गुल्मीको किसानटारी विद्युत सवस्टेशन सञ्चालन
गुल्मीको मालिका गाउँपालिका–८ मा रहेको ३३/११ के.भी किसानटारी सवस्टेशन सञ्चालनमा आएको छ । विद्युत प्राधिकरणको योजना तथा प्राविधिक सेवा विभाग मार्फत तीन एम.भी.ए. क्षमताको किसानटारी सवस्टेशन निर्माण सम्झौता भएको नौ वर्षमा सञ्चालनमा आएको हो ।
सुनसान ‘कर्लिम गाउँ’
“यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै रित्तिए, दुःख पर्दा सहायता दिने छिमेकी पनि छैनन्”, बागलुङ काठेखोला गाउँपालिका–५ कर्लिमका तिलबहादुर कँडेल भन्नुहुन्छ । उहाँलाई अचेल एक्लो महसुस हुँदै गएको छ ।
धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी
विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालमा नेपालमै एक मात्र टक काट्ने स्थल भोजपुरको ऐतिहासिक टक्सार बजार स्थापना गरिएको इतिहास छ । यो सहरका मुख्य पहिचानका रूपमा यहाँ ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्त्वका मठमन्दिरहरू रहेका छन् ।
सर्लाही दमकल विहीन !
जेनजी प्रदर्शनका क्रममा आगजनी हुँदा सर्लाहीको हरिवन नगरपालिकाको दमकल क्षतिग्रस्त बनेको छ । सर्लाही जिल्लाभर र छिमेकी महोत्तरी तथा रौतहट जिल्लामा समेत आगलागी नियन्त्रण गर्न पुग्ने दमकल आगजनीपछि प्रयोग गर्नै नमिल्ने बनेको हो ।
सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता चौरसिया
अभिनयमा अब्बल मानिने कलाकारमै पर्नुहुन्छ अभिनेता कामेश्वर चौरसिया । झन्डै दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर मधेसको पर्साबाट काठमाडौँ आइपुग्नुभएका अभिनेता चौरासियाले मुख्य भूमिका प्राप्त गर्न सत्र वर्ष प्रतीक्षा गर्नुपर्यो।
कालीगण्डकी करिडोरः २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ ।
यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
ओसिएमसीबाट ८५ जना हिंसा पीडितले लिए सेवा
लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट गत आर्थिक वर्ष २०८१/०८२ मा ८५ जना पीडितले निःशुल्क सेवा लिएका छन् ।
दमक नगरपालिकाका प्रमुख प्रशासकीय भवनमा २३ करोडको क्षति
जेनजी प्रदर्शनका क्रममा झापाको दमक नगरपालिकामा ठुलो भौतिक क्षति पुगेको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार प्रहरीसहितको उपस्थितिमा गरिएको क्षति मूल्याङ्कन अनुसार २३ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।
जिल्ला कारागार बैतडीका ५८ जना कैदी नियन्त्रणमा, चार अझै फरार
जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते बैतडी कारागारबाट भागेका ६२ जना कैदीबन्दीमध्ये ५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँमा आजबाट नागरिकता प्रदान गरिने
जिल्ला प्रशासन कार्यालय तनहुँले बिहीबारबाट नेपाली नागरिकताको प्रमाणपत्र तथा प्रतिलिपी सेवा सुरु गर्ने भएको छ । ‘जेनजी’ आन्दोलनले कार्यालय गत मङ्गलबार पूर्ण रुपमा ध्वस्त भएकोले अवरुद्ध भएको काम आजबाट आंशिस रुपमा सुरु गर्ने भएको हो ।
नयाँ स्पर जातका स्याउ सिफारिस
