कास्कीका २७ प्रहरी कार्यालयमा क्षति
गण्डकी प्रदेशको राजधानीसमेत रहेको कस्कीको पोखरा महानगरमा रहेका २७ प्रहरी कार्यालयमा जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट भएको छ ।
जेनजी आन्दोलनका शहीदप्रति लुम्बिनी प्रदेश सरकारद्वारा श्रद्धाञ्जली
लुम्बिनी प्रदेश सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
पहिरोले ११ परिवार विस्थापित, १२ घर जोखिममा
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोका कारण ११ परिवार विस्थापित भएका छन् भने १२ घर उच्च जोखिममा परेका छन् ।
नौ वर्षपछि जन्म र मृत्युमा खाद्यन्न
कार्यक्रम लागू भएको नौ वर्षपछि सरकारले जन्म र मृत्युमा उपलब्ध गराउने खाद्यान्न सहयोग अब हुम्लाका दुई गाउँपालिकाका स्थानीयले पनि पाउने भएका छन् ।
कर्णाली राजमार्गको गगनेखोलामा पहिरो जाँदा यातायात अवरुद्ध
कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक खण्डको कालीकोटको गगनेखोलामा गएको पहिरोका कारण राजमार्ग फेरि पूर्णरूपमा अवरुद्ध भएको छ ।
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण बन्द भएको शेयर कारोबार यही असोज २ गते बिहीबारदेखि पुनः सुरु हुने भएको छ ।
तनहुँ कारागारमा कैदीबन्दी फाइलदेखि अभिलेखसम्म जलेर नष्ट
जेनजी आन्दोलनको क्रममा तनहुँ जिल्ला कारागारमा भएको आगजनीका कारण महत्त्वपूर्ण कागजात पूर्ण रूपमा जलेर नष्ट भएको पाइएको छ ।
गुल्मीका चार स्थानमा चाडपर्व लक्षित सहुलियत मूल्य पसल
नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम र खाद्य व्यवस्था एवम् व्यापार कम्पनी लिमिटेडको निर्णय अनुसार देशमा विभिन्न स्थानमा सहुलियत मूल्य पसल सञ्चालन भएका छन् ।
गुल्मीमा कालीगण्डकी करिडोरसहित विभिन्न सडक अवरुद्ध
गुल्मीमा कालिगण्डकी करिडोरसहित विभिन्न चार सडक अवरुद्ध भएका छन् । वर्षाका करण यस जिल्लाका विभिन्न चार सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अझै हुन् सकेन सेवा प्रारम्भ
आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका कारण क्षति पुगेका रौतहटका पाँच वटा स्थानीय तहको सेवा अझै सुचारु हुन् सकेको छैन ।
विश्वकर्मा पूजा : बिहानैदेखि पूजा सामग्रीको राम्रो व्यापार
सर्लाहीका बजारमा बुधबार बिहानैदेखि विश्वकर्मा पूजामा प्रयोग हुने सरसामग्रीको उल्लेख्य रुपमा व्यापार भइरहेको छ ।
नख्खु र झुम्का कारागारबाट फरार कैदी पाँचथरमा पक्राउ
जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका चार जना कैदी पाँचथरमा पक्राउ परेका छन् ।
अवैध दोहन रोक्न जुट्यो सहमति, खुल्यो गाउँपालिकाको ताला
बडिगाड खोलामा भइरहेको अवैध रोक्न र दोहनमा संलग्नलाई कारबाही गर्ने सहमतिपछि बडिगाड गाउँपालिकामा लागेको ताला तीन दिनपछि खुलेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ५९ पैसा र बिक्रीदर १४१ रुपियाँ १९ पैसा निर्धारण गरिएको छ ।
ताप्लेजुङमा दुई महिनादेखि उडान ठप्प
ताप्लेजुङको सुकेटार विमान स्थलमा करिब दुई महिनादेखि हवाई उडान ठप्प भएको छ । गत साउन ५ गतेदेखि ताप्लेजुङमा मौसम प्रतिकुल भएकाले हवाई उडान प्रभावित हुँदै आइरहेको छ ।
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाउने
लुम्बिनी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले संविधान दिवस औपचारिक कार्यक्रम गरेर मनाउने निर्णय गरेको निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिनुभएको छ ।
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ः०० बजेदेखि राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
फुङ्लिङ र सिदिङ्वाको सेवा एक सातादेखि प्रभावित
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिदिङ्वा सिदिङ्वा गाउँपालिकाको सेवा विगत एक सातादेखि प्रभावित हुँदै आएको छ।
तत्काल संसद चल्दैनः सभामुख भण्डारी
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले जेनजी आन्दोलनको क्रममा प्रदेशसभा भवनसहित सचिवालयमा अत्यधिक क्षति भएकाले तत्काल संसद नचल्ने बताउनुभएको छ ।
फालेलुङमा पहिरोले पाँच परिवार विस्थापित
सोमबार साँझदेखिको लगातारको वर्षासँगै गएको पहिरोले पाँचथरको फालेलुङ ३ दाङलेक्पाका पाँच परिवार विस्थापित भएका छन्।
बडादसैँको शुभ साइत असोज १६ गते बिहान ११ः५३ बजे
विजया दशमीको टीकाको शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ः ५३ बजे तोकिएको छ।
सरसफाइ गरेर छिटो सेवा दिन निर्देशन
जेनजी आन्दोलनको क्रममा आगजनी भएका सरकारी कार्यालय सकेसम्म छिटो सरसफाइ गरेर जनतालाई सेवा दिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले कर्मचारीलाई निर्देशन दिनुभएको छ।
राष्ट्रिय झन्डा ओढाएर जेनजी सहिदको अन्त्येष्टि (फोटो फिचर)
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदको अन्त्येष्टि गरिएको छ। नेपाल सरकारका मन्त्रीले राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो।
राजनीतिक दलको कार्यालय तोडफोड हुँदा ८४ लाख क्षति
जेनजी आन्दोलनका क्रममा ताप्लेजुङमा चार राजनीतिक दलको कार्यालय तोडफोड हुँदा करिब चौरासी लाख रुपियाँ बराबरको क्षति भएको छ । जेनजी आन्दोलनका नाममा गएको मङ्गलबार राति गरिएको पार्टी कार्यालय तोडफोडबाट चार राजनीतिक दलको मात्र उक्त रकम बराबरको क्षति भएको हो ।