यू–२० साफको बन्द प्रशिक्षणमा ३० खेलाडी
भारतमा आयोजना हुने यू–२० साफ च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडी राखेको छ ।
महिला साफ च्याम्पियनसिप नेपालमा
छैटौं महिला साफ च्याम्पियनसिप फुटबल नेपालमा आयोजना हुने भएको छ । बंगलादेशको ढाकामा शनिबार वसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले महिला साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।
फिफाद्वारा पाकिस्तानमाथिको प्रतिबन्ध फुकुवा
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले दक्षिण एसियाली राष्ट्र पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथिको प्रतिबन्ध फुकुवा गरेको छ । फिफाले एक विज्ञप्ति निकाल्दै १५ महिनापछि पाकिस्तान फुटबलमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।
नवयुग र भरतले अमेरिकामा खेल्ने
नेपाली राष्ट्रिय टोलीका कप्तान नवयुग श्रेष्ठ र भरत खवास पाँचौ नेप्लिज अमेरिका कन्भेन्सन फुटबल प्रतियोगितामा भाग लिन अमेरिका प्रस्थान गर्नुभएको छ ।
एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष इन्फान्टिनोको बधाई
विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बधाई दिनुभएको छ । फिफा अध्यक्ष इन्फान्टिनोले मंगलबार नेम्वाङलाई पत्र लेख्दै नव निर्वाचित एन्फा कमिटिलाई बधाई दिनु भएको हो ।
एनआरटी टोलीको विदाई
प्रि–सिजन टुर खेल्न मलेसिया र थाइल्यान्ड जाने ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) लाई सोमबार विदाई गरिएको छ । एनआरटी टोली मलेसियामा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप खेल्न सोमबार राति नै मलेसिया प्रस्थान गर्नेछ ।
अन्जना एएफसी एलिट रेफ्री प्यानलमा
नेपालकी फिफा रेफ्री अन्जना राई एसियाली फुटबल महासङ्घ (एएफसी) एलिट वुमन रेफ्री तथा सहायक रेफ्री प्यानलमा समावेश हुनुभएको छ । एएफसीले अन्जनालाई २०२२ को रेफ्री प्यानलमा समावेश गरेको हो ।
अन्योलबीच अलमुतइरीसँग एन्फाको संवाद
अलमुताइरी नेपाल आउन सक्ने या नसक्ने दुविधाबीच एन्फा नयाँ नेतृत्वले अलमुतइरीसँग संवाद सुरु गरेको छ । एन्फाका महासचिव किरण राईले अलमुताइरीसँग संवाद गर्नुभएको हो ।
मैत्री खेलमा एनआरटीले सङ्कटालाई हरायो
ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र संकटा क्लबबीचको मैत्रीपूर्ण खेलमा एनआरटी विजयी भएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा एनआरटीले संकटालाई ३–२ गोलले पराजित गरेको हो ।