• ८ वैशाख २०८१, शनिबार

ढोलाहिटीलाई वडा अध्यक्ष कप उपाधि

blog

भेट्रान फुटबल उपाधि विजेता ढोलाहिटी टोली ।

काठमाडौं, जेठ ३१ गते । ढोलाहिटीले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । चावहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको फाइनलमा ढोलाहिटीले फ्रिडम फाइटर ‘ए’ लाई २–१ गोलले हरायो ।

ढोलाहिटीका ‘म्यान अफ दि म्याच’ नितिन गुरुङ र विश्वलाल श्रेष्ठले एक एक गोल गर्नुभयो । फ्रिडमका विकर्ण श्रेष्ठले एक गोल फर्काउनुभयो । उपाधिसँगै ढोलाहिटीले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेत फ्रिडमले ५० हजार रुपियाँ प्राप्त गर्यो ।  

काठमाडौं महानगरपालिका वडानं ७ को सहयोगमा चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा फ्रिडमका राजकुमार घिसिङ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । दीपक डंगोल उत्कृष्ट गोलरक्षक तथा विश्वलाल श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिनुभयो । प्रतियोगिताभर ९ गोल गर्न सफल फ्रिडमका विकर्ण श्रेष्ठ सर्वाधिक गोलकर्ता बन्नुभयो ।

विजेतालाई पूर्वमन्त्री गगनकुमार थापा, वडानं ७ का अध्यक्ष विमलकुमार होडा, आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । जेठ २६ गतेदेखि सुरु भएको नकआउट प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो ।