अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस
‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् (अस्कर अवार्ड)’मा नेपालको प्रतिनिधित्व चलचित्र ‘अञ्जिला’ले गर्ने भएको छ ।
टी–२० एसिया कप : युएईलाई हराउँदै पाकिस्तान सुपर चारमा
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार राति भएको खेलमा पाकिस्तानले घरेलु टोली युएईलाई ४१ रनले हरायो ।
अस्ट्रेलियाको नयाँ लक्ष्य : सन् २०३५ सम्ममा ६२ देखि ७० प्रतिशत उत्सर्जन कटौती
अस्ट्रेलियाले सन् २०३५ सम्ममा आफ्नो हरितगृह ग्यास उत्सर्जनलाई सन् २००५ को स्तरभन्दा ६२ प्रतिशतदेखि ७० प्रतिशतसम्म कम गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ ।
दुर्घटनामा दुई जनाको मृत्यु, २२ जना घाइते
यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छभने २२ जना घाइते भएका छन् ।
कल्भर्ट निर्माण योजना अलपत्र
सल्यानका दुई स्थानमा कल्भर्ट निर्माण योजना अलपत्र पर्दा सवारीसाधन आवतजावतमा समस्या भएको छ ।
शाही स्वागतपछि ट्रम्प-स्टार्मर भेट : प्राविधिक साझेदारीदेखि कठिन राजनीतिक छलफलसम्म
शाही स्वागतपछि अब राजनीति केन्द्रमा आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायती प्रधानमन्त्री किर स्टार्मरसँग भेट गर्दै हुनुहुन्छ । भेटमा प्राविधिक लगानी, इस्पात शुल्क र जटिल कूटनीतिक मुद्दा एजेन्डामा छन् ।
साफ यु–१७ च्याम्पियनसिप : नेपाल आज बङ्गलादेशसँग भिड्दै
श्रीलङ्कामा जारी साफ यु–१७ च्याम्पियनसिपमा नेपालले बिहीबार (आज) बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
सडक मर्मतको नाममा अनियमितता
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा ४ र ३ अन्तर्गत पर्ने विशाल चौकदेखि राजविराजसम्म सडक निर्माणको नाममा लाखौं रकमको अनियमितता गरेको स्थानीयले आरोप लगाएका छन् ।
बर्दिया निकुञ्जमा जिप सफारी खुला
बर्दिया राष्ट्रिय निकुञ्जमा गत साउन महिनादेखि बन्द भएको जिप सफारी खुला गरिएको छ । चाडबाडको समयमा निकुञ्ज घुम्न आउने पर्यटकलाई मध्येनजर गर्दै निकुञ्जले जिप सफारी खुला गरेको हो ।
चुनौतीभित्र अवसर पनि छ : महान्यायाधिवक्ता भण्डारी
नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी बराल कानुन व्यवसायी भएर ४० वर्षभन्दा कामभन्दा बढी काम गर्नुभयो । विसं २०१७ पुस ६ गते राजविराजमा जन्मिनुभएकी वरिष्ठ अधिवक्ता भण्डारीको कानुन व्यवसायमा सक्रिय हुनुहुन्थ्यो ।
लगातार नकारात्मक सर्किट लागेपछि शेयर कारोबार स्थगित
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले ओरालो लागेपछि आजका लागि बजार बन्द भएको छ ।
उच्च मनोबलका साथ काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय जानु भई जेनजी आन्दोलनका क्रममा भएका क्षतिका बारेमा जानकारी लिनुभएको छ । सो अवसरमा उहाँले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबिच फोनवार्ता
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोनवार्ता भएको छ ।
इजरायल-कतार युद्धपछि साउदी-पाकिस्तानबिच आपसी रक्षा सम्झौता, आणविक छायामा नयाँ समीकरण
साउदी अरब र आणविक शक्ति सम्पन्न पाकिस्तानले आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार कुनै पनि देशमाथि भएको आक्रमणलाई दुवैमाथि भएको आक्रमण मानिने छ ।
सिदिङ्वा गाउँपालिकाले दसैँअघि भुक्तानी गर्न नसक्ने
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले दसैँअघि कुनै पनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको छ ।
फ्रान्समा हड्ताल, नयाँ प्रधानमन्त्रीको बजेट योजनामा चुनौती
बजेट कटौतीको विरोधमा सबै प्रमुख ट्रेड युनियनले आह्वान गरेको हड्ताल र सडक प्रदर्शन बिहीबार फ्रान्सभरि हुने अपेक्षा गरिएको छ ।
जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको शोकमा थाक खेलकुद स्थगित
जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको शोकमा थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घको गरेको ५२ औं संस्करणको खेलकुद तथा सांस्कृतिक कार्यक्रम स्थगित भएको छ ।
गैडहवा तालमा डुबेर दुईको मृत्यु
रुपन्देहीको गैडहवा तालमा पौडी खेल्दा स्थानीय दुई युवकको डुबेर मृत्यु भएको छ ।
जनतालाई महसुस हुने गरी सुरक्षा व्यवस्था सुदृढ पार्न निर्देशन
सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सीमामा उच्च सतर्कता अपनाउँदै समग्र जिल्लाको सुरक्षा व्यवस्था सुदृढ पार्न निर्देशन दिनुभएको छ ।
ताराखोलामा स्याउ खेतीको परीक्षण सफल
बागलुङको ताराखोला गाउँपालिकामा स्याउ खेतीको परीक्षण सफल भएको छ । ताराखोला गाउँपालिका–५ ठुलो हिलेको विभिन्न ठाउँमा परीक्षणका लागि उच्च घनत्वको स्वाउको बिरुवा रोपिएको थियो । दुई वर्षअघि रोपेको स्याउका बिरुवामा यस सयदेखि फल लाग्न थालेको हो ।
तनहुँमा बेवारिसे अवस्थामा घाइते फेला
तनहुँको व्यास नगरपालिका–५ कन्टारमा बेवारिसे घाइते फेला परेका छन् । नामथर नखुलेको ३५–४० वर्षका पुरुष लडी अचेत भएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
सलसेनामा पुनः पहिरो : महाकाली लोकमार्ग अवरुद्ध
बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–५ स्थित सलसेनामा पुनः पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । गएराति भीषण वर्षापछि सडक खण्डमाथिबाट खसेको पहिरोका कारण सवारी साधनहरू आवतजावत गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन
भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई रु ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै
विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ ।