• १० मंसिर २०८१, सोमबार

मन्त्री अथक रेणुकालाई भेट्न अस्पतालमा

blog

कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) । तस्बिर सौजन्य : युवा तथा खेलकुद मन्त्रालय

काठमाडौं, असार २३ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । 

एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाइते भएकी नगरकोटीलाई भेट्न बिहिबार बिहान बी एण्ड बी अस्पताल पुग्नुभएका मन्त्री अथकले नगरकोटीको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो । 

प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री अथकले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताउनुभयो । उहाँले घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । 

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाइते रेणुकाको क्यारिकल बोन (ब्यूटी बोन) भाँच्चिएको थियो । मङ्गलबार साँझ उहाँको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि अस्पतालमै उपचार गराइरहेकी नगरकोटीलाई भेट्न मन्त्री अथक बिहीबार बिहान ललितपुरको बी एण्ड बी अस्पताल पुग्नुभएको हो । उनलाई केही दिनमै डिस्चार्ज गर्ने तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ ।