• २० असोज २०८२, सोमबार

अवरुद्ध रिडी–तम्घास सडक खुल्यो

blog

गुल्मी,  असोज २० गते ।  सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक  खुलेको छ ।

 उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीट्याङ्की नजिकै चट्टानसहितको सुख्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको चट्टानसहितको पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।       

मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा २५ किलोमिटर सडक चौडा पार्ने र कालोपत्र गर्ने काम भइरहेको छ । रासस