जग्गा धनीपुर्जा लिन अनिच्छुक
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा राष्ट्रिय भूमि आयोगले अव्यवस्थित बसोबासीका लागि जग्गा धनीपुर्जा वितरण कार्यक्रम आयोजना गर्यो । आयोगले करिब एक सय जग्गा धनीपुर्जा वितरणको तयारी गरे पनि राजस्व बढी भएको भन्दै १५ जना अव्यवस्थित बसोबासीले मात्रै राजस्व बुझाएर जग्गाधनी लालपुर्जा लिएका छन् ।
सभामुखद्वारा दुःख व्यक्त
सभामुख देवराज घिमिरेले कथाकार परशु प्रधानको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै उहाँको असमयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
सडक सुधारपछि रानी महल जाने सडक खुल्यो
सडकमा परेको खाल्टाखुल्टीका कारण सहज यात्राका लागि जोखिमपूर्ण बनेको सडक बनाएपछि पाल्पाको रानी महल जाने सडक सञ्चालनमा आएको छ । ४८ दिन सडक बन्द गरेर सडक मर्मत सुधार गरेपछि तानसेन–रानी महल सडक सञ्चालनमा आएको हो । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य स्थल रानी महल जाने बाटो लुम्बिनी प्रदेश सरकारको लगानीमा मर्मत सुधार गरिएको हो ।
कथाकार प्रधानको निधन
कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राति आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो ।
२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन
विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन [एएनओ] गठन गरेको छ ।
साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।
सुरुङमार्गको काम सुरु हुने
एक महिनादेखि रोकिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम पुनः सुरु गर्ने सहमति भएको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थितिमा मन्त्रालयका सचिव, सडक विभागका पदाधिकारी, सुरुङमार्ग आयोजनाका पदाधिकारी, सुरुङमार्गपीडित सङ्घर्ष समितिका अध्यक्षसहितको सोमबार बसेको बैठकले सो सहमति गरेको हो ।
माओवादी पदाधिकारी बैठक आज
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मङ्गलबार पदाधिकारी बैठक बोलाएको छ । पार्टी सचिव गणेश शाहले प्रधानमन्त्रीनिवास बालुवाटारमा मङ्गलबार बिहान पदाधिकारी बैठक बोलाएको जानकारी दिनुभयो । अवैध सुन प्रकरणमा आरोपित पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि पदाधिकारी बैठक बोलाएको हुन सक्ने उहाँले बताउनुभयो ।
‘पर्यटनलाई अगाडि बढाउन सरकार प्रतिबद्ध छ’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटनलाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
‘क्रिकेट विकासमा सहयोग गर्न नेपाल आएँ’
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमण आएको बताउनुभएको छ ।
‘आगलागी नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्छ’
अहिले देशभर आगलागीका घटना बढेका छन् । पछिल्लो दुई दिनमा मात्र ७२ वटा आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सामुदायिक वनमा लागेको डढेलोले दुई घर जल्यो
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीमा सामुदायिक वनमा लागेको डढेलोले सोमबार दुई वटा जलेर नष्ट भएको छ ।
स्ववियू निर्वाचनको एक वर्ष पूरा
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको एक वर्ष पूरा भएको छ । गत वर्ष त्रिविका आंशिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियू निर्वाचन भएको थियो ।
बिम्स्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन : परराष्ट्रमन्त्री
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिम्स्टेकले सार्कलाई प्रतिस्थापन नगर्ने बताउनुभएको छ ।
मधेश प्रदेश सरकारमा एमाले सहभागी
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेलाई सरकारमा सहभागी गराउँदै सोमबार मन्त्रीपरिषद् पुर्नगठन गर्नुभएको छ ।
मनहरीमा रजैया दरदरा मोटरेवल पुलको शिलान्यास
मकवानपुरको मनहरी गाउँपालिका-९ र ५ जोड्ने रजैया दरदरा मोटरेवल पुलको शिलान्यास गरिएको छ । आज एक समारोहबिच बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले पुलको शिलान्यास गर्नुभएको हो ।
सुन तस्करी प्रकरण : गुरुङलाई धरौटीमा छाड्न आदेश
काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
जङ्गली हात्तीको आक्रमणबाट दुई घाइते
मोरङको सुन्दरहरैँचा नगरपालिका-६ मा जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो ।
‘सुन होस् कि सहकारी, निष्पक्ष छानबिन गर्नुपर्छ’
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपाली कांग्रेस सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा रहेको बताउनुभएको छ । संसद् भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
शुक्रबारबाट एक घण्टामा श्रम स्वीकृति
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताउनुभएको छ । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
एनआईएमबीलाई ईशान कप उपाधि
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआईएमबी) ले आरबीबीएल ईशान कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
धौवादी गाउँमा पहिलो पटक बिजुली बल्दा स्थानीय खुसी
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका-५ धौवादीमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ ।
एडिबीद्वारा श्रीलङ्कालाई १० करोड डलर ऋण
एसियाली विकास बैंक (एडिबी) ले सोमबार श्रीलङ्काका साना तथा मझौला उद्यमहरू (एसएमई) लाई वित्तमा थप पहुँच प्राप्त गर्न र आर्थिक सङ्कट तथा जलवायु परिवर्तनजस्ता बाह्य झट्काहरूसँग लचिलोपन बनाउन १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
नवनियुक्त मन्त्री मनाङेद्वारा शपथ ग्रहण
गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको शपथ लिनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार उहाँलाई मन्त्रीको नियुक्त गर्नुभएको थियो ।