टी–२० एसिया कप : श्रीलङ्काको दोस्रो जित, भारत सुपर चारमा
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा श्रीलङ्काले हङकङलाई चार विकेटल हरायो । जितका लागि हङकङले दिएको एक सय ५० रनको लक्ष्य श्रीलङ्काले १८.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।
सम्पर्कमा नआउने कैदीबन्दीलाई थप पाँच वर्ष कैद
कारागार कार्यालय गौर रौतहटबाट भागेका कैदीबन्दी आफै सम्पर्कमा नआए तोकिएको सजायमा थप ५ वर्ष कैद सजाय हुने भएको छ ।
उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ। उहाँले आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उक्त निर्देशन दिनुभएको हो।
सडकको अवस्था हेरेर अग्रिम टिकट 'बुकिङ’ खुला हुने
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै दसैँका लागि अग्रिम ‘बुकिङ’ खुला हुने जनाएको छ ।
शान्तिको कामना गर्दै मौन पदयात्रा
पोखराका उद्योगी, व्यवसायीले शान्तिको कामना गर्दै मङ्गलबार मौन शान्ति पदयात्रा गरेका छन् ।
जेनजी आन्दोलनमा तोडफोड तथा आगजनी गर्नेलाई कारबाहीको माग
धरान उपमहानगरपालिकामा जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी गर्नेहरुलाई स्थानीय तथा राजनीतिकर्मीहरुले कारबाहीको माग गरेका छन्।
विषाक्त रक्सीले तीन जनाको मृत्यु
विषाक्त रक्सीले बाराको सुवर्ण गाउँपालिका–३, पचगछिया टोलमा तीन जनाको मृत्यु भएको छ ।
बङ्गलादेशः युनुसको नेतृत्वमा निर्वाचनअघि बढेका चुनौती
विद्यार्थी नेतृत्वको विद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षे निरङ्कुश शासन अन्त्य हुँदै निर्वासनमा भाग्न बाध्य भएपछि बङ्गलादेश राजनीतिक उथलपुथलमा छ ।
अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारबाहीमा ३१ तालिवान लडाकूको मृत्यु
पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१ जना स्थानीय तालिबान लडाकू मारिएको दाबी गरेको छ ।
गाजामा इजरायलमाथि नरसंहारको आरोप लगाउने बढ्दो स्वरमा मानव अधिकार विज्ञको समर्थन
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्ले नियुक्त गरेको स्वतन्त्र विज्ञको टोलीले इजरायलले गाजामा नरसंहार गरेको निष्कर्ष निकाल्दै मङ्गलबार प्रतिवेदन सार्वजनिक गरेको छ ।
लाटोकोसेरोको संरक्षणमा वरदान बन्दै ‘ह्विट्ली अवार्ड’
प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजुु आचार्यले गत वर्ष बेलायतमा प्राप्त गर्नुुभएको विश्व प्रसिद्ध ‘ह्विट्ली अवार्ड’ गण्डकी प्रदेशमा लाटोकोसेरोको संरक्षणका लागि वरदान साबित बन्दै गएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अक्षयकोष स्थापना
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–६, मामाङखेको लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।
सुनको मूल्य तोलाको दुई लाख १७ हजार
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार ९०० बढेर रु दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
निजामती कर्मचारी अस्पतालमा घाइतेको उपचार हुँदै
नेपाल निजामती अस्पताल मीनभवनमा ‘जेनजी पुस्ता’ले गरेको आन्दोलनका क्रममा घाइतेको उपचार भइरहेको छ । हालसम्म यहाँ ४६१ जना उपचारका लागि पुगेका थिए ।
कतै त्रिपाल कतै परिसरबाटै सेवा
जिल्लाका स्थानीय तहहरूका भवन जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त अवस्थामा पुगेका छन् ।
शङ्कास्पद अवस्थामा युवती मृत फेला
खोटाङमा शङ्कास्पद अवस्थामा एक युवती मृत भेटिएक छिन् । स्थानीय सहकारीमा कार्यरत दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी रेश्मीका सिवा परियारलाई शङ्कास्पद अवस्थामा मृत भेटिएको हो ।
लमजुङमा नयाँ भाडादर तोक्न समिति गठन
लमजुङमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर तोक्न समिति गठन गरिएको छ ।
बाघको आक्रमणबाट महिलाको मृत्यु
बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमणबाट महिलाको मृत्यु भएको छ ।
यसरी जोगियो भूमिसुधार तथा मालपोत कार्यालय
जेनजीको आन्दोलनमा राजविराजका करिब दुई दर्जनभन्दा बढी कार्यालय तोडफोड, आगजनी र लुटपाट भए पनि भूमि सुधार तथा मालपोत कार्यालय जोगिएको छ ।
राजस्व अनुसन्धान कोहलपुरबाट लुटिएको साढे दुई लाखसहित सुनचाँदी फिर्ता
जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा आगो लगाएपछि त्यहाँबाट लुटिएको ठुलो परिमाणको नगद रकम र सुन चाँदी फिर्ता ल्याइएको छ ।