राजनीतिक व्यक्ति नै भ्रष्टाचारमा मुछिने विकृति बढ्यो
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक व्यक्ति नै भ्रष्टाचार र अनियमिततामा मुछिने विकृति बढेको उल्लेख गर्नुहुँदै यसले जनतामा निराशा बढेको बताउनुभएको छ ।
‘सरकारले जनआकाङ्क्षा पूरा गर्ने गरी काम गर्नुपर्छ’
जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नयाँ गठबन्धन सरकारले मुलुक र जनताको आकाङ्क्षा पूरा गर्ने गरी काममा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
सरकारले सुशासन ल्याउने गरी काम गर्नुपर्नेमा सांसदको जोड
राष्ट्रिय सभाका सांसदहरूले सरकारले मुलुकमा सुशासन ल्याउनेगरी प्रभावकारी ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
जानकारी बिना गठबन्धन भत्काएकामा नेकपा एसका नेता पाण्डेको असन्तुष्टि
नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर जन्मिएको आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइकामा असन्तुष्टि प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने
नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । बुधबारको प्रतिनिधि सभामा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा
धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरस्थित भाटीघारी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ ।
‘सत्तारुढ गठबन्धनमा सहभागी हुँदैनौं’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्नुभएको छ ।
रास्वपाले भन्यो, ‘काम गर्न नसकेको दिन सरकारबाट आफैँ बाहिरिन्छौँ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले आफ्ना मन्त्रीहरुले काम गर्न नसकेको दिन सरकारबाट आफैँ बाहिरिने बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
हामी काम गर्न आएका हौँ : उपसभापति वाग्ले
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा जारी छलफलमा उहाँले रास्वपाले सार्वजनिक सेवा प्रवाहका लागि गठबन्धन गरेको स्पष्ट पार्नुभयो ।
कांग्रेससँग माओवादी केन्द्रको गठबन्धनमा गोत्र मिलेन
नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले कांग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र नमिलेको बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
पीएनजीले दियो नेपाललाई १७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य
हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा जितका लागि नेपाललाई पपुवा न्युगिनी (पीएनजी)ले एक सय ७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
राष्ट्रिय सभा बैठक सुरु
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । राष्ट्रिय सभाका नवनियुक्त अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार राष्ट्रिय सभाको पहिलो बैठक सञ्चालन गर्नुभएको हो ।
‘डेढ वर्षमा तीन पटक विश्वासको मत लिनुपर्ने अवस्था आयो’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताका प्रतिनिधिको सर्वोच्च थलो सदनमा सधैँ सत्ता र विपक्षका राजनीतिक कुरा मात्र होइन जनताका दैनिक सवालका विषयले पनि प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभएको छ ।
जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेण्डमै विस्फोट
जापानी कम्पनीले बनाएको रकेटले स्याटलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेण्डमै विस्फोट भएको छ ।
डढेलो नियन्त्रणमा आएन
जिल्लाको रिव्दीकोट–४, भैरवस्थान मन्दिरनजिक लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । दुई दिनदेखि मन्छिप सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा नआएको हो ।
नेपाल टस जितेर फिल्डिङमा
नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
अघिल्लो गठबन्धनमा समस्या आएपछि नयाँ गठबन्धन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सत्ता गठबन्धनमा समस्या परेकाले आफूहरूले नयाँ गठबन्धन बनाएको बताउनुभएको छ ।
साइकलमा ११ सय किलोमिटरको यात्रा
बाँकेका दुई युवाले महाकालीदेखि मेचीसम्मको साइकल यात्रा सुरु गर्नुभएको छ । बाँके खजुराका सतिश निरौला र नेपालगञ्जका रमेश मल्ल दुई जनाले एकसाथ चलाउन मिल्ने साइकलबाट पश्चिमको महाकाली नदीबाट साइकल यात्रा सुरु गर्नुभएको हो ।
सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई गाउँपालिकाको नगद उपहार
तनहुँको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्रालाई एक हजार नगद सहितको बैंक खाता उपहार दिने भएको छ ।
प्रकृति र संस्कृतिलाई घरवासमार्फत जोड्दै पसगाउँ
ढुङ्गैढुङ्गाले छपक्क छापिएको गाउँ जसको शिरमा क्होंमे्रडाँडा छ भने पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिला अनि फुक्दा भ्वाँभ्वाँ बज्ने प्राकृतिक बाजा । प्रकृतिले मात्रै नभइ संस्कृतिले पनि सजिएको ऐतिहासिक गाउँको पहिचान बनाएको छ लमजुङको क्हेलासोँथर गाउँपालिका–६ स्थित पसगाउँ ।
संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोपका लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताउनुभएको छ ।
निरन्तरको प्रयासले आर्थिक सूचक सकारात्मक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताउनुभएको छ ।
राष्ट्रिय स्तरको स्वास्थ्य पुनर्स्थापना केन्द्र नहुँदा उपचारमा समस्या
राष्ट्रिय स्तरको स्वास्थ्य पुनर्स्थापना केन्द्र नहुँदा दुर्घटनामा अङ्गभङ्ग भएका बिरामीको उपचारमा समस्या देखिएको छ । मुख्य गरी दुर्घटनामा परेर अङ्गभङ्ग भएकाहरुको उपचारसँगै शारीरिक व्यायाम अभ्यास गराएर गराइने उपचारमा समस्या देखिएको हो ।
कार्यव्यवस्था परामर्श समिति बैठक
प्रतिनिधिसभामा प्रधानमन्त्रीले आज लिनुहुने विश्वासको मत र आगामी १५ दिनका लागि सभाको कार्यतालिका तर्जुमाका विषयमा सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।