जुम्लामा रहेको बागवानि अनुसन्धान केन्द्र राजिकोटले तीन वटा नयाँ स्पर जातको स्याउ सिफारिस गरेको छ । करिब १० देखि १२ वर्षको लामो अनुसन्धानपछि तीन वटा नयाँ स्पर जातको स्याउ सिफारिस गरेको हो ।
जेनजी प्रदर्शन : वन डिभिजन कार्यालयमा एक करोड ७१ लाखभन्दा बढीको क्षति
जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटबाट वन डिभिजन कार्यालय सप्तरी राजविराजमा ठुलो क्षति भएको छ ।
जेनजी प्रदर्शनमा इश्वतको ज्यान गुमेपछि भानुवासी शोकमा
जेनजी प्रदर्शनका क्रममा तनहुँको भानु नगरपालिका निवासी एक युवकको मृत्यु भएपछि भानुवासी मर्माहत भएका छन् ।
बडिगाडलाई पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा गर्ने तयारी
पश्चिम बागलुङको बडिगाड गाउँपालिकाका ६२ टोल पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा भएका छन् । भिमगिठे र खहरे टोललाई पूर्ण सरसफाई तथा पोषणमैत्री घोषणा गरिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २१ पैसा र बिक्रीदर १४० रुपियाँ ८१ पैसा निर्धारण गरिएको छ ।
स्थापना दिवसमा रक्तदाता सम्मानित
ताप्लेजुङमा करिब ४ वर्षको अवधिसम्म रक्तदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको छ । ताप्लेजुङमा नेपाल रेडक्रस सोसाइटीको शाखा स्थापना भएको ५० औँ वर्ष प्रवेश गरेको अवसरमा रक्तदातालाई सम्मान गरिएको हो ।
रुकुमपूर्व–बागलुङ सीमा क्षेत्रमा ४.६ रेक्टरको भूकम्प
रुकुम पूर्वको पातीहाल्ने भञ्ज्याङ आसपास बागलुङ–रुकुमपूर्व सीमाक्षेत्रमा सोमबार साँझ ८ बजेर २५ मिनेटमा ४.६ स्थानीय परिमाण (एमएल) को भूकम्प गएको छ।
एमाले युवाको पार्टी हो : महासचिव पोखरेल
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पार्नुभएको छ। एमालेका केन्द्रीय विभागको बैठकलाई आज सम्बोधन गर्दै उहाँले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताउनुभयो।
जनमत पार्टीका पदाधिकारद्वारा अध्यक्षको राजीनामा माग
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जयकुमार यादवलगायतका ६ नेताले आज सामूहिक हस्ताक्षर गरी २४ घण्टाभित्र राजीनामा माग गरेका हुन्।
जेनजी आन्दोलनका दिवंगतको सम्झनामा महासंघको दीप प्रज्वलन
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको आयोजनामा गत २३ र २४ गते भएको भ्रष्टाचार विरूद्वको आन्दोलनका क्रममा दिवंगत भएकाको सम्झनामा दीप प्रज्वलन गरिएको छ।
‘जेनजी’ प्रतिनिधिसँग आदिवासी अगुवाको छलफल
नेपाल आदिवासी जनजाति महासङ्घले ‘जेनजी’ प्रतिनिधिहरुसँग छलफल गरेका छन् ।
पेरिसको म्युजियमबाट छ लाख युरो बराबरको सुनबाट निर्मित बहुमूल्य कला चोरी
पेरिसस्थित एक ‘नेचुरल हिस्ट्री म्युजियम’बाट छ लाख युरो (सात लाख अमेरिकी डलर) मूल्य बराबरको सुनका वस्तु चोरी भएका सङ्ग्रहालयले बुधबार जानकारी गराएको छ ।
बाढीले पन्जाबको अन्न भण्डार ध्वस्त, किसान सङ्कटमा
खेत पानीले भरिएका छन् तर धान खैरो र सुकेको छ । सडेको बाली र गाईबस्तुको दुर्गन्धले हावा गन्हाएको छ । यस वर्षको रेकर्ड मनसुनी वर्षाले भारतको अन्न भण्डार पञ्जाबलाई तहसनहस पारेको छ ।