यू–२० साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपालको एक गोल
भारतको भुवनेश्वरमा जारी यू–२० साफ च्याम्पियनसिप फुटबलमा नेपालले अहिले उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । खेलको पहिलो हाफमा नेपालले १–० गोलको अग्रता समेत लिएको छ ।
नेपालको लक्ष्य उपाधि : प्रशिक्षक केसी
नेपाली राष्ट्रिय युवा फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले नेपालले यू–२० साफ च्याम्पियनसिपको उपाधि जित्ने दावी गर्नुभएको छ । भारतको भुवनेश्वरमा सोमबारदेखि सुरु हुने च्याम्पियनसिप अघि आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक केसीले नेपाली टोलीको सम्पूर्ण तयारी पूरा भएको र नेपालले उपाधि जित्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
आर्सनलसँग चेल्सीको फराकिलो हार
इङ्लिस प्रिमियर लिगको प्रिसिजनको मैत्रीपूर्ण खेलमा आर्सनलले बलियो प्रतिद्वन्द्वी चेल्सीमाथि फराकिलो जित निकालेको छ । अमेरिकामा आइतबार बिहान खेलिएको खेलमा आर्सनलले चेल्सीलाई ४–० गोलले हरायो ।
कुमार थापा साफ महिला टोलीको प्रशिक्षकमा नियुक्त
सहिद स्मारक ए डिभिजन लिग क्लब एपिएफका प्रशिक्षक कुमार थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
एन्फा बैठक बिहीबार
अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित बैठक बिहीबार बस्ने भएको छ । यसअघि सोमबारका लागि तय भएको बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि बैठक स्थगित गरिएको थियो ।
अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि एन्फा बैठक स्थगित
अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबारका लागि तय भएको बैठक स्थगित भएको छ । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि बैठक स्थगित गरिएको एन्फाले जनाएको छ ।
यू–२० साफ च्याम्पियनसिप टोलीको घोषणा
भारतको भुवनेश्वरमा जुलाई २५ देखि आयोजना हुन लागेको यू–२० साफ च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) २३ सदस्यीय नेपाली खेलाडी टोलीको घोषणा गरिएको छ । टोलीका प्रशिक्षक मेघराज केसीले सोमबार बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम २३ जना खेलाडीको नाम घोषणा गर्नुभएको हो ।
विवाद समाधान नभएसम्म एनएसएल नहुने
सहिद स्मारक ‘ए’ डिभिजन लिगका चार क्लबले नेपाल सुपर लिग (एनएसएल) प्रति असन्तुष्ट जनाएपछि दोस्रो संस्करणको एनएसएल अन्योलमा परेको छ ।
यू–२० साफ च्याम्पियनसिप : राम्रो नतिजा ल्याउने प्रशिक्षक केसीको दावी
जुलाई २५ देखि अगस्ट ५ सम्म भारतको भुवनेश्वरमा आयोजना हुने यू–२० साफ च्याम्पियनसिप फुटबलमा राम्रो नतिजा ल्याउने नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले दावी गर्नुभएको छ । नेपाली टोली अहिले बन्द प्रशिक्षणमा ब्यस्त छ ।