ । क्लिनिक व्यवस्थापन समितिका अध्यक्ष हीरा शर्मा नेपालले क्लिनिकमा जनशक्ति व्यवस्थापनसँगै उहाँहरूको पारिश्रमिकको व्यवस्था आफूहरूले गर्दै आएको उल्लेख गर्नुभयो । त्यति टाढा विकट ठाउँमा जनशक्तिको व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो । 

विद्यार्थीसँगै अभिभावकको उपचार हुने भएपछि त्यहाँका स्थानीय औधी खुसी भएका छन् । विद्यालयका प्रधानाध्यापक अनिरुद्र सुवेदीले सहुलियत रूपमा आफ्नो विद्यालय हाताभित्र नै डेन्टल क्लिनिक सञ्चालन भएपछि विद्यार्थीलाई राहत मिलेको बताउनुभयो । 

उहाँले सामान्य उपचार निःशुल्क र औषधी र उपकरणमा लाग्ने खर्च भने सहुलियत रूपमा क्लिनिकले लिने गरेको छ । एक अध्ययनले पेटसम्बन्धी लाग्ने रोगको ८० प्रतिशत कारण दाँतको सफाइसँग सम्बन्धित हुने भएकाले विद्यार्थीले नियमित रूपमा चेकजाँच गराउने गरेको उहाँले उल्लेख गर्नुभयो । 

डेन्टल क्लिनिक प्रमुख डा. एलिना कुशवाहाले दाँत दुखेपछि मात्रै जँचाउने स्थानीय पछिल्लो समय नियमित रूपमा चेकजाँच गर्न आउन थालेको बताउनुभयो । 

दाँतलाई माया गर्नुपर्ने बारेमा विद्यार्थीले ध्यान दिन थालेको कुशवाहाले दाबी गर्नुभयो । विद्यार्थीले सिकेका कुरा गाउँसम्म फैलिएर गाउँबाट समेत दातलाई माया गर्नुपर्ने धारणाको विकास भएको र त्यसले काम गर्ने ऊर्जा मिलेको उहाँले उल्लेख गर्नुभयो । आफूसँगै पढेका साथी विदेश पुगे पनि आफूले भने ग्रामीण भेगमा पुगेर सेवा गर्ने प्रण लिएकाले साँघुटारमा पुगेर काम गरिरहेको आँैल्याउनुभयो । 

‘रोटरी क्लब अफ बनेपा’ काभ्रेका अध्यक्ष केशव बडालले सामाजिक उत्तरदायित्व निभाउने व्रmममा विकट गाउँमा पुगेर क्लिनिक स्थापना गरिएको उल्लेख गर्नुभयो । उहाँले त्यस क्लिनिकबाट धेरैभन्दा धेरैले सेवा लिन अनुरोध गर्नुभयो ।