एन्फालाई एएफसीको १० हजार डलर जरिवाना
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई एसियाली फुटबल महासङ्घ (एएफसी) ले १० हजार अमेरिकी डलर (करिव १४ लाख रुपियाँ) जरिवाना गरेको छ ।
विश्वभर १४६ भूमि तथा वातावरण रक्षकको मृत्यु : ग्लोबल विटनेस प्रतिवेदन
सन् २०२४ मा विश्वभर १४६ जना भूमि र वातावरण संरक्षणमा लाग्ने व्यक्तिहरूको हत्या भएको छ ।
गाजा सहर छोड्न नयाँ सुरक्षित मार्ग खुलाः इजरायली सेना
इजरायली सेनाले बुधबार गाजा सहरबाट मानिसलाई भाग्न दिनका लागि अस्थायी नयाँ मार्ग खोलिएको घोषणा गरेको छ ।
बेलायतको मूल्यवृद्धि दर यथावत्, आर्थिक वृद्धि चुनौतीपूर्ण
बेलायतमा अगस्ट महिनामा उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) अघिल्लो महिनासरह स्थिर रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
अफगान बालबालिकाको अवस्था दयनीय, सहयोग अत्यावश्यक
संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले अफगानिस्तानका बालबालिका निरन्तर सङ्कटमा फसेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।
नाइजरको बप्तिस्मा समारोहमा आक्रमण, २२ जनाको मृत्यु
मोटरसाइकलमा आएका बन्दुकधारीले पश्चिमी नाइजरमा २२ जना गाउँलेलाई गोली हानी हत्या गरेका छन् । मारिने मध्ये धेरै बप्तिस्मा समारोहमा सहभागी रहेका थिए ।
जलवायु परिवर्तन नियन्त्रणका लागि इराकले लगानी बढाउँदै
इराक सरकारले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्नका लागि सन् २०२५ देखि २०३० सम्म लागु हुने जलवायु लगानी योजना (सिआइपी)को पहिलो चरण घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको सन् २०२६ बजेटमा १५% कटौती प्रस्ताव
महासचिव एन्टोनियो गुटेरेसले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको नियमित बजेटमा १५ प्रतिशत कटौती गर्ने प्रस्ताव गर्नु भएको छ ।
मनकामना केबलकार सञ्चालन
केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो।
बाँकेमा आगजनी र तोडफोड गर्ने दुई जना पक्राउ, अन्यको खोजी
भदौ २४ गते भएको जेनजी आन्दोलनको बेला नेपालगन्जका सरकारी कार्यालयहरूमा आगजनी, तोडफोड र लुटपाट गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ।
पाथीभरामा भदौ महिनामा दश लाख भेटी सङ्कलन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा भदौ महिनामा करिव दश लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार एक महिनाको अवधि अर्थात भदौमा उक्त भेटी रकम सङ्कलन भएको हो।
पहिरोले झोलुङ्गे पुलमा क्षति
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोले झोलङ्गे पुलमा क्षति पुर्याएको छ। पछिल्लो केहीयता हुँदै आएको निरन्तरको वर्षाका कारण गएको पहिरोले वडा ४ साँघु र वडा ५ फाकुम्बा जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको हो।
गाजा सहरमा आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिन सहायता समूहको आग्रह
संयुक्त राष्ट्रसङ्घका विज्ञहरूको आयोगले गाजामा इजरायलले नरसंहार गरिरहेको निष्कर्ष निकालेपछि प्रमुख सहायता समूहहरूको गठबन्धनले बुधबार अन्तर्राष्ट्रिय समुदायलाई गाजा सहरमा इजरायलको आक्रमण रोक्न कडा कदम चाल्न आग्रह गरेको छ ।
गाजा सहरबाट करिब ४८ हजार मानिस विस्थापित : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय (ओसिएचए) का अनुसार गाजा सहरमा हालैका दिनमा भएसँगैको स्थल कारबाहीका कारण करिब ४८ हजार प्यालेस्टिनी नागरिकले दक्षिणतर्फ सरेका छन् ।
जेनजी सहिदको सम्मानमा जेनजी मार्ग नामाकरण
कैलालीको धनगढी उपमहानगरपालिकाले जेनजी आन्दोलनका सहिदको सम्मानमा धनगढीको एक सडकलाई जेनजी मार्ग नामाकरण गर्ने भएको छ।
चाडपर्व लक्षित सहुलियत पसल सुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सुपथ मूल्यको सहुलियत पसल धनगढीमा सञ्चालनमा ल्याएको छ ।
माल्दिभ्सको संसदमा मिडिया नियमन विधेयक पारित, प्रेस स्वतन्त्रतामा गम्भीर चिन्ता
माल्दिभ्सको संसदले प्रेस स्वतन्त्रतामा ठुलो असर पार्ने आशङ्काबिच पत्रकार र मिडिया संस्थालाई नियमन गर्ने नयाँ कानून पारित गरेको छ ।
एसियाड सहभागिताका लागि ३२ खेलको सुची दर्ता
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार प्रेश विज्ञप्ती जारी गरी ३२ खेलको सुची दर्ता गरिएको उल्लेख गरेको छ । एनओसीका महासचिव राजिव श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तीअनुसार यसअघि दर्ता गरिएको सुचीमा फुटबल र तेक्वान्दो खल थप गरिएको हो ।
उपभोग्य वस्तुको मूल्य बढ्याे, स्थानीय आन्दोलित
जेनजी आन्दोलनको कारण महँगी बढन थालेपछि स्थानीयवासीमा चिन्ता छाएको छ । जेनजी आन्दोलनले पूर्वी नवलपरासीमा बजारमा २० प्रतिशत माथि महँगी बढेको स्थानीयबासीको भनाइ छ ।
गाजामा इजरायली आक्रमणअघि अमूल्य पुरातात्त्विक सम्पदाको उद्धार
नौ घण्टासम्मको उग्र वार्ता, इन्धन अभावबिच ट्रक खोज्ने अन्तिम क्षणको प्रयास र खुला फ्ल्याटबेड ट्रकमा छ घण्टासम्मको उन्मत्त प्याकिङपछि सहायता कार्यकर्ताले इजरायली आक्रमणअघि गाजाको गोदामबाट हजारौँ अमूल्य कलाकृति उद्धार गरेका थिए ।
अमेरिकी कर नीतिका कारण जापानी निर्यातमा १४% गिरावट
अगस्ट महिनामा अमेरिकातर्फ जापानको निर्यात करिब १४ प्रतिशतले घटेको छ ।
जेनजी सहिदको सम्मानमा राष्ट्रिय झन्डा झुकाइयो (फोटो फिचर)
जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार सरकारले आधा झण्डा झुकाउँदै शोक मनाएको छ।
चार हजार ४८७ जनामा डेङ्गु पुष्टि, गण्डकीमा सबैभन्दा बढी
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार देशका ७४ जिल्लाबाट चार हजार ४७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि हुनुका साथै दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ।
बिषालु च्याउ खाँदा छ जना बिरामी
गुल्मीको गुल्मी दरबार गाउँपालिका–१, बलिथुम बजारमा जङ्गलबाट ल्याएको बिषालु च्याउ खाँदा एकै परिवारका पाँच जनासहित छ जना बिरामी परेका छन्।