रुससँग नेपाल पराजित
नेपाल बङ्गलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा रुससँग पराजित भएको छ ।
मोरक्कोले ब्राजिललाई पहिलो पटक हरायो
अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोले ब्राजिललाई पहिलो पटक पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोले पाँच पटकको फिफा विश्वकप च्याम्पियन ब्राजिललाई २–१ गोलले हरायो ।
लाओससँग भुटान पराजित
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा लाओसले भुटानलाई पराजित गरेको छ । दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा लाओसले भुटानलाई २–१ गोलले हरायो ।
मोरङ भोजपुर गोल्डकपको सेमिफाइनलमा
डागींहाट यूथ क्लब, मोरङ छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पुलिस खप्तड गोल्डकपको क्वार्टरफाइनलमा
नेपाल पुलिस क्लब छैटौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
युरोकप छनोट : एमबाप्पेको दुई गोल, लुकाकुको ह्याट्रिक
फ्रान्स र बेल्जियमले युरोकप फुटबलको छनोट खेलमा जित निकालेका छन् । शुक्रबार राति भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई ४–० गोलले हरायो । अर्को खेलमा बेल्जियमले स्वीडेनलाई ३–० गोलले स्तब्ध बनायो ।
फिफा वरियतामा नेपालको तीन स्थान सुधार
नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ।
भुटानविरुद्ध नेपालको फराकिलो जित
नेपाली महिला टोलीले बङ्गलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा भुटानमाथि फराकिलो जित निकालेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा बुधबार राति भएको खेलमा नेपालले भुटानलाई ५-० गोलले हरायो ।
कमजोर लाओसविरुद्ध अनुभवी अनन्त र नवयुगको गोल
लाओसविरुद्ध नेपालले बल पोसेसन राख्न नसके पनि अनुभवी दुई खेलाडी अनन्त तामाङ र नवयुग श्रेष्ठको गोलमा जित निकाल्यो ।
थ्री नेसन्स कप फुटबल : नेपालको विजयी सुरुवात
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आयोजक नेपालले दशरथ रंगशालामा भएको उद्घाटन खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको हो।
थ्री नेसन्स कप फुटबल : लाओसविरुद्ध नेपालको दोस्रो गोल
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार नेपालले लाओसविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।
थ्री नेसन्स कप फुटबल : पहिलो हाफमा लाओसविरुद्ध नेपालको अग्रता
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा लाओसविरुद्ध नेपालले एक गोल गरेको छ।
पश्चिम म्याग्दीलाई म्याग्दी कप उपाधि
हिमाली जिल्ला म्याग्दीको बेनीमा सम्पन्न म्याग्दी कप–२०७९ आमन्त्रित म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लब दरवाङले जितेको छ ।
एमबाप्पे फ्रान्सको कप्तान नियुक्त
फ्रान्स राष्ट्रिय फुटबल टोलीको कप्तानमा युवा स्टार केलियन एमबाप्पे नियुक्त हुनुभएको छ । फ्रान्स फुटबल महासंघले मंगलबार राति २४ वर्षीय एमबाप्पेलाई टोलीको कप्तानमा नियुक्त गरेको हो ।
लाओसलाई हराउने दाबी
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालको प्रदर्शन उत्कृष्ट हुने दाबी गर्नुभएको छ ।
प्रधानमन्त्री कप थ्री नेसन्स : नेपाली टोलीको घोषणा
दशरथ रङ्गशालामा बुधबारदेखि आयोजना हुने प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
पश्चिम म्याग्दी र कालीपुल युनाइटेड फाइनलमा
पश्चिम म्याग्दी युवा क्लब र कालीपुल युनाइटेड क्लब म्याग्दीको बेनीमा जारी म्याग्दी कप–२०७९ आमन्त्रित म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल भारतसँग स्तब्ध
साफ यू–१७ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ । ढाकामा सोमबार भएको खेलमा भारतले नेपाललाई ४–१ गोलले हरायो ।
प्रधानमन्त्री कप थ्री नेसन्सको तयारी पूरा
दशरथ रङ्गशालामा चैत ८ देखि १७ गतेसम्म आयोजना हुने प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
युनाइटेड एफए कपको सेमिफाइनलमा
म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा नौ खेलाडीमा समेटिएको फुलहामलाई ३–१ गोलले हराउँदै युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो ।
पीएसजीलाई रेनेसको झट्का
फ्रेन्च लिग वानको शीर्षस्थानमा आसिन पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी रेनेसको नमिठो झट्का लागेको छ ।
आर्सलको सानदार जित
उपाधि दौडमा रहेको आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ४-१ गोलले हरायो ।
एल क्लासिकोमा बार्सिलानाको बाजी
स्पेनिस ला लिगा फुटबलको चर्चित एल क्लासिको भिडन्तमा बार्सिलोनाले बाजी मारेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई २–१ गोलले हरायो ।
सिटी एफए कपको सेमिफाइनलमा
म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई ६–० गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।