ताप्लेजुङमा दुई महिनादेखि उडान ठप्प
ताप्लेजुङको सुकेटार विमान स्थलमा करिब दुई महिनादेखि हवाई उडान ठप्प भएको छ । गत साउन ५ गतेदेखि ताप्लेजुङमा मौसम प्रतिकुल भएकाले हवाई उडान प्रभावित हुँदै आइरहेको छ ।
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाउने
लुम्बिनी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले संविधान दिवस औपचारिक कार्यक्रम गरेर मनाउने निर्णय गरेको निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिनुभएको छ ।
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ः०० बजेदेखि राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
फुङ्लिङ र सिदिङ्वाको सेवा एक सातादेखि प्रभावित
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिदिङ्वा सिदिङ्वा गाउँपालिकाको सेवा विगत एक सातादेखि प्रभावित हुँदै आएको छ।
तत्काल संसद चल्दैनः सभामुख भण्डारी
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले जेनजी आन्दोलनको क्रममा प्रदेशसभा भवनसहित सचिवालयमा अत्यधिक क्षति भएकाले तत्काल संसद नचल्ने बताउनुभएको छ ।
फालेलुङमा पहिरोले पाँच परिवार विस्थापित
सोमबार साँझदेखिको लगातारको वर्षासँगै गएको पहिरोले पाँचथरको फालेलुङ ३ दाङलेक्पाका पाँच परिवार विस्थापित भएका छन्।
बडादसैँको शुभ साइत असोज १६ गते बिहान ११ः५३ बजे
विजया दशमीको टीकाको शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ः ५३ बजे तोकिएको छ।
सरसफाइ गरेर छिटो सेवा दिन निर्देशन
जेनजी आन्दोलनको क्रममा आगजनी भएका सरकारी कार्यालय सकेसम्म छिटो सरसफाइ गरेर जनतालाई सेवा दिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले कर्मचारीलाई निर्देशन दिनुभएको छ।
राष्ट्रिय झन्डा ओढाएर जेनजी सहिदको अन्त्येष्टि (फोटो फिचर)
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदको अन्त्येष्टि गरिएको छ। नेपाल सरकारका मन्त्रीले राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो।
राजनीतिक दलको कार्यालय तोडफोड हुँदा ८४ लाख क्षति
जेनजी आन्दोलनका क्रममा ताप्लेजुङमा चार राजनीतिक दलको कार्यालय तोडफोड हुँदा करिब चौरासी लाख रुपियाँ बराबरको क्षति भएको छ । जेनजी आन्दोलनका नाममा गएको मङ्गलबार राति गरिएको पार्टी कार्यालय तोडफोडबाट चार राजनीतिक दलको मात्र उक्त रकम बराबरको क्षति भएको हो ।
सेवा र उत्पादन वृद्धिसँगै श्रीलङ्कामा रोजगारी वृद्धि
सेवा र निर्माण क्षेत्रले भर्तीलाई निरन्तरता दिँदा अगस्ट महिनामा श्रीलङ्कामा रोजगारी वृद्धि भएको छ ।
पूर्वी मलेसियामा भीषण भूस्खलन, १२ जनाको ज्यान गयो
गत हप्तादेखि निरन्तर परेको भारी वर्षाले बोर्नियो टापुको सबाह राज्यमा भूस्खलन हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको समाचार मङ्गलबार सार्वजनिक भएको छ ।
गाजामा इजरायली कारबाहीको राष्ट्रसङ्घद्वारा कडा निन्दा
गाजामा पछिल्लो दुई दिनयता इजरायली सैन्य कारबाही तीव्र बनेपछि संयुक्त राष्ट्रसङ्घले यसलाई कडा शब्दमा निन्दा गरेको छ । यस आक्रमणमा दर्जनौँ मानिसको मृत्यु हुनुका साथै धेरै घाइते भएको जनाइएको छ ।
धुवाँले सुकाइएका शव ‘विश्वकै सबैभन्दा पुराना ममी’ हुन सक्ने : अध्ययन
चीन र दक्षिणपूर्वी एसियाका केही प्राचीन समाजले आफ्ना मृतकलाई धुवाँले सुकाउने अभ्यास गरेका थिए भन्ने नयाँ अनुसन्धानले देखाएको छ ।
दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुग्नुभएको छ । बेलायत सरकारले अस्थिर मानिएका ट्रम्पलाई सन्तुष्ट पार्न कुनै कसर बाँकी राखेको छैन ।
गाजा सहरमा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी
एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मङ्गलबार गाजा सहरमा ‘हमासको सैन्य पूर्वाधार नष्ट गर्न’ व्यापक अपरेसन सुरु भएको घोषणा गर्दै बासिन्दालाई दक्षिणतर्फ सर्न चेतावनी दिएको छ ।
नेपाली सेनाको ट्रक दुर्घटना : १६ जना घाइते, तीनको अवस्था गम्भीर
नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्य तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानी मुद्दा हाल्ने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको ‘मानहानी र बदनामी मुद्दा’ दायर गर्ने घोषणा गर्नु भएको छ ।
निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु
प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ।
टी–२० एसिया कप : श्रीलङ्काको दोस्रो जित, भारत सुपर चारमा
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा श्रीलङ्काले हङकङलाई चार विकेटल हरायो । जितका लागि हङकङले दिएको एक सय ५० रनको लक्ष्य श्रीलङ्काले १८.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।
सम्पर्कमा नआउने कैदीबन्दीलाई थप पाँच वर्ष कैद
कारागार कार्यालय गौर रौतहटबाट भागेका कैदीबन्दी आफै सम्पर्कमा नआए तोकिएको सजायमा थप ५ वर्ष कैद सजाय हुने भएको छ ।
उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ। उहाँले आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उक्त निर्देशन दिनुभएको हो।
सडकको अवस्था हेरेर अग्रिम टिकट 'बुकिङ’ खुला हुने
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै दसैँका लागि अग्रिम ‘बुकिङ’ खुला हुने जनाएको छ ।
शान्तिको कामना गर्दै मौन पदयात्रा
पोखराका उद्योगी, व्यवसायीले शान्तिको कामना गर्दै मङ्गलबार मौन शान्ति पदयात्रा गरेका छन् ।