एसियन कप छनोट : इन्डोनेसियासँग नेपालको लज्जास्पद हार
एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग लज्जास्पद हार खेपेको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा मंगलबार राति भएको खेलमा नेपाल इन्डोनेसियासँग ७-० गोलले पराजित भयो ।
ढोलाहिटीलाई वडा अध्यक्ष कप उपाधि
ढोलाहिटीले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । चावहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको फाइनलमा ढोलाहिटीले फ्रिडम फाइटर ‘ए’ लाई २–१ गोलले हरायो ।
एनएसएल गर्न एन्फाको अनुमति
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न अनुमतिसँगै समय पनि दिएको छ ।
भारत एसियन कपमा छनोट
भारत एएफसी एसियन कपमा छनोट भएको छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको समूह ‘डी’ अन्तर्गत मंगलबार भएको खेलमा प्यालेस्टाइनले फिलिपिन्सलाई ४–० गोलले पराजित गरेपछि भारतको एसिया कप यात्रा पक्का भएको हो ।
नेपाल आज इन्डोनेसियासँग भिड्दै
एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले आज राति इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा राति १:०० बजे सुरु हुने खेलमा नेपाल सुखत नतिजा निकाल्दै छनोट खेल अन्त्य गर्ने अभियानमा छ ।
पेरुलाई हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट
कन्टिनेन्टल प्ले अफको फाइनलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पेरुलाई हराउँदै एसियाली राष्ट्र अष्ट्रेलिया कतारमा हुने फिफा विश्वकप- २०२२ मा छनोट भएको छ । कतारको दोहास्थित अहमेद विन अली स्टेडियममा सोमबार राति भएको खेलमा अष्ट्रेलियालाई सडन डेथमा ५-४ गोलले हरायो ।
आर्मीलाई मकवानपुर गोल्डकप उपाधि
चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । हेटौंडास्थित पिप्ले क्याम्पा रङ्गशालामा सोमबार भएकोे फाइनलमा घरेलु टोली विजय युथ क्लबलाई २–१ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।
एन्फामा ललितकृष्णको शालिक पुनः अनावरण
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व कार्यवाहक अध्यक्ष एवं थ्रीस्टार क्लबका अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको शालिकको पुनः अनावरण गरेको छ । स्वर्गीय श्रेष्ठको सातौं पुण्यतिथिको अवसरमा आइतबार एन्फा कम्प्लेक्स परिषरमा अर्धकदको शालिक पुनः अनावरण गरिएको हो ।
यू–२० टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडि
खिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोट फुटबलको तयारीका लागि ४० जना खेलाडि बन्द प्रशिक्षणका लागि छनोट गरेको छ ।