काठमाडौँ, भदौ ३१ गते । श्रीलङ्काले एसिसी टी–२० एसिया कपमा लगातार दोस्रो जित निकालेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा श्रीलङ्काले हङकङलाई चार विकेटल हरायो । जितका लागि हङकङले दिएको एक सय ५० रनको लक्ष्य श्रीलङ्काले १८.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।
श्रीलङ्काका लागि पाथुम निसन्काले सर्वाधिक ६८ रन बनाउनुभयो । यस्तै वानिन्दु हसरङ्गाले अविजित २०, कुशल परेराले २०, कामिल मिश्राले १९ र कुशल मेन्डिसले ११ रन बनाउनुभयो ।
बलिङमा लागि कप्तान यासिम मुर्तजाले दुई तथा आयुश शुक्ला, एहसान खान र अजिज खानले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ४९ रन बनाएको थियो ।
हङकङका लागि निजाकत खानले सर्वाधिक ५२ रन बनाउनुभयो । यस्तै अंशुमन रथले ४८ र जिशान अलीले २३ रन बनाउनुभयो । बलिङमा श्रीलङ्काका दुस्मन्था चमिराले दुई तथा वानिन्दु हसरङ्गा र दासुन शनकाले एक एक विकेट लिनुभयो ।
लगातार दोस्रो जितसँगै समूह ‘बी’ मा चार अङ्क बनाएको श्रीलङ्काले सुपर चारमा पुग्ने सम्भावना बलियो बनाएको छ । हङकङ जितविहीन छ ।
यस्तै सोमबार नै भएको अर्को खेलमा युएईले ओमानलाई ४२ रनले हराएपछि भारत सुपर चारमा पुगको छ । समूह ‘ए’ मा भारतले एक खेल अगावै सुपर चारमा स्थान बनाएको हो । एजेन्सी