• १ असोज २०८२, बुधबार

टी–२० एसिया कप : अफगानिस्तानमाथि बङ्गलादेशको रोमाञ्चक जित

blog

बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तानका खेलाडी । तस्बिर : एएफपी/रासस

काठमाडौँ, असोज १ गते । बङ्गलादेशले युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटमा दोस्रो जित निकालेको छ ।

जायद क्रिकेट रङ्गशालामा मङ्गलबार राति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई आठ रनले हरायो । यससँगै तेस्रो खेलमा दोस्रो जित निकालेको बङ्गलादेशले चार अङ्कसहित समूह ‘बी’ को दोस्रो स्थानमा छ ।

पहिलो हार खेपेको बङ्गलादेशले दुई खेलबाट दुई अङ्क बनाएको छ । दुवै टोलीको सुपर चार पुग्ने सम्भावना जिवित छ । जितका लगि एक सय ५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा सवै विकेटको क्षतिमा एक सय ४६ रनमा समेटिएको थियो ।

अफगानिस्तानका लागि रहमानउल्लाह गुरबाजले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै आज्मतुल्लाह ओमरजाईले ३०, कप्तान राशिद खानले २०, गलबदिन नइमले १६, मोहम्मद नबीले १५ र नुर अहमदले १४ रन जोड्नुभयो ।

बलिङमा बङ्गलादेशका लागि मुस्ताफिजुर रहमानले तीन विकेट लिनुभयो । यस्तै नासुम अहमद, राशिद हुसेन र तस्किन अहमदले दुई दुई विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो । बङ्गलादेशका लागि तान्जिद हसनले सर्वाधिक ५२ रन बनाउनुभयो । 

यस्तै सैफ हसनले ३०, तोविड हृदयले २६, जाकिर अली र नुरुल हसनले अविजित १२ र शमिम होसैनले ११ रन बनाउनुभयो । बलिङमा अफगानिस्तानका राशिद खान र नुर अहमदले दुई दुई तथा अज्मतुल्लाह ओमरजाईले एक विकेट लिनुभयो । एजेन्सी