पहिरोले लोकमार्ग र बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले लमजुङ खण्डमा पर्ने मध्यपहाडी लोकमार्गको लमजुङ–पोखरा सडकखण्ड र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
घाइते सेनाको छाउनी अस्पतालमा उपचार हुँदै
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई र बारा जितपुर सिमरा उपमहानगरपालिका २२ चुरियामाई स्थित पूर्व पश्चिम सडक खण्डमा मङ्गलबार दिउँसो नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा घाइते हुनुभएका १७ जनाको हेटौँडा अस्पताल र काठमाडौँको छाउनी अस्पतालमा उपचार भइरहेको छ।
कालीगण्डकी नदी र जोमसोम बजार
मुस्ताङको घरपझोङ गाउँपलिका–४, जोमसोम बजार छेउबाट बगेको कालीगण्डकी नदी । यतिबेला असोज लागेसँगै कालीगण्डकी नदीको सतह ह्वात्तै घटेको छ ।
बैतडीको सुर्नया नदीमा किशोरी मृत फेला
बैतडी जिल्लाको सुर्नया गाउँपालिका–५, नौघरकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।
लमजुङमा दुई महिनामा ९३ जना डेङ्गु सङ्क्रमित भेटिए
लमजुङमा डेङ्गु सङ्क्रमणको जोखिम बढ्दै गएको छ । सदरमुकामसहित जिल्लाका विभिन्न भागमा डेङ्गु संक्रमितहरु बढ्दै गएका हुन् ।
विश्वकर्माको स्मरणमा पुजिदै सवारी साधन (फोटो फिचर)
आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदैछ ।
बागमती प्रदेश सचिव बैठक : आन्दोलनबाट भएको क्षतिको विवरण पेस गर्न निर्देशन
बागमती प्रदेशमा सम्पन्न भएको सचिवहरूको बैठकले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा मन्त्रालय, निकाय तथा मातहतका कार्यालयहरूमा भएको क्षतिको विस्तृत विवरण असोज ५ गतेभित्र अनिवार्य रुपमा पेस गर्न निर्देशन दिएको छ ।
रौतहटका चार स्थानीय तहको आर्थिक कारोबार बन्द
रौतहटका चार वटा स्थानीय तहको आर्थिक कारोबार बन्द भएको छ ।
नयाँ बसपार्कमा यात्रुको घुइँचो बढ्दै
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो ।
उपभोक्ताको रुचिमा कर्णालीको स्याउ
हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको रुचिमा परेकोे छ । यतिबेला पश्चिम नेपालका नेपालगञ्ज, कोहलपुर, सुर्खेत, दाङ र बुटवलका चोक–चोकमा सजाएर राखिएको कर्णालीको जुम्ली स्याउले जो कोहीको मन तान्ने गरेको छ ।
मन्त्री घिसिङद्वारा जलेका सवारीसाधन व्यवस्थापन गर्न निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।
बाँकेमा दुई प्रजातिका जङ्गली धान फेला
बाँकेका विभिन्न पानी जम्ने खाल्डा, नाला, तलाउ तथा जलीय कुण्डमा पाइएका जङ्गली धानको प्रजातिको पहिचान भएको छ ।
सुनको मूल्य तोलामा एक हजार घट्यो
आज सुनको मूल्य तोलामा एक हजार घटेको छ । आजका लागि सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला रु दुई लाख १७ हजार १०० को कीर्तिमानी मूल्यमा किनबेच भएको थियो ।
टी–२० एसिया कप : अफगानिस्तानमाथि बङ्गलादेशको रोमाञ्चक जित
जायद क्रिकेट रङ्गशालामा मङ्गलबार राति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई आठ रनले हरायो ।
सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाईंदै
सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लाहरूमा आज धार्मिक श्रद्धा र सांस्कृतिक उत्साहका साथ बुढी पोल्ने पर्व मनाइँदैछ ।
सुस्तामा बाढी पस्न थाल्यो
पश्चिम नवलपरासीको सुस्तामा बाढी पस्न थालेको छ । हिजोदेखिको अविरल वर्षाका कारण नारायणी नदीको जल सतह खतराको तहनजिक पुगेको छ । सुस्ता गाउँपालिका वडा –५ स्थित नारायणीपारीको सुस्ता गाउँको थारुटोलमा बाढी पसेको हो ।
श्रीलङ्कामा पर्यावरण संरक्षणका लागि चार प्रकारका माछामा प्रतिबन्धित
श्रीलङ्काले आफ्ना नदी र तालमा हुने असर रोक्न चार प्रकारका विदेशी माछामा प्रतिबन्ध लगाउने भएको छ ।
जुवा प्रतिबन्धपछि भारतीय खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै
भारतमा अनलाइन जुवामा गरिएको प्रतिबन्धले सयौँ करोड प्रयोगकर्तालाई सेवा दिने अर्बौं डलरको उद्योग बन्द गराएको छ र राष्ट्रिय क्रिकेट टोलीको प्रायोजनसमेत प्रभावित पारेको छ ।
युरोपमा यस गर्मी १६ हजार ५ सय मृत्यु जलवायु परिवर्तनसँग जोडिएको
मानव-सिर्जित जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यो गर्मीमा युरोपेली सहरमा करिब १६ हजार पाँच सय मानिसको मृत्यु भएको वैज्ञानिकहरूले बुधबार अनुमान गरेका छन् ।
कोराला नाका सञ्चालनले व्यवसायी उत्साही
मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबिचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् ।
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण बन्द भएको शेयर कारोबार यही असोज २ गते बिहीबारदेखि पुनः सुरु हुने भएको छ ।
पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’
यहाँस्थित सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
केरा नबिक्दा किसान मर्कामा
केरा खेतीका लागि उत्कृष्ट बन्दै गएको बर्दिया जिल्लामा बजार व्यवस्थापन नहुँदा किसानहरू मर्कामा परेका छन् ।
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